Advertisement

Breaking News 1

नक्कली खुकुरी चुरोटसहित दुई जना पक्राउ

नक्कली खुकुरी चुरोटसहित दुई जना पक्राउ

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – बझाङमा नक्कली खुकुरी चुरोटसहित दुई जना पक्राउ परेका छन् । शनिबार जयपृथ्वी नगरपालिका–१० स्थित जिपपार्क क्षेत्रमा प्रहरीले चेकजाँचका क्रममा ९ पेटी १० डण्डा नक्कली खुकुरी चुरोटसहति उनीहरूलाई नियन्त्रणमा लिएको हो। शुक्लाफाँटा नगरपालिका–९ का ३२ वर्षीय पंकज चौधरी र बैतडीको पाटन नगरपालिका–२ का २१ वर्षीय हेमराज पाण्डेयलाई प्रहरीले पक्राउ गरेको छ । चौधरीले चलाएको सु.प.प्र. ००१ क २५५२ नम्बरको मिनी ट्रकबाट ९ पेटी १० डण्डा नक्कली खुकुरी चुरोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ट्रकलाई जाँच गर्दा नक्कली चुरोट फेला पारेको प्रहरी स्रोतले जानकारी दिएको छ । बरामद गरिएको चुरोटसहित ट्रक चालक चौधरी र ट्रकका साहु पाण्डेयलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
१३७औ मजदुर दिवस कञ्चनपुरमा पनि मनाईयो, मजदुरका हकअधिकारमा सरकार चुक्यो

१३७औ मजदुर दिवस कञ्चनपुरमा पनि मनाईयो, मजदुरका हकअधिकारमा सरकार चुक्यो

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लामा पनि १३७ औ मजदुर दिवस मनाईएको छ । शुक्रबार महेन्द्रनगरमा बजारमा ¥याली प्रदर्शन तथा कोण सभा गरी मजदुरका विभिन्न संघ संगठनहरुसहित सरकारी गैर सरकारी संस्थाहरुले अन्तराष्टिय मजदुर दिवस मनाएको हो । नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल ट्रेड यूनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ र समाजवादी ट्रेड युनियन महासंघ नेपालले संयुक्तरुपमा कार्यक्रम गरेका छन् । https://youtu.be/WLPBVIYiWo8?si=IoAoV3_AfBomYKpY उनीहरुले महेन्द्रनगरको गल्ली नं. १ बाट ¥यालि निकालेर बजार परिक्रमा गरी स्मारकमा कोण सभा गरी श्रमीक दिवस मनाएको छ । नेपाल ट्रेड युनियन कांग्रेस कञ्चनपुरका अध्यक्ष मालति पन्त, नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) अध्यक्ष भोज सिंह ऐर, अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला ईञ्चार्ज पदम राज जोशी र समाजवादी ट्रेड युनियन महासंघ नेपाल जिल्ला अध्यक्ष प्रितम सिले ...
कञ्चनपुरमा टिप्परकाे ठक्करबाट एक युवकको मृत्यु, एक घाइते

कञ्चनपुरमा टिप्परकाे ठक्करबाट एक युवकको मृत्यु, एक घाइते

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर — जिल्लाकाे दाेधारा चाँदनीमा टिप्परले ठक्कर दिदा एक युवककाे घटनास्थलमै मृत्यु भएकाे छ, भने एक घाईते भएका छन् । शुक्रबार (आज) दिउँसो करिब २:३० बजे दोधारा–चाँदनी नगरपालिका–१ स्थित स्याउले बजारमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका हुन्। दक्षिण दिशाबाट उत्तर तर्फ जाँदै गरेकाे सु.प.प्र. ०२००१ क ०५९८ नम्बरकाे टिप्परले साेहि दिशा तर्फ गइरहेकाे UK06AS7930 नम्बरकाे  माेटर साइकललाई  ठक्कर दिदा दुर्घटनामा परि माेटर साइकल सवार स्थानीय अन्दाजी १४/१५ बर्षका  विवेश चुनाराको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका नरेश लुहारको उपचार भइरहेको छ। टिप्पर चालक फरार रहेकाे छन् । घटनापछि स्थानीयवासीमा शोकको वातावरण छाएको छ । उक्त दुर्घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कार...
कञ्चनपुर कारागारमा आँखा जाँच, ६ जनालाई शल्यक्रियाका लागि सिफारिस

कञ्चनपुर कारागारमा आँखा जाँच, ६ जनालाई शल्यक्रियाका लागि सिफारिस

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर - कञ्चनपुर जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरिएको छ। शिविरमार्फत २ सय कैदीबन्दीको आँखा परीक्षण तथा उपचार गरिएको हो। नेपाल नेत्रज्योति संघ गेटा, महेन्द्रनगर आँखा अस्पताल, पतञ्जली योग समिति तथा कारागार प्रशासनको संयुक्त आयोजनामा सञ्चालन गरिएको शिविरमा बरिष्ठ नेत्र अधिकृत बीरसिंह धामी नेतृत्वको टोलीले सेवा प्रदान गरेको छ । परीक्षणका क्रममा १ सय १३ जनालाई औषधि, ५६ जनालाई चस्मा वितरण गरिएको छ भने अन्यलाई आवश्यक परामर्श दिइएको छ। साथै, मोतियाबिन्दु देखिएका ६ जनालाई निःशुल्क शल्यक्रियाका लागि सिफारिस गरिएको छ। कारागार प्रमुख हेमन्ती साउद ले कैदीबन्दीको स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै पहिलो पटक यस्तो सेवा सञ्चालन गरिएको बताइन्। कैदीबन्दीका अगुवा दानसिंह ठकुराठीका अनुसार शिविरले उपचार पहुँचमा सहजत...
वन नीतिविरुद्ध कञ्चनपुरमा दबाब बढ्यो: २४ बुँदे ज्ञापनपत्रसहित उपभोक्ताको चेतावनी

वन नीतिविरुद्ध कञ्चनपुरमा दबाब बढ्यो: २४ बुँदे ज्ञापनपत्रसहित उपभोक्ताको चेतावनी

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर— वन नीतिगत जटिलता र कार्यान्वयनको समस्याविरुद्ध कञ्चनपुरमा वन उपभोक्ताहरूले दबाब बढाएका छन्। सुदूरपश्चिम प्रदेशस्तरीय आन्दोलन परिचालन समन्वय समितिको नेतृत्वमा विभिन्न वन उपभोक्ता समूहहरूले डिभिजन वन कार्यालय कञ्चनपुरमा २४ बुँदे ज्ञापनपत्र बुझाउँदै तत्काल सुधारको माग गरेका छन्। ज्ञापनपत्रमार्फत उपभोक्ताहरूले वन ऐन, नियमावली तथा कार्यविधिमा रहेका जटिल प्रावधानहरूले काठ–दाउरा संकलन, वितरण र वन व्यवस्थापनमै अवरोध सिर्जना गरेको गुनासो गरेका छन्। उनीहरूले वर्तमान व्यवस्था उपभोक्तामैत्री नभएको भन्दै व्यवहारिक सुधार नगरे आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन्। उपभोक्ता समूहहरूले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम प्रभावकारी कार्यान्वयन, काठ–दाउराको सहज उपलब्धता, तथा वन पैदावारको पारदर्शी मूल्य निर्धारणको माग गरेका छन्। त्यस्तै, वन कार्ययोजना स्वीकृति प्रक्रिया ढिलो र जटिल भएको भन्दै ...
महाकाली नदीमा रोजगारीसंगै व्यवसाय

महाकाली नदीमा रोजगारीसंगै व्यवसाय

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–भीमदत्त नगरपालिका ९ मुसेट्टीका किसन भाट महाकाली नदीमा ६ वर्षअघि पहिलो पटक ¥याप्टिंगका लागि अभ्यास गरिदाका सांची हुन् । त्यसयता महाकाली नदीमा ¥याप्टिंग सञ्चालनका विषयमा भएका सबै किसिमका गतिविधिमा संलग्न भए । अहिले तिनै भाटको अगुवाईमा महाकाली नदीमा व्यवसायीक रुपमा ¥याप्टिंग सञ्चालन भएको छ । निड्स नेपालले अन्तरदेशीय सीमा नदीको पानीको सदुपयोग (ट्रोसा) परियोजना अन्तरगत स्थानीय तहसंगको सहकार्यमा उक्त क्षेत्रमा ¥याप्टिंग सञ्चालनका लागि पहल गर्दै आएको थियो । महेन्द्रनगर परियोजना समापनको अवसरमा आयोजित सिकाई आदान प्रदान सम्बन्धी कार्यक्रममा धेरैले ¥याप्टिंग सञ्चालनको सुरुवाती अवस्थादेखि अहिलेसम्म पुग्दाको कथा सुनाए । ‘अब बाटोको सुविधा भएमा ¥याप्टिंगलाई नियमित सञ्चालन गर्न सकिन्छ,’ भाटले भने, ‘यसका लागि स्थानीय तहले सहयोग गर्नुपर्छ, हामीले मुसेट्टीमा होमस्टे पनि निर्माण गरिरहेका छौं ।’ ...
जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटअगाडि अर्धनग्न प्रदर्शन गरीएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि आरक्ष पिडित जिल्ला संघर्ष समितिको अगुवाईमा जग्गा फिर्ताको माग माग राख्दै प्रदर्शन गरीएको हो । प्रदर्शनकारीले कम्मरभन्दा माथिको शरीरको लुगा खोलेर अर्धनग्न भएर प्रदर्शन गरेका हुन् । विगत लामो समयदेखि पटकपटक शान्तिपूर्ण आन्दोलन गर्दा पनि सरकारले आफ्ना कुरा नसुनेकाले अर्धनग्न प्रदर्शन गर्नुपरेको उनीहरुले बताए । अर्धनग्न प्रदर्शन गरेका उनीहरुले “हामीसँग गुमाउन केही बाँकी छैन”, “भूमि देऊ, अधिकार देऊ” जस्ता नारा लगाएका छन् । न्यूनतम १० कट्टा जमिन उपलब्ध गराउनुपर्ने, २४ वर्षको क्षतिपूर्ति दिनुपर्ने, शिक्षा र स्वास्थ्य सेवा निःशुल्क गर्नुपर्ने, तथा आफूहरूलाई द्वन्द्व पीडित सरह मान्यता दिनुपर्ने माग राख्दै आरक्षपिडित विगत लामोसमयदेखि आन्दोलन गर्दै आईरहेका छन् । ...
भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–भीमदत्त नगरपालिकाले शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन तथा विद्यालय व्यवस्थापन सम्बन्धी कार्य गर्न गठन गरेको उच्च स्तरीय कार्यदलले अध्ययन प्रतिवेदन बुझाएको छ । एक महिनाको समयावधि पाएको पूर्व जिल्ला शिक्षा अधिकारी देबीदत्त भट्टको संयोजकत्वको अध्ययन कार्यदलले समयसिमा नसकिदै सोमबार नगर प्रमुख पदम बोगटीलाई ७२ पृष्ठको अध्ययन प्रतिवेदन बुझाएको हो । सामाजिक विकास समितिका संयोजक सुशिल भट्ट, भीमदत्तका निमित्त प्रमुख प्रशासकीय अधिकृत एव शिक्षा शाखा प्रमुख हरिदत्त जोशी लगायतको उपस्थितिमा कार्यदलले नगर प्रमुख बोगटी र नगर उपप्रमुख निलम लेखक जोशीले संयुक्तरुपमा प्रतिबेदन बुझेका छन् । उक्त अध्ययन प्रतिवेदनमा शिक्षक दरबन्दी अनुसार विद्यार्थी संख्या नभएका आधा दर्जन विद्यालय समायोजन गर्न सुझाव दिईएको छ । शिक्षक अनुपात अनुसार विद्यार्थी संख्या नभएका विद्यालयलाई समायोजन गर्न सल्लाह दिईएको कार...
डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बर जिप भित्री ग्रामीण कच्ची सडकबाट खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुर्घटनामा परेर कृष्णपुर नगरपालिका-१ का ६० वर्षीय नन्दराम पार्की र सोही ठाउँकी ६२ वर्षीया कलावती देवी बोहराको मृत्यु भएको छ। जिपमा चालकसहित आठ जना सवार थिए । दुर्घटनामा चालक २४ वर्षीय अर्जुन साउद गम्भीर घाइते भएका छन्। साउदको टाउको तथा शरीरमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। त्यसैगरी ३५ वर्षीया धनसरी बोहरा, १३ वर्षीया सरिता बोहरा, १५ वर्षीया भावना पार्की, १४ वर्षीया रेश्मा घटाल र भीमदत्त नगरपालिका तिल्केनीकी ५० वर्षीया गंगा बिष्ट घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ। घाइतेहरूला...
दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुर जिल्लामा लामो समयदेखि निर्माण कार्य अलपत्र पारिएका विभिन्न सडक आयोजनाका ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु गरीएको छ । पूर्वाधार विकास कार्यालयले राष्ट्रिय पत्रिकामा बिहिबार सूचना जारी गर्दै ठेक्का सम्झौता किन नतोड्ने भन्दै दैजी लिपना सडक ठेक्का सम्झौता तोड्ने संकेत गरेको हो । पूर्वाधार विकास कार्यालयले लामो समयदेखि अलपत्र रहेका तथा पटक पटक मौखिक र लिखित ताकेता गर्दासमेत बेवास्ता गरी हालसम्म पनि कार्य प्रगतिमा सुधार नभएका २५ ओटा निर्माण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो । कार्यालयले १५ दिने सार्वजनिक सूचना जारी गरेर २५ ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको हो । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीले लामो समयदेखी अलपत्र रहेका सडक योजना सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ तथा प्रचलित कानून बमोजिम ठेक्का अन्त्य गर्न लाग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज