Advertisement

Breaking News 1

दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - दैजी जोगबुडा सडकको दैजी देखि लिपन सम्मको सडकखण्ड निर्माण सम्झौता भएको आठ वर्ष बितेपनि कालोपत्रे नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि लास प्रदर्शन गरिएको छ । झण्डै पुरै रकम भुक्तानी हुँदा पनि सडक निर्माण सम्पन्न नहुँदा बोलन्या थलीको आयोजनामा मुख्य मन्त्रीको कार्यालय अगाडि लास प्रदर्शन गरिएको हो । सडक समय निर्माण नहुँदा यहाँका नागरिकको जीवन जोखिमपूर्ण भएको भन्दै लाश प्रदर्शन गरी आन्दोलन गरिएको संस्थाका संयोजक यादव जोशीले बताए । २०७४ साल वैशाख ८ मा नार्गाजुन कन्स्ट्रक्सनसँग २१ करोड २६ लाख ५३ हजार रुपैयाँमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएता पनि १८ करोड रकम बढी भुक्तानी भइसक्दा पनि सडक कालोपत्रे हुन् नसक्दा स्थानीय आन्दोलित भएका छन् । सडक निर्माणका लागि अहिलेसम्म पाँचपटक म्याद थप गरिसकिएको छ। पूर्वाधार विकास कार्यालय महेन्द्रनगरका अनुसार, पछिल्लो पटक...
महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - महेन्द्रनगरमा एमाले र नेपाली कांग्रेसले संयुक्त प्रदर्शन गरेका छन् । पूर्व प्रधानमन्त्री एबं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र रमेश लेखकलाई सरकारले शनिबार बिहान पक्राउ गरेको विरोधमा एमाले कांग्रेसले कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरेको हो ।   दुवै पार्टी कार्यालयबाट निस्केको विरोध प्रदर्शन कञ्चनपुर उद्योग वाणिज्य संघ भवनमा मिसिएर पुष्पलाल मदनचोक हुँदै बजारमा प्रदर्शन पछि मदनचोकामा पुगेर कोण सभामा परिणत भएको छ । कोण सभालाई एमालेका जिल्ला उपाध्यक्ष जनकराज अवस्थी र काँग्रेसका प्रदेश सहमहा मन्त्री गोपाल भट्टले सम्बोधन गरेका छन् । काँग्रेस प्रदेश सहमहामन्त्री गोपाल भट्टले बलेन नेतृत्व सरकार गठन भएकै दिन देखि प्रतिशोधको राजनीति सुरु गरेको बताए । प्रतिशोधको राजनीति गरेर देशमा मुठभेटको अवस्था सिर्जना गर्न खोजेको उनले आरोप...
एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं- नेकपा एमाले सम्बद्ध २३ वटा जनसंगठनहरुले सरकारले गौरीबहादुर कार्की आयोगले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय आपत्तीजनक रहेको बताएका छन् । अहिले साँझ संयुक्त विज्ञप्ती जारी गर्दै उनीहरुले भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानविन हुनुपर्नेमा कार्की आयोगले प्रतिषोधपूर्ण र एकतर्फी तरिकाले बुझाएको प्रतिवेदन कार्यन्वयन गर्ने सरकारको निर्णय फिर्ता नलिए प्रतिवादमा उत्रने चेतावनी दिएका छन् । ‘२०८२ भदौ २३ गतेको प्रदर्शनमा भएको जनधनको क्षतिका सम्बन्धमा निष्पक्ष छानविन गर्ने र भदौ २४ गते भएको प्रदर्शनीलाई विध्वंशात्मक बनाउन भएको घुसपैठ राष्ट्रिय तथा व्यक्तिगत सम्पती माथीको आक्रमण लुटपाट तथा आगजनीको घटनाको निष्पक्ष छानविन हुनुपर्ने पक्षमा हामी सदैव अडिग छौं’ विज्ञप्तीमा भनिएको छ ‘कार्की आयोग गठन हुनुभन्दा पहिले नै सावर्जनिक गरेको निष्कर्षलाई पुष्टि गर्ने र सो बाहेक अन्य कुनै विषयमा...
४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
महेन्द्रनगर – नेपालका ४३औँ प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) आयुर्वेदिक चिकित्सक रामनारायण शाह र धु्रवादेवी शाहका सुपुत्र हुन्। उनको जन्म विसं २०४७ वैशाख १४ गते काठमाडौँको नरदेवीमा भएको हो । उनको पुर्ख्यौली घर महोत्तरीको एकडारा हो । ‘र्‍याप आर्टिस्ट’का रूपमा समेत ख्याति कमाउनुभएका शाहले भारतबाट एम टेक(संरचनागत इन्जिनियरिङ) र पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् । विसं २०७९ को स्थानीय तह निर्वाचनमा शाह काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन उनले गत माघ ४ गते महानगर प्रमुख पदबाट राजीनामा दिएका थिए । शाहले काठमाडौँको प्रमुख रहँदा पर्यटन र अर्थतन्त्र प्रवद्र्धनका लागि नेवा संरचनाको संरक्षणमा महत्वपूर्ण योगदान दिए । सहरी शासन र विकास कार्यक्रमको नेतृत्व, पूर्वाधार सुधार, सम्पदा संरक्षण र सेवा प्रवाहमा सुधारमासम...
प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रीमण्डलमा ३३ प्रतिशत महिला प्रतिनिधित्व

प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रीमण्डलमा ३३ प्रतिशत महिला प्रतिनिधित्व

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
महेन्द्रनगर – प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषमा पाँच जना मन्त्री बनेका छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, महिला, बालबालिका मन्त्रीमा सीता वादी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता र कृषि मन्त्रीमा गीता चौधरी नियुक्त भएका हुन् । १५ सदस्यीय मन्त्री मण्डलमा ३३ प्रतिशत महिला प्रतिनिधित्व भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शुक्रबार नै पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।    ...
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
महेन्द्रनगर–राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन् । राष्ट्रपतिले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । उनको दल रास्वपाले १८२ सिट प्राप्त गरेको छ । यो दुई तिहाईका लागि दुई सिट कम हो । मधेशी समूदायबाट प्रधानमन्त्री हुनेमा बालेन प्रथम व्यक्ति हुन् । काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर फागुन २१ को चुनावमा भाग लिएका शाह सांसद बन्नेवित्तिकै प्रधानमन्त्री बनेका छन् ।...
कञ्चनपुरमा आमाको हत्या !

कञ्चनपुरमा आमाको हत्या !

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लामा डरलाग्दो घट्ना घटेको छ । जिल्लाको दोधाराचाँदनी नगरपालिका ४ सुर्खेती टोलमा छोराले आमाको हत्या गरी फरार भएका छन् । मंगलबार साँझ सुर्खेती टोलका हरिप्रसाद श्रेष्ठले घरायसी विवादका कारण धारिलो हतियार प्रहार गरी सौतेनी आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका छन् । सौतेन आमाको हत्यामा संलग्न रहेका श्रेष्ठ फरार रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार श्रेष्ठको तिव्र खोजी कार्य भईरहेको छ । उक्त घटनामा अन्दाजी ५४ वर्षीया भगवतीदेवी माँझी गम्भीर घाइते भएकी छन् । घाइते माँझीलाई दोधाराचाँदनी नगर अस्पतालमा प्रारम्भिक उपचारपछि महाकाली प्रादेशिक अस्पतालमा उपचार भईरहको छ । महाकाली अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार घरायसी विवादका कारण घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप ...
कञ्चनपुरमा १२ वर्षिया बालिका बलात्कारको सिकार

कञ्चनपुरमा १२ वर्षिया बालिका बलात्कारको सिकार

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्कद्रनगर - कञ्चनपुरमा १२ वर्षीया नाबालिका सामूहिक बलात्कारको सिकार भएकी छन् । भीमदत्त १० वैजनाथ सामुदायिक वनमा सामुहिक बलात्कारमा परेकी हुन् । बुधबार नाबालिकमाथि सामूहिक बलात्कारको निवेदन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा परेपछि दुई जना आरोपी पक्राउ परेका छन् । निवेदन आए लगत्तै नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका निमित्त सूचना अधिकारी एबं प्रहरी निरीक्षक वीरेन्द्र थापाले नयाँ खबरलाई जानकारी दिए । उनका अनुसार भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय नरेश गिरी र भीमदत्त नगरपालिका–९ का ४० वर्षीय हिरा नाथलाई पक्राउ गरिएको छ । उनीहरूले भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनको जंगलभित्र लगेर नाबालिकामाथि जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको हो । घटनाबारे थप...
मेधावी सेकेन्डरी स्कुलद्वारा विज्ञान प्रदर्शनमा उत्कृष्ठलाई पुरस्कार

मेधावी सेकेन्डरी स्कुलद्वारा विज्ञान प्रदर्शनमा उत्कृष्ठलाई पुरस्कार

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - मेधावी सेकेन्डरी स्कुलले आयोजना गरेको विज्ञान प्रदर्शनीमा उत्कृष्ट हुने ५ जना विद्यार्थीहरूलाई पुरस्कार तथा मेडल प्रमाण पत्र प्रदान गरेको छ । मंगलबार मेधाबिले औपचारिक कार्यक्रमको आयोजना गरी विज्ञान प्रदर्शनीमा उत्कृष्ठ विद्यार्थीलाई ट्रफी, प्रमाण पत्र र पुरस्कार प्रदान गरेको हो । प्रथम हुने विद्यार्थी लाई ५ हजार, द्वितीय हुनेलाई ३ हजार, तृतीय हुने विद्यार्थीलाई १ हजार र चौथो तथा पाँचौं हुने दुई जनालाई रु ५सयका दरले पुरस्कार प्रदान गरिएको विज्ञान प्रदर्शनी कार्यक्रमका संयोजक एबम् शिक्षक शिवम् बस्नेतले जानकारी दिए । प्रदर्शनीमा हाइड्रोजन ग्यास बनाउने विभूषित न्यौपाने प्रथम भएका छन् । स्मार्ट डस्टबिन निर्माण गर्ने विद्यार्थीहरू अंकित महरा, क्रिस्टिना चौधरी र रितेश चौधरी द्वितीय भएका छन् । सन् र मुन रोटेसन सम्बन्धी प्रस्तुत गरेका विद्यार्थी प्रशंसा, गरिमा साउद, लक्ष...
कञ्चनपुर ३ मा रास्वपाका ज्ञानेन्द्र महता भारी मतका साथ विजयी

कञ्चनपुर ३ मा रास्वपाका ज्ञानेन्द्र महता भारी मतका साथ विजयी

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्कद्रनगर - कञ्चनपुर निर्वाचन क्षेत्र ३बाट राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का ज्ञानेन्द्र सिह महता प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका छन । शनिरबार सम्पन्न भएको मत गणना अनुरुप रास्वपाका उम्मेदवार महता १६उम्मेदवारलाई उछिन्दै प्रतिनिधी सभा सदस्यमा भारी मतका साथ निर्वाचित भएका हुन । मुख्य निर्वाचन अधिकृत राजेन्द्र सिह भण्डारीले कञ्चनपुर क्षेत्र न ३ को मत परिणाम अनुसार सबैभन्दा बढी रास्वपाका उम्मेदवार ज्ञानेन्द्र सिह महताले २७ हजार ११८ मत प्राप्त गरेर निर्वाचित भएका छन । महताले आफ्ना निकटतम प्रतिस्पर्धी काँग्रेसका हरि प्रशाद बोहराको भन्दा तेब्बर बढी मत प्राप्त गरेका छन् । काँग्रेसका बोहराले ९ हजार ४४३मत ल्याएका छन । गत ०७९मा सम्पन्न भएको प्रतिनिधी सभा सदस्य निर्वाचनमा यस क्षेत्रबाट काँग्रेसका रमेश लेखकले पनि २८हजार १सय मत ल्याएको थिए, उतिबेला काँग्रेसमा आएको जनमत अहिले ठ्याक्कै रास्वप...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज