Advertisement

Breaking News 1

अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, मनोरञ्जन, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर - भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारदेखि सुरु भएको अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज पब्लिक स्कूल र लिटिल स्टार विजयी भएका छन् । शनिबार बिहान भएको खेलमा सनराइजले महाकाली मोडर्न लाई २० रनले पराजित गर्दा विजयी सुरुवात गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको सनराइजले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ स ५२ रन बनाएको हो । सनराइजका ब्याट्सम्यान आश्वन भट्टले नट आउट ९२ रन बनाएका थिए । वलिङ तर्फ महाकाली मोडर्नका विवेक साउदले सर्वाधिक २ विकेट लिए । १ सय ५३ रनको लक्ष सहित जवाफी ब्याटिङ गरेको महाकाली मोडर्न १५ दशमलव १ ओभरमा अल आउट हुदै १ स ३२ रनमा समेटिएको हो । महाकाली मोडर्नका आकर्ष भट्टले १५ बलमा ३४ रन बनाउन सफल भए । वालिङ तर्फ सनराइजका राजेन्द्र गिरिलो ४...
भारतको कुशीनगरमा बन्धक बनाइएका ३४३ पुरुष र ११० महिला गरी ४५३ को उद्धार, उद्धार गरीएका मध्ये अधिकांस सुदूरपश्चिमका

भारतको कुशीनगरमा बन्धक बनाइएका ३४३ पुरुष र ११० महिला गरी ४५३ को उद्धार, उद्धार गरीएका मध्ये अधिकांस सुदूरपश्चिमका

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर — भारतको उत्तर प्रदेशको कुशीनगरमा बन्धक रहेका ४ सय ५३ नेपालीको उद्धार गरिएको छ । भारतीय प्रहरीको सहयोगमा रूपन्देही प्रहरीले शुक्रबार उद्धार गरेर शनिबार नेपाल ल्याएको हो । उनीहरुमध्ये १ सय १० महिला र ३ सय ४३ जना पुरुष रहेका छन् । जसमा अधिकांस सुदूरपश्चिम प्रदेशका रहेका छन् । सुभअवसर ग्रुप नेपाल संस्था, भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र रुपन्देही प्रहरीको टोलीले कुशीनगरबाटै उद्धार गरेको हो । आकर्षक जागिर र राम्रो कमाई हुने प्रलोभन देखाएर नेपालीहरूकै एक गिरोहले नेपालका विभिन्न जिल्लाका युवायुवतीलाई कुशीनगर पुर्‌याएर बन्धक बनाइरहेको सूचना पाएपछि लुम्बिनी प्रदेश र रूपन्देही प्रहरीले अपरेसन सुरू गरेको थियो ।   बन्धक बनाउने गिरोहले नेपालबाट आकर्षक जागिरको प्रलोभन देखाएर सुनौली हुँदै कुशीनगर पुर्‌याउने र त्यहाँ प्रति व्यक्ति ७ हजार भारतीय रूपैयाँदेख...
राष्ट्रिय एकता आजको आवश्यकता : रावल

राष्ट्रिय एकता आजको आवश्यकता : रावल

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
धनगढी - आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा धनगढीमा संघीय लोकतान्त्रिक गणतन्त्र दिवस–२०८३ मनाइएको छ ।   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश प्रमुख नजिर मियाँ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले अतिथिका रूपमा मन्तव्य व्यक्त गर्दै गणतन्त्रको संरक्षण, सुशासन र राष्ट्रिय एकताको आवश्यकतामाथि जोड दिएका छन् ।   रावलले नेपाली जनताको लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ बनाउन सबै राजनीतिक दल, नागरिक समाज र युवापुस्ता जिम्मेवार बन्नुपर्ने बताए । उनले संविधानमार्फत स्थापित संघीय शासन प्रणालीले जनताको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै अझै पनि सुशासन, पारदर्शिता र जनउत्तरदायि...
सुप विश्वविद्यालयको उपकुलपतिमा डा राजकुमार साउद लगायत १८ जना बीच प्रतिस्पर्धा हुने

सुप विश्वविद्यालयको उपकुलपतिमा डा राजकुमार साउद लगायत १८ जना बीच प्रतिस्पर्धा हुने

Breaking News 1, samachar, ताजा अपडेट, बागमती, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदका लागि कञ्चन विद्या मन्दिर कलेजका प्राचार्य डा राजकुमार साउद सहित १८ जनाको आवेदन स्वीकृत भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार १८ जना निवेदकको निवेदन स्वीकृत भएको हो । १८ निवेदन मध्ये महिलाको एउटा पनि निवेदन छैन । त्यसैगरी कृष्ण प्रसाद पाठक, चेत राज भट्ट, दिनेश शाह, शेखर अर्याल, राजेन्द्र जोशी, जगत कृष्ण पोखरेल, राम प्रसाद घिमिरे, अग्नि राज कोईराला, डमरु चन्द्र भट्ट, खेम राज जोशी, पदम राज जोशी, हेमु काफ्ले (खरेल), महेश कुमार जोशी, एक राज ओझा, विष्णु विलास अधिकारी, राम सागर पंडित र  किशन दत्त भट्टको निवेदन स्वीकृत भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ । त्यसै गरी त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ५०, पूर्वाञ्चल विश्वविद्यालय ३८, पोखरा विश्वविद्यालय ३८, मध्यपश्चिम विश्वविद्यालय २०, लुम्बिनी बौद्ध विश्वविद्यालय ११...
पत्रकार महासंघले गर्यो पूर्व अध्यक्षसहितका पत्रकारलाई सम्मान, कोको भए सम्मानित ?

पत्रकार महासंघले गर्यो पूर्व अध्यक्षसहितका पत्रकारलाई सम्मान, कोको भए सम्मानित ?

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले पूर्व अध्यक्ष सहितका पत्रकारलाई सम्मान गरेको छ । मंगलबार २२ औं साधारण सभाको अवसरमा पत्रकार महासंघ कञ्चनपुरले पूर्व अध्यक्ष युवराज घिमिरे, लक्ष्मण तिवारी, बिष्णु अवस्थी, माधव धामीलाई सम्मानित गरेको छ । त्यसै गरी युवा पत्रकारिता र सशक्त पत्रकारिता विधामा पनि ४/३ जना पत्रकारलाई सामान गरेको छ । युवा पत्रकारिता पुरस्कार राजेन्द्र बिष्ट, बल बहादुर डगौरा, राजेन्द्र  पनेरु र हरीश चन्द्र बाग एबं सशक्त पत्रकारिता पुरस्कार भवानी भट्ट, शेर बहादुर सिंह र दुर्गा उपाध्यायलाई प्रदान गरिएको छ । त्यसैगरी महाकाली समाचार केन्द्रका सञ्चालक नारायण चन्दलाई पत्रकारिता क्षेत्रमा विशेष सहयोग पुर्याएको भन्दै सम्मान गरेको छ । पत्रकार कल्याणकारी कोष स्थापना गर्न सहयोग गर्ने कञ्चनपुर उद्योग बाणिज्य संघ र उद्योग व्यापार परिसंघ कञ्चनपुरलाई पनि सम्मान पत्र प्रदान गरि...
महेन्द्रनगरमा ताम्रपत्र प्रदर्शनी इतिहास, संस्कृति र सभ्यताको संरक्षणमा जोड

महेन्द्रनगरमा ताम्रपत्र प्रदर्शनी इतिहास, संस्कृति र सभ्यताको संरक्षणमा जोड

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - गंगा दशहरा पर्वको अवसरमा बुधबार महेन्द्रनगरमा ताम्रपत्र प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको छ । महाकाली साहित्य संगम केन्द्रीय समिति कञ्चनपुरको आयोजनामा प्रदर्शनी सम्पन्न भएको हो । इतिहास, धर्म, संस्कृति तथा सभ्यताको संरक्षणमा यस्ता ऐतिहासिक दस्तावेजहरूको प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने वक्ताहरुको निष्कर्ष छ । कार्यक्रमका प्रमुख अतिथि लक्ष्मीदत्त जोशीले ताम्रपत्र लगायतका ऐतिहासिक दस्ताबेजको संरक्षणमा जोड दिए । ‘यस्ता दस्तावेजका कारण नै नयाँ पुस्ताले इतिहास, धर्म, संस्कृति, परम्परा तथा मानव सभ्यताबारे ज्ञान हासिल गर्छ,’ उनले भने, ‘राज्यले नै ताम्रपत्र लगायतका ऐतिहासिक दस्तावेजको संरक्षणमा जुट्नुपर्छ ।’ जोशीले डोटेली सभ्यताका दर्जनौं ताम्रपत्र संकलन गरेका छन् । लिटिल बुद्ध एकेडमीमा सम्पन्न उक्त प्रदर्शनीका मुख्य वक्तामा भारत उत्तराखण्डको देहरादुनस्थित एस.जि.आर.आर. कलेजक...
जनज्योति सेकेन्डरीका विद्यार्थीले बनाएका रोबर्टबीच फुटबल प्रतियोगिता

जनज्योति सेकेन्डरीका विद्यार्थीले बनाएका रोबर्टबीच फुटबल प्रतियोगिता

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - जनज्योति सेकेन्डरी स्कुलले विद्यार्थीहरुको नविनतम प्रविधिसंग सिकाई कार्य गराउन तीन दिने छुकछुके रोबोट निर्माण कार्य सम्बन्धि तीन दिने कार्यशाला गरेको छ । गोदावरी आविष्कार केन्द्रको सहकार्यमा तीन दिन सम्म गरिएको उक्त कार्यशालामा जनज्योतिका ३० जना विद्यार्थी सहभागी भएका छन् । उनीहरुले रोबर्ट बनाउन, त्यसमा कोडिङ गर्न सिकेका छन् । विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज जोशीले विद्यार्थीलाई नविनत प्रविधिसंग जोडेर सिकाई कार्य गराउन कार्यशाला गरिएको बताए । ‘यो एक प्रकारको नविनतम प्रविधिसित विद्यार्थीहरुको सिकाई कार्य हो’ प्रिन्सिल जोशीले भने,‘यसमा रोबोट कसरी बन्छ, यसको प्रोग्राम कसरी सेट हुन्छ, त्यसले कसरी काम गर्छ भन्ने सबै जानकारी थाह पाएर रोबोट निर्माण गरी समापनमा उनीहरूले निर्माण गरेका रोबर्ट बीच फुटबल प्रतियोगिता नै गरियो ।’ कार्यशालाले विद्यार्थी आफैंले आफै...
नेपालमा “खरानी पार्टी” घोषणा

नेपालमा “खरानी पार्टी” घोषणा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं - नेपालमा युवामाझ बढ्दो राजनीतिक निराशा, भ्रष्टाचारप्रति आक्रोश र meme culture को प्रभावबीच “खरानी पार्टी नेपाल” नामक व्यङ्ग्यात्मक राजनीतिक अभियान सार्वजनिक गरिएको छ। “खरानीबाट, जनताका लागि” भन्ने नारासहित सार्वजनिक गरिएको यो अभियानले सामाजिक सञ्जालमा छोटो समयमै व्यापक चर्चा पाएको छ। पार्टीले आफूलाई परम्परागत राजनीतिक दल नभई “व्यवस्थाप्रतिको चेतावनी र युवाको व्यङ्ग्यात्मक प्रतिरोध” का रूपमा प्रस्तुत गरेको छ। पार्टीको सार्वजनिक दस्तावेजमा भ्रष्टाचार, झुटा आश्वासन, राजनीतिक वंशवाद, प्रचारमुखी राजनीति तथा युवाको बेरोजगारीजस्ता विषयलाई मुख्य एजेन्डा बनाइएको छ। खरानी पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा “७ मिनेटभन्दा लामो भाषण गर्ने नेताको mic स्वतः mute हुने”, “संसदमा हानाहान भए livestream टिकट बिक्री गरिने”, तथा “भ्रष्टाचार trend भए स्वतः अनुसन्धान सुरु हुने” जस्ता व्यङ्ग्यात्म...
बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिताको उपाधी राम र राजेन्दको जोडीलाई

बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिताको उपाधी राम र राजेन्दको जोडीलाई

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर : सुदूरपश्चिम प्रदेश स्तरीय बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिताको उपाधी राम शोहरा र राजेन्द्र बमको जोडीले जितेको छ । महेन्द्रनगर स्थित कवर्डहलमा सम्पन्न फाइनल खेलमा भोजराज भट्ट र गणेश मिश्रको जोडीलाई पराजित गर्दै रु ४४ हजार ४४४ रुपैयाँ नगद, ट्रफीसहित उपाधि जितेको हो । प्रतियोगितामा उप विजेता बनेको भोजराज भट्ट र गणेश मिश्रको जोडीलाई नगद रु २२ हजार २२२ रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ । तेस्रो हुने कमल सिंह भाट,विवेक ऐरको जोडी र जीवन खड्का अमित शाहको जोडीलाई रु ११ हजार १११ नगद ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ । त्यसैगरी प्रतियोगितामा भेट्रान तर्फ भोजराज भट्ट र विरेन्द्र सिंह विष्टको जोडीले उपाधी जितेको छ । आज भएको फाइनल खेलमा सुरेन्द्र कार्की र शैलेन्द्र श्रेष्ठको जोडीलाई पराजित गर्दै भट्ट र विष्टको जोडीले रु १५ हजार ५५५ नगद, ट्रफी र प्रमाणपत्रसहित ...
महेन्द्रनगरमा ‘Beat The Speed – Season 3’ को विजेता मदन शाह

महेन्द्रनगरमा ‘Beat The Speed – Season 3’ को विजेता मदन शाह

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुरको महेन्द्रनगर मा ‘Beat The Speed – Season 3’ प्रतियोगिताको विजेता मदन शाह बनेका छन् ।  WorldLink Communications Limited को आयोजनामा भएको उक्त प्रतियोगितामा मदन शाहले उत्कृष्ट प्रदर्शन गर्दै विजेता बनेका हुन् । कभर्ड हलमा सम्पन्न प्रतियोगितामा स्थानीय क्षेत्रका युवाहरूको उत्साहजनक सहभागिता देखिएको थियो। नेपालकै तीव्र गतिका बलर खोज्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा एक सय १२ जना सहभागीहरूले आफ्नो गति र क्षमता प्रदर्शन गर्दै प्रतिस्पर्धा गरेका थिए। आयोजकका अनुसार देशभरका विभिन्न २३ स्थानबाट छनोट भएका २३ जना उत्कृष्ट बलरहरूलाई काठमाडौंमा लैजाने व्यवस्था गरिएको छ। त्यहाँ हुने अन्तिम चरणको प्रतिस्पर्धाबाट टप १० उत्कृष्ट बलर छनोट गरिने छ। प्रथम हुनेलाई एक लाख नगद पुरस्कारको व्यवस्था गरिएको छ । टप १० जना उत्कृष्ट बलरलाई भारतको व्यनलोरमा ट्रेनिङ्गको व्यवस्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज