Advertisement

कञ्चनपुर ३ मा एमाले उम्मेदवार डा. भट्टलाई जिताउन युवा परिचालन हुने

महेन्द्रनगर – कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा एमाले उमेदवार डा. दिपक प्रकाश भट्टलाई प्रतिनिधि सभा सदस्यमा जिताउन युवाहरु खटिएका छन् । नेकपा एमालेले निर्वाचन क्षेत्र नं ३मा रहेका ३० वडा मध्ये भीमदत्त नगरपालिकाका १९ वडा र बेदकोट नगरपालिकाको वडा नं. ८ मा निर्वाचन प्रचार प्रसारमा युवा परिचालन समिति बनाएपछि युवाहरुले डा दिपक प्रकाश भट्टलाई जिताउन खटिएका हुन् ।
नेकपा(एमाले)ले शिव बस्नेतको संयोजकत्वमा ५१ सदस्यीय युवा परिचालन समिति गठन गरीएको एमाले जिल्ला उपाध्यक्ष एवं प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख जनकराज अवस्थीले जानकारी दिए । उनका अनुसार समितिको सह संयोजकमा यज्ञराज नाथ र सचिवमा रोहित गजुरेललाई जिम्मेवारी दिइएको छ ।
एमालेले डा. भट्टको चुनावी प्रचारका लागि यस अघि दोधारा चाँदनीमा गगन खत्री र भीमदत्त नगरपालिकामा बिष्णु कँडेललाई संयोजक बनाएर परिचालन जिम्मा दिएको छ । कञ्चनपुर ३ मा भीमदत्त, दोधारा चाँदनी र बेदकोटका गरी ३० वडा छन ।

एमालेले प्रत्येक वडावडामा निर्वाचन सम्पर्क कार्यालयहरु स्थापनाको कार्यलाई पनि तिव्रता दिएको छ । आज पनि भीमदत्त नगरपालिकाको वडा नं. १३ र वडा नं. १५मा उमेदवार डा दिपकप्रकाश भट्टको उपस्थितिमा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

बौद्धिक र स्वच्छ छविका डा भट्टलाई एमालेले उमेदवारको रुपमा अगाडि सारेपछि जनतामा हर्षउल्लास बढेको देखिन्छ । गृहमन्त्री रमेश लेखकलाइ पराजित गरी २०७४ मा पहिलो पटक प्रतिनिधि सभा सदस्य बनेका डा. भट्टले शहिद दशरथ चन्द चिकात्सा विश्वविद्यालय स्थापनामा महत्वपूर्ण भुमिका खेल्नुका साथै सांसदमा नीतिनियम बनाउन ठूलो योगदान रहेको छ । डा भट्टले थालनी गरिएका अधुरा कामलाई पूर्णता दिने र केही नयाँ योजना सुरु गर्ने लक्ष्य सहित चुनावमा जनताको घरदैलोमा पुगिरहेका छन् ।

बेदकोट नगरपालिका वडा नं ८ बाट निर्वाचन गतिविधि सुरुगरेका डा. भट्टको पक्षमा युवादेखि, बृद्धसम्मले भोट हाल्ने बताईरहेका छन् । डा. भट्टले चुनाव प्रचारका लागि चुनावी घरदैलो र व्यक्तिगत भेटघाटमा व्यस्त भएका छन् ।

कञ्चनपुर ३ मा डा. भट्ट सहित १७ उम्मेदवार चुनावी मैदानमा छन् । डा. भट्ट हेभिवेट उम्मेदवारका रुपमा हेरिएका छन् ।

काँग्रेसका हरि प्रसाद बोहरा, नेकपाका मान बहादुर सुनार, राप्रपाका पूर्ण बहादुर चन्द, रास्वपाका ज्ञानेन्द्र सिह महता, उज्यालो नेपाल पार्टीका भीम बहादुर कुमाल लगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

 

कञ्चनपुर ३ मा एक लाख २ हजार बढी मतदाता छन् । यस अघि २०७९ को निर्वाचनमा काँग्रेस नेता पूर्व गृहमन्त्री लेखकले चुनाव जितेका थिए । कञ्चनपुर ३ मा एमाले यस अघि २०७४ र २०५१ मा निर्वाचित भएको थियो । त्यस बाहेक २०४८, २०५६, २०६४, २०७० र २०७९ मा काँग्रेस निर्वाचित भएको थियो । त्यसमध्ये २०५६, २०७० र २०७९ मा लेखक निर्वाचित भएका हुन् । २०६४ मा काँग्रेस नेता शेर बहादुर देउवा र २०६५ मा नेकपा माओवादीका हरिश ठकुल्ला निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज