Advertisement

डा. दीपक प्रकाश भट्टले मतदातालाई के दिए र अव के दिन सक्छन् ?

महेन्द्रनगर – २०७४को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट पहिलोपटक सांसद बनेका डा. दिपक प्रकाश भट्ट २०७९ को निर्वाचनमा मतदान गरेपनि उमेदवार बनेनन् । बौद्धिक व्याक्तित्वका कारण पहिलो प्रयासमै सांसद बन्न सफल भएका उनले पाँच बर्षको कार्यकालमा सांसदमा नीति निर्माण गर्नेदेखि जिल्लाको भौतिक पूर्वाधार निर्माण र कोरोना महामारीको डटेर सामाना गरे ।
उनले महाकाली अञ्चल अस्पताललाई टिचिङ हस्पिटल बनाउने सपना देखे र मतदातालाई उक्त सपना देखाए पनि । उक्त कार्य अझै पनि अधुरो रहेको तर त्यसका लागि स्पष्ट निति निर्माण भईसकेको कुरा डा. दिपक प्रकाश भट्टले सुनाए । महाकाली अस्पताललाई नीति र कानुन अभावका कारण प्रतिबद्धता गरेजस्तो शिक्षण अस्पताल बनाउन सफल नभएता पनि अस्पतालको सुविधामा भने कायापलट भएको देख्न सकिन्छ । दोधाराचाँदनी स्वास्थ्य केन्द्रको सुधार गरी नगरस्तरीय अस्पताल बनाउनमा उनको ठूलो सहयोग रहेको छ । २०५६ सालदेखि बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनको प्रक्रिया अघि बढाउन प्रमुख भुमिका खेलेका उनले कञ्चनपुरको हवाई पहुँच विस्तारमा नयाँ सम्भावना खोलेका छन् । तर, त्यसलाई अन्तिम रूप दिन अझै बाँकी छ ।

त्यसैगरी ब्रह्मदेव–कौवानी खण्डअन्तर्गत महाकाली करिडोर निर्माणको सुरुआत र दोधाराचाँदनी क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण प्रक्रिया अगाडि बढिसकेका छन्। दीर्घकालीन योजनालाई शीघ्र सम्पन्न गर्ने गरी कार्ययोजना अघि बढाउने उनले प्रतिबद्धता गरे।

डा। भट्ट कञ्चनपुरको आर्थिक रूपान्तरणलाई सुख्खा बन्दरगाह र महाकाली करिडोरसँग जोडेर हेर्छन्। उनको दीर्घकालीन दृष्टिकोणअनुसार सुख्खा बन्दरगाहलाई पूर्णता दिई कञ्चनपुरलाई भारत र चीन जोड्ने त्रिदेशीय व्यापारिक नाकाका रूपमा विकास गर्न सकिन्छ। यसबाट रोजगारी सिर्जना, लगानी प्रवर्द्धन र स्थानीय अर्थतन्त्र मजबुत हुने उनको विश्वास छ।

भौतिक पूर्वाधारतर्फ गड्डाचौकीदेखि चिसापानीसम्मको ४ लेन सडक स्तरोन्नति पनि उनको अर्को महत्वपूर्ण एजेन्डा हो। संघीय सरकारको विशेष प्राथमिकतामा राखेर सडक निर्माण सम्पन्न गराउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुदूरपश्चिमको समृद्धिको आधार मान्ने उनीसंग सुदूरपश्चिम विश्वविद्यालयलाई नमूना विश्वविद्यालयका रूपमा विकास गर्ने योजना छ ।

विश्वविद्यालयसँग जोडिएर जडिबुटीको सम्भावनालाई उपयोग गर्दै हर्बल साइन्स, खेलकुद क्षेत्रका लागि स्पोर्ट्स साइन्स, जलवायु परिवर्तन, कृत्रिम बुद्धिमत्ता तथा साइबर सेक्युरिटीसम्बन्धी अध्ययन कार्यक्रम सुरु गर्ने सोच उनले बनाएका छन् ।

स्वास्थ्य क्षेत्रमा महाकाली अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरी गेटामा स्थापना हुने दशरथ चन्द चिकित्सा विश्वविद्यालयसँग जोड्ने योजना पनि उनले बताए ।

डा. भट्ट शिक्षित युवा, विद्वान र अनुभवी राजनीतिज्ञ मात्र होइनन्, उनी शिक्षक, लेखक र अनुवादकसमेत हुन् । भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि(पीएचडी) उपाधि हासिल गरेका उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सुरक्षाविद्को पहिचान बनाइसकेका छन्।

शान्ति, लोकतन्त्र, राष्ट्रिय सुरक्षा नीति र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा उनका लेख, अनुसन्धानपत्र र विचार सार्वजनिक बहसमा निरन्तर देखिँदै आएका छन्।

डा. भट्टले आफ्नो कार्यकालमा थुप्रै दीर्घकालीन महत्वका काम अघि बढाएको सुनाए । जिल्लामा विकासका ठूला आयोजना सुरु भए पनि बीचमै अलपत्र परेका योजनालाई पुनः गति दिनु अवको लक्ष्य हुने उनले सुनाए ।

राजनीतिक यात्रामा पनि डा। भट्टको अनुभव फराकिलो छ। २०४५ सालदेखि भारत प्रवासमा रहँदा अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनमार्फत संगठन निर्माणमा सक्रिय रहेका उनी महासचिव हुँदै केन्द्रीय अध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेका छन् ।
राजनीतिक यात्रा
२०४६ सालको जनआन्दोलनदेखि शान्ति प्रक्रियासम्म उनले निर्वाह गरेको भूमिका उल्लेखनीय मानिन्छ। विशेषगरी माओवादी सेनाका लडाकुहरूको समायोजन तथा पुनःस्थापनासम्बन्धी विशेष समितिमा खेलेको भूमिका उनको राजनीतिक यात्राको महत्वपूर्ण पाटो हो।

विगतको अनुभव, बौद्धिक पृष्ठभूमि र दीर्घकालीन विकास योजनासहित चुनावी मैदानमा उत्रिएका डा. दीपकप्रकाश भट्ट कञ्चनपुर–३ बाट पुनः जनताको मन जित्ने दौडमा देखिएका छन्।

उम्मेदवारी दर्तापछि डा. भट्टले चुनावी प्रचार–प्रसारमा निकै व्यस्त छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज