Advertisement

निर्वाचनमा सहभागि दल र उमेदवारहरुले अझै खोलेनन् बैंक खाता

महेन्द्रनगर–कञ्चनपुर जिल्लाका तिनवटा निर्वाचन क्षेत्रमा चुनाव लड्ने राजनितिक पार्टीबाट र स्वतन्त्र उमेदवारले अझै पनि बैंक खाता खोलेका छैनन् । निर्वाचन आचारसंहिता २०८२मा राजनितिक दलबाट र स्वतन्त्ररुपले निर्वाचन लड्ने उमेदवारले छुट्टै बैंक खाता खोलेर निर्वाचन सम्बन्धी सबै खर्च सोहि बैंक खातामार्फत मात्रै गर्नुपर्ने व्यवस्था भएता पनि मनोनय दर्ताको २० दिन वित्दापनि अधिकांस उमेदवारले बैंक खाता खोलेका छैनन् ।
मनोनयदर्ता गराएको आधा महिनाभन्दा बढि वित्दापनि जिल्लामा निर्वाचन लडिरहेका उमेदवारहरुमध्ये अधिकांश उमेदवारले छुट्टै खाता नखोलेको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत कृष्ण बहादुर धामीले बताए ।
निर्वाचन आचारसंहिता अनुगमन अधिकृत धामीका अनुसार निर्वाचन आचारसंहिता २०८२ मा नयाँ व्यवस्था सुरु गरेको र सबै उमेदवारहरुले छुट्टै खाता खोलेर सोही खाताबाट कारोवार गर्नुपर्ने व्यवस्था रहको छ ।
यदि कुनै उमेदवारले उक्त आचारसंहिता पालना नगरेमा निर्वाचन आयोगले नियमानुसार कारवाहि गर्ने उनले बताए । सबै उमेदवारलाई छिटोभन्दा छिटो खाता खोली सोही खातामार्फत आफ्ना चुनावि कारोवारहरु संचालन गर्न र विलभर्पाई सुरक्षित राख्न निर्वाचन आचारसंहिता अधिकृत कृष्ण बहादुर धामीले अनुरोध गरेका छन् ।

कञ्चनपुर जिल्लमा तिन वटै निर्वाचन क्षेत्रमा गरी ५५ जना चुनावमा होमिएका छन् । निर्वाचन क्षेत्र नं. १ मा १५ जना राजनितिक दलबाट र ४ जना स्वतन्त्र गरी १९ जना चुनावि मैदानमा रहेका छन् । निर्वाचन क्षेत्र नं १मा एक लाख एक हजार ७२४ जना मतदाता रहेका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा पनि स्वतन्त्रससहित १९ जना नै चुनावि दौडमा छन् । भने कूल मतदाता एक लाख नौ हजार ५७४ छन् । त्यसैगरी निर्वाचन क्षेत्र नं. ३मा ३ जना स्वतन्त्र र १४ जना राजनितिक दलबाट गरी १७ जना चुनावि लडिरहेका छन् । यस क्षेत्रमा एक लाख तीन हजार ८७ मतदाता रहेका छन् ।

निर्वाचन आयोगको सहजीकरणमा खुल्ने खाता निर्वाचन अनुगमन अधिकृतहरुको प्रत्यक्ष निगरानीमा रहने बताइएको छ । अस्थायी प्रकृतिका ती खातामा आफ्नो निजी खातामा जस्तो उम्मेदवारहरुको सर्वाधिकार नरहने र निर्वाचन कानून वा आचारसंहिता उल्लंघन गरेको भेटिए अनुगमन अधिकृतहरुले कारोबार रोक्का गरिदिन सक्ने व्यवस्था रहेको छ । आयोगले आफ्नो सिफारिसमा विभिन्न बैंकहरुमा खोलिने खातामा भने आर्थिक सहयोग तथा चन्दा संकलनमा रोक लगाएको छैन ।

निर्वाचन आयोगले देशभर जिल्लाहरुको अवस्था अनुसार प्रति उम्मेदवार २५ देखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको छ । निर्वाचन सकिएको ३५ दिनपछि उम्मेदवार र दलहरुले खोलेका त्यस्ता खाता बन्द हुनुपर्ने व्यवस्था छ ।

बैंकहरूले खाताको विवरण भने ६ वर्षसम्म सुरक्षित राख्नुपर्ने र ती खाताहरु राज्यका नियमनकारी निकाय बाहेक अरुले हेर्न नपाउने गरी गोप्यता कायम राख्नु भनी निर्वाचन आयोगले राष्ट्र बैंकमार्फत सबै बैंकहरूलाई परिपत्र गरेको जनाएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज