Advertisement

मर्निङ ग्लोरी सेकेन्डरी स्कूलमा विज्ञान प्रदर्शनी

महेन्द्रनगर– मर्निङ ग्लोरी सेकेन्डरी स्कूलमा विज्ञान प्रदर्शनी कार्यक्रम गरिएको छ । प्रदर्शनीमा विद्यार्थीहरुले कक्षामा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न खोजेको देखिन्छ । उनीहरूले रिमोट कार, लन्डन ब्रिज, बोट बिरुवाका भागहरू, ईको प्रणाली, नाष्ट प्रयोगशाला, ज्वालामुखी, ईलेक्ट्रोनिक म्याग्नेट लगायतका विज्ञान सामाग्री प्रदर्शन गरेका छन् ।
कक्षा ४मा पढ्ने आरभ भट्ट र उनका साथीहरुले मिलेर सोलार सिस्टम बनाएर प्रदर्शनीमा राखेका छन् । त्यसैगरी कक्षा ९का प्रतिप ओझा र उनका साथीहरुले ईलेक्ट्रोनिक म्याग्नेट प्रदर्शनमा राखेर अन्य विद्यार्थीहरुलाई त्यसको बारेमा जानकारी दिए ।

कक्षा ६मा पढ्ने युवराज गिरीले रिमोट कार बनाएर प्रदर्शन गरेका छन् । उनले उक्त कार बनाउन साढे चार सय खर्च गरेको बताए ।
त्यसैगरी भविष्यमा नर्स बन्ने लक्ष्य बोकेकी कक्षा ९मा पढ्ने प्रवेशिका जोशीलगायतका छात्राहरुको समुहले नेपालको ईतिहास र प्राकृतिक सम्पदा झल्किने किसिमको सामाग्रि र रकेटसमेत निर्माण गरी प्रर्दशन गरे । उनीहरुले नेपाल एकेडेमी साइन्स एण्ड टेक्नोलोजी(नास्ट) को प्रयोगशालामा बनाएको भनेर रकेटको सामाग्रिमा रकेटको नाम द कमिक एक्सप्लोर लेखेका छन् । त्यसैगरी आरती भट्ट र दृष्टिलगायतका विद्यार्थीहरुले हार्वस्टिङ र भल्कानो बनाएर प्रदर्शन गरेका छन् ।

कक्षा शिवम ओझाले सुर्यको तापबाट विरुवाले कसरी खाना बनाउछ भन्ने बारे सामाग्रि बनाएर प्रदर्शन गरेका छन् । कक्षा ४मा पढ्ने नयन जोशी लगायतका विद्यार्थीहरुको समुहले बाटर साईकलबारे सामाग्रि बनाएर प्रदर्शन गरेका छन् ।
त्यसैगरी कक्षा ७मा अध्ययनरत विद्यार्थी कपिल बोहरा र नविन जोशीले पनि भल्कानो सम्बन्धी सामाग्रि तथा कलकारखानाबाट उत्पादन हुने फोहरहावालाई सफा कसरी गर्न सकिन्छ भन्ने सामाग्रि निर्माण गरी प्रदर्शनमा राखेका छन् ।
कक्षा ७मा पढ्ने प्रतिक हमालले लण्डनव्रिज बनाएर प्रदर्शन गरेका छन् । उनले उक्त ब्रिज न्यूटनको पास्कलसम्बन्धी प्रथम नियममा आधारीत भएर बनाईएको बताए । भविष्यमा लण्डन ब्रिजलाई नेपालमै निर्माण गरी व्यवसायीकरण गर्ने उनको चाहना छ ।
धिरेन्द्र सिहले भल्कानो सम्बन्धी सामाग्रि बनाएर प्रदर्शनमा राखेका थिए । त्यसैगरी कक्षा १०मा पढ्ने आरदा भट्टलगायतका पाच जनाको समुहले भल्कानो तथा सफा बाताबरण र फोहर बाताबरण लाई संकेत गर्ने प्रकारको सामाग्रि बनाई प्रदर्शन गरेका छन् ।

त्यसैगरी एउटा विद्यार्थीहरुको समुहले वाटर पावर सिस्टमसम्बन्धी सामाग्रि प्रदर्शन गरेका छन् ।
त्यसैगरी कक्षा ८ का विवेक भट्टलगायतका विद्यार्थी समुहले साधारण कार ग्याजेटलगायतका सामाग्रि निर्माण गरी प्रदर्शन गरेका छन् । उनीहरुले उक्त कारलाई गुडाएका छन् ।
प्रदर्शनीमा कक्षा१ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको छ ।
भने कक्षा ११ र १२ का विद्यार्थी, अभिभावक, शिक्षकलगायतले प्रदशनिको अवलोकन गरेका छन् । विज्ञान तथा कला प्रदशनिले विद्यार्थीहरूलागि कक्षामा सिकेका कुराहरूलाई व्यावहारिक जीवनमा कसरी लागू गर्न सकिन्छ भन्ने कुरा सिकाउने उद्येश्य राखिएको प्रदर्शनीमा विद्यार्थीहरुले विज्ञानका फर्मुलाहरुमा आधारीत प्रयोजनाहरु प्रदर्शन गरेको स्कूलका एकेडेमिक काउन्सिलर पृथ्वीराज भट्टले बताए ।
यो ईभेन्टले कितावि ज्ञानका कुराहरुमा सिमित नभई हेर्दै सिक्दै अनुभव लिने अवसर प्रदान होस भनेर कार्यक्रम गरीएको ईभेन्ट कोर्डनेटर नविन गिरीले बताए ।
स्कूलले विभिन्न क्रियाकलाप गराईरहेको उल्लेख गर्दै विद्यार्थीको अन्तरनिहित क्षमता बाहिर ल्याउनका लागि ईभेन्ट आयोजना गरीएको र फेरी पनि अन्य कार्यक्रम गरीने प्राथमिक तह कोर्डनेटर पुजा गिरीले बताए ।

स्कूलले प्हिलो पटक आयोजना गरेको प्रदर्शनीमा ३० बढि प्रदर्शनी स्टल रहेका छन् । अभिभावकहरुले प्रदर्शनी स्थलमा आएर आफ्ना बालबालिकाले बनाएका नमूना अवलोकन गरे । विद्यालयका विज्ञान विषयका शिक्षकहरुले नमूना बनाउन सहयोग गरे । प्रदर्शनी स्थलमा शिक्षकहरुले विद्यार्थीहरुले उत्साह पूर्वक प्रदर्शनीमा सहभागी भएको बताए ।
भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित विद्यालयमा कक्षा नर्सरीदेखि १२ सम्म पढाई हुन्छ । कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन विषयको पठनपाठन हुने गरेको छ ।
विद्यालयका प्रिन्सिपल शर्माले आगामी दिनमा प्रदर्शनीलाई निरन्तरता दिइने र केही दिनभित्रै खाद्य प्रदर्शनी गरिने जानकारी दिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

निसर्ग अस्पतालमा सामाजिक सुरक्षा कोषको सुविधा

निसर्ग अस्पतालमा सामाजिक सुरक्षा कोषको सुविधा

धनगढी - सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिक तथा योगदानकर्ताहरूले धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि। बाट पनि कोष ...
होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : बर्साले दुई खेल रद्द,  महेन्द्रनगर नमुना र वात्सल्य विजयी

होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : बर्साले दुई खेल रद्द, महेन्द्रनगर नमुना र वात्सल्य विजयी

महेन्द्रनगर - होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप अन्तरगत आज वर्षका कारण दुई खेल रद्द भएका छन्। भने महेन्द्र नमु...
होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन : लिटिल बुद्ध, कञ्चनजंघा र महाकाली सेकेन्डरी विजयी

होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन : लिटिल बुद्ध, कञ्चनजंघा र महाकाली सेकेन्डरी विजयी

महेन्द्रनगर - होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन भएको पहिलो खेलमा लिटिल बुद्ध एकेडेमी विजय भएको छ।...
एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाका युवा सुनिल चन्दले काठमाडौंमा सम्पन्न २७औँ पुरुष राष्ट्रिय सुटिङ च्याम्पियन...
भीमदत्त अन्तर मावि स्तरीय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि मर्निङ्ग ग्लोरी र इन्टर नेसनल भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि मर्निङ्ग ग्लोरी र इन्टर नेसनल भिड्दै

महेन्द्रनगर - भीमदत्त नगरपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय टी २० क्रिकेट प्रतियोगितामा उपाधिका लागि मर्निङ्ग ग्लोरी र इन्टरनेश...
रेडियन्ट माविले सरसफाई तथा वृक्षारोपण गरी विश्व वातावरण दिवस मनायो

रेडियन्ट माविले सरसफाई तथा वृक्षारोपण गरी विश्व वातावरण दिवस मनायो

माला भट्ट, महेन्द्रनगर - कञ्चनपुरको महेन्द्रनगर स्थित रेडियन्ट माध्यमिक विद्यालयले ५४ औँ विश्व वातावरण दिवसको अवसर पारेर विद्यालय ...
लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

महेन्द्रनगर – लालझाडी गाउँपालिकाले २१ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा तिन जनालाई सम...
एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

महेन्द्रनगर – एसईई परिक्षामा चार जिपिए ल्याई उत्तीर्ण भएकी समृद्धी ऐरीलाई सम्मान गरीएको छ । बिहिबार भीमदत्त नगरपालिका १८ कटानस्थित...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज