Advertisement

दोस्रो खुला पावर लिफ्टिङ्ग प्रतियोगितामा गौरव भण्डारी र भुमिका नाथ च्याम्पियन

महेन्द्रनगर – भीमदत्त नगरपालिका १८ले भीजी फिटनेस सेन्टरसित सहकार्य गरी आयोजना गरेको दोस्रो खुला पावर लिफ्टिङ्ग च्याम्पियनशिप २०८२ प्रतियोगितामा गौरव भण्डारी र भुमिका नाथ च्याम्पियन बनेका छन् । उक्त प्रतियोगितामा समग्रमा ५४५ केजी तौल उचालेर गौरव भण्डारी सबैभन्दा बलिष्ठ पुरुष विजेता भएका थिए भने समग्रमा २९७ केजी तौल उचालेर भुमिका नाथ सबैभन्दा बलिष्ठ महिला बिजेता भएकी हुन् ।

मास्टर क्लास भेटरान तर्फ प्रथम राम महरा, द्वितिय पंकज रावल र तृतीय स्थानमा कर्ण शाही विजय भएका छन । माघ १६ र १७ गते सम्पन्न भएको उक्त पावरलिफ्टिङ्ग च्याम्पियनशिपमा पुरुष तर्फ ६६ केजी मुनी, ७४ केजी, ८३ केजी, ८३ प्लस केजी र महिला तर्फ ५७ केजी मूनी, ६३ केजी, ६३ केजी प्लस तौल समूह र मास्टर क्लास अन्तर्गत भारोत्तलन गराइ प्रतिस्पर्धा गराइएको थियो ।

 

भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीको प्रमुख आतिथ्य र भीनपा १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटाको अध्यक्षतामा कार्यक्रम गरिएको छ । प्रतियोगितामा विभिन्न ४ जिम क्लबका खेलाडीले भाग लिएका छन् ।
च्याम्पियनशिपमा ३० जना खेलाडीहरुले विभिन्न ८ वटा तौल समूहमा सहभागिता जनाए । ५० वर्षमाथिका खेलाडीका लागि मास्टर क्लास भेटरान प्रतियोगिता पनि आयोजना गरिएको छ ।
च्याम्पियनशीप आयोजना गर्ने भीमदत्त नगरपालिका पहिलो स्थानीय तह हो । उक्त च्याम्पियनशिपमा निर्णायक समति(ज्युरी) मेम्बरको रुपमा जीवन गौतम, सुवास उपाध्याय र एनडी पाण्डेय रहेका थिए । च्याम्पियनशिप कार्यक्रम संयोजन तथा संचालन भीनपा १८ का वडा सचिव दिनेश राज भट्टले गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज