एमविविएसमा नाम निकाल्न सफल दुई विद्यार्थीलाई डाईमण्ड पब्लिकद्धारा सम्मान
महेन्द्रगनर–गौड्डाचौकीस्थित डाईमण्ड पब्लिक एकेडमीले एमविविएसमा नाम निकाल्न सफल दुई जना विद्यार्थीलाई सम्मान गरेको छ । शनिबार भीमदत्त नगरपालिका वडा नं. १० गड्डाचौकीस्थित डाईमण्ड एकेडेमीले ३०औ बार्षिक उत्सव समारोहको अवसरमा डाईमण्ड पब्लिक एकेडेमीबाट एसईई उतिर्ण गरी हाल एमविविएस डाक्टर पढ्नका लागि नाम निकाल्न सफल विद्यार्थीहरु यसराज भट्ट र गैतम पन्तलाई सम्मान गरेको हो । दुवै जना विद्यार्थीले डाईमण्ड पब्लिक एकेडेमीबाट २०७८ सालको एसईई परीक्षा उत्तिर्ण गरेका हुन् । भने अहिले एमविविएस पहिलो बर्षमा अध्ययनरत रहेको छन् ।
दुबै जना विद्यार्थीहरु एमविविएस अध्ययनको शिलशिलामा जिल्लाबाहिर भएको कारण सम्मान पत्र उनीहरुका आमाबुवाले ग्रहण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका नीति तथा योजना आयोग उपाध्यक्ष जीवन रानाले सम्मान पत्र हस्तान्तरण गरेकी थिईन् । उनीहरुलाई सम्मानपत्रका साथै अविर टिक...




















