Advertisement

निङ्गलाशैनी माविको अध्यक्षमा ह्याट्रिक गरेका भट्ट फेरी अध्यक्ष चयन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १८ गोबरस्थित निङ्गलाशैनी माध्यामिक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा ह्याट्रिक गरेका निरञ्जन भट्ट फेरी चौथो कार्यकालका लागि पनि अध्यक्षमा चयन भएका छन् । शनिबार सम्पन्न विद्यालय व्यवस्थापन समिति सदस्यहरुको भेलाबाट कञ्चनपुर निर्माण व्यवसायी संघका निवर्तमान अध्यक्ष भट्ट चौथो पटक अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । चौथो पटक निङ्गलाशैनी माविको अध्यक्षमा निर्वाचित भएपछि भट्टलाई बधाईको ओईरो लागेको छ ।
भीनपा १५ गोबरैयका वासिन्दा भट्ट २०७२ देखि निरन्तर अध्यक्ष पद सम्हाल्दै आएका छन् । समाजसेवा र निर्माण व्यवसायमा आवद्ध उनले पहिलो पटक अध्यक्ष हुँदा विद्यालयलाई जग्गा विवादको समस्याबाट मुक्त गराएका थिए भने देशविदेशबाट सहयोग जुटाएर विद्यालयलाई प्रविधिमैत्री बनाएका थिए । विद्यालयको शैक्षिक र भौतिक विकासलाई प्राथमिकता दिएका उनले विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरुवात गराएका हुन् ।
उदयदेव बहुउदेश्यीय सहकारी संस्थाका उपाध्यक्ष समेत रहेका अध्यक्ष भट्ट २०७९ मा जन सेवा श्री विभुषणबाट सम्मानित भएका थिए । चौथो पटक व्यवस्थापन समिति अध्यक्ष बनेका उनले विद्यालयको शैक्षिक भौतिक विकासलाई प्राथमिकता दिएर अघि बढ्ने बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

महेन्द्रनगर – लालझाडी गाउँपालिकाले २१ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा तिन जनालाई सम...
एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

महेन्द्रनगर – एसईई परिक्षामा चार जिपिए ल्याई उत्तीर्ण भएकी समृद्धी ऐरीलाई सम्मान गरीएको छ । बिहिबार भीमदत्त नगरपालिका १८ कटानस्थित...
भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

महेन्द्रनगर– होली फेम्लि ईग्लिस मिडियम स्कूलको आयोजनामा संञ्चालित भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत सेमि...
भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस...
निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

महेन्द्रनगर – एमाले केन्द्रीय सदस्य निरुदेबी पाल केहि दिन अगाडि मात्रै एमाले अध्यक्ष केपी शर्माओलीको सचिवालय प्रमुखमा चयन भएका छन्...
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

काठमाडौं, - नेकपा(एमाले) ले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। एमाले प्रचार तथा प...
उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

महेन्द्रनगर - उच्च अदालत बार एसोसिएसन महेन्द्रनगरको ६ औं कार्य समितिका लागि अध्यक्षमा भोजराज पाठक र सचिवमा रोशन लाल चौधरी निर्वाचि...
अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

महेन्द्रनगर - भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज