Advertisement

कञ्चनपुर कारागारमा तनाव, आठ जना घाइते

महेन्द्रनगर – कञ्चनपुर कारागारमा कैदबन्दी बीच झडप भएको छ । झडपको क्रममा ८ जना कैदीबन्दीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। कैदीबन्दीहरू आन्तरिक प्रशासनसँग असन्तुष्ट भए सँगै आक्रोशित भएपछि कारागारमा तनाव सिर्जना भएको   जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं डिएसपी सागर बोहराले बताए । कारागारमा रहेका चौकीदार नाइके र कैदीबन्दीहरू बीच विवाद भएपछि स्थिति तनावपूर्ण बनेको उनले बताए । उनका अनुसार ८ जना कैदीबन्दीहरू घाइते भएका छन्। उनीहरूलाई महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरी उच्च उपचार भइरहेको छ।
कारागारको अवस्था अहिले शान्तिपूर्ण रहेको उनले बताएका छन्। कैदीबन्दीहरूले विभिन्न माग राखेर कारागार भित्रै आन्दोलनमा उत्रेका हुन्। उनीहरुले कारागारका नाइके लाई विभिन्न किसिमको आरोप लगाएका छन् । कैदीबन्दीहरूले काराकारागारका नाइकेलाई लागू औसत, धुम्रोमान मध्यपान जस्ता पदार्थहरूको व्यापार गर्ने, कैदीबन्दीहरूलाई सरुवा गरिदिन्छु भन्दै पैसा लिने गरेको आरोप लगाएका छन् । उनीहरूले कारागारभित्रैबाट विभिन्न किसिमका नाराहरू लगाएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी, नाइके, चौकीदार र कैदीबन्दी बीच छलफल चलिरहेको डीएसपी बोहराले बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज