Advertisement

एमाले नेता चन्दले गरे पार्टी परित्यागको घोषणा, अन्य पार्टीमा प्रवेश गर्ने हल्ला

महेन्द्रनगर –नेकपा(एमाले) नेता कर्ण बहादुर चन्दले पार्टी छाडेको घोषणा गरेका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य चन्दले शनिबार सामाजिक सञ्जाल फेसबुक वालमा पार्टी जिम्मेवारी र सदस्यता छाडेको घोषणा गरेका हुन् । शनिबार चन्दले एमाले अध्यक्ष केपी शर्माले ओलीले पाँच वर्ष अघि प्रधानमन्त्री हुँदा संसद विघटन गरेको दिन पार्टी छाडेको घोषणा गरेका छन् । उनले संसद विघटनको त्यस दिनलाई जनताका प्रतिनिधिहरुको हत्या गरिएको कालो दिन भएको उल्लेख गरेका छन् । एमाले अध्यक्ष केपी शर्माले ओलीले पाँच वर्ष अघि प्रधानमन्त्री हुँदा पुस ५ गते संसद विघटन गरेको थिए ।

 

 

 

‘पाँच बर्ष अगाडि पौष पाँच गते जनताका प्रतिनिधिहरुको हत्या गरेको इतिहासको कालो दिन नेकपा एमाले जनताको बहुदलिय जनवाद राष्ट्रिय अखण्डता स्वाधीनता जनजिविका सबाललाइ तिलान्जली दिइ एमाले अब धनवाद डनवाद र नातावादमा लिप्त हुँदै देशमा समाजमा भाडभैलो सिर्जना गरि मुलुकलाई मुडभेड अवस्थामा लगि मुलुकले खोजेको परिवर्तनलाइ इनकार गरि फेरि मुलुकलाई ठूलो अन्धकारमा धकेल्ने योजनाका साथ अगाडि बढेकाले अब एमाले बाट नेपालको परिवर्तन सम्भव नभएको आजको मितिबाट म एमालेको प्रदेश कमिटीको सदस्य र पार्टीको सदस्य पद त्याग गरेको घोषणा गर्दछु’ उनले सामाजिक सञ्जाल फेसबुबकमा लेखेका छन् ।
नेता चन्दले एमालेमा इमान्दार कार्यकर्ताको काम समेत नरहेको भन्दै नेता कार्यकर्तालाई स्वाभिमानका साथ जीवन जीउन अनुरोध गरेका छन् ।
एमाले छाड्दै उनले फागुन २१ गतेका लागि तोकिएको मितिमा निर्वाचन नै मुलुकको निकास भएको उल्लेख गरेका छन् । उनलाई अन्य पार्टीमा प्रवेश गर्ने आकलन गरीएको छ । उनी प्रचण्ड नेतृृत्वको नेकपामा प्रवेश गर्ने एक थरी हल्लाका विचमा घनश्याम भुसाल नेतृत्वको पार्टीमा प्रवेश गर्ने हल्ला पनि बाहिर आएको छ । उक्त हल्ला आधिकारीकरुपमा पुष्टि हुन सकेको छैन् ।
चन्द एमाले कञ्चनपुरका पूर्व उप सचिव हुन् । आठौं अधिवेशनबाट अत्याधिक मत पाएर उप सचिव निर्वाचित चन्दले प्रेस चौतारी नेपालको जिल्ला नेतृत्व, पार्टी र प्रचार विभाग प्रमु्ख र जिल्ला कमिटी सदस्यको जिम्मेवारी निर्वाह गरेका थिए ।
एमाले नवौ जिल्ला अधिवेशनमा उपाध्यक्षका उम्मेदवार चन्द सर्वसम्मत नेतृत्व चयनपछि पछि हटेका थिए । उपाध्यक्षको उम्मेदवारी छाड्न उनलाई भूमि आयोगको अध्यक्ष बनाउने आश्वासन दिइएको थियो । आश्वासन अनुसार आयोग अध्यक्ष हुन नसकेका उनलाई एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बनाइएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज