Advertisement

झलारीमा हुने नेकपा कञ्चनपुरको पार्टी एकता सन्देश सभाको तयारी पुरा

महेन्द्रनगर – नेपाली कम्युनिष्ट पार्टी(नेकपा) कञ्चनपुरले सोमबार झलारीमा पार्टी एकता जिल्लास्तरीय सन्देश सभा आयोजना गर्न लागेको छ । शनिबार पार्टी एकताको सन्देश सभा आयोजनाको तयारी अन्तिम चरणमा पुगेको मुल परिचालन समितिले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । झलारीस्थित खुला मञ्चमा हुने सभामा नेकपा नेताहरु भीम रावल, गिरीराजमणी पोखरेल, भानुभक्त जोशी र खगराज भट्टले सम्बोधन गर्ने पार्टी एकता सन्देश सभा मूल परिचालन समिति संयोजक लोकेन्द्र लमसालले जानकारी दिए । झलारीमा हुने पार्टी सन्देश सभामा अन्य दलहरुबाट नेता तथा कार्यकर्ताहरु प्रवेश गर्ने जानकारी दिईएको छ ।
पत्रकार सम्मेलनमा नेकपा नेता प्रकाश रावलले प्रेस वक्तव्य वाचन गरेका थिए । उनले बाचन गरेको प्रेस बक्तव्यमा सरकारले फागुन २१ गते हुने निर्वाचनमा राजनीतिक दल र जनतालाई भयरहित रुपमा सहभागी हुने वातावरण बनाउनु पर्नेमा जोड दिएको छ । पार्टी एकता जिल्ला सन्देश सभा तथा मूल परिचालन समितिका संयोजक लम्सालको नाममा जारी वक्तव्यमा नेकपा ताजा जनादेशका लागि तयार भएको उल्लेख गरिएको छ ।
‘देशमा आगामी फागुन २१ गतेका लागि आम निर्वाचन घोषणा भइ सकेको स्थितिमा राजनीतिक दल र जनताले निर्वाचनका सम्पूर्ण गतिविधि निर्वाद, स्वतन्त्र र भय रहित वातावरणमा सहभागी हुन सक्ने गरी सरकारले यथोचित वातावरणको निर्माण गर्नु पर्छ’ वक्तव्यमा अगाडि भनिएको छ, ‘नेपाली कम्युनिष्ट पार्टी जनताको ताजा जनादेशका लागि तयार छ, निर्वाचनको सन्दर्भमा जनताको स्वतन्त्र अभिमत प्रटक हुन सक्ने वातावरण बनाउनु पर्छ ।’
मुलुकका सबै समस्याको निकास हुने गरी समाजवादको लक्ष्य राखी पार्टी पुनर्गठन गरी अघि बढेको नेकपा नेता खड्काले बताए ।
ऐतिहासिक भूमि भएकाले झलारी एकता सन्देश सभाका लागि स्थान छनौट गरिएको नेता लम्सालले बताए । उनले झलारी जिल्लाभरका सबै सहभागीका लागि मध्य बिन्दु पर्ने भएको उल्लेख गरे ।
‘अहिले सन्देश सभाका लागि झलारी रोजाइको पछाडि कारण छ, २०३६ सालको जनमत संग्रह ताकामा तत्कालिन पञ्चायती व्यवस्थाका खम्बा सूर्य बहादुर थापा विरुद्ध झलारीका वासिन्दाले आन्दोलन गरेका थिए, त्यस कारण त्यो भूमि क्रान्तिकारी र ऐतिहासिक छ’ उनले भने ।
नेकपा नेता खेमराज पाण्डेयले पनि झलारीमा सभा आयोजना गर्नुको कारण साविक माओवादी केन्द्र हुँदा पनि पार्टीले अन्य क्षेत्रमा कार्यक्रम गर्दा झलारी छुटेको बताए । पाण्डेय साविक माओवादी केन्द्रका जिल्ला संयोजक थिए ।
नेकता नेता बीर बहादुर बुढाथोकीले सभाको तयारी अन्तिम चरणमा पुगेको उल्लेख गर्दै सभामा १० हजार भन्दा बढी जन सहभागिता हुने दाबी गरे ।
सभामा नेताहरुको सम्बोधन सहित विभिन्न पार्टीका नेता कार्यकर्ता प्रवेश गर्ने कार्यक्रम भएको जानकारी दिइएको छ । मूल परिचालन समितिका संयोजक लम्सालले अन्य दलबाट नेतृत्व सम्हालेका नेता कार्यकर्ता सहितलाई प्रवेश गराउने तयारी रहेको बताए ।
सभा तयारी तथा व्यवस्थापनका लागि साविक माओवादी केन्द्रका नेता लोकेन्द्र लम्साल संयोजक र एकीकृत समाजवादीका नेता प्रकाश रावल सह संयोजक रहेको मूल परिचालन समिपति गठन गरिएको छ । पत्रकार सम्मेलनमा नेताहरु प्रकास रावल, लोकेन्द्र लम्साल सहित पूर्व मन्त्री लाल बहादुर खड्का, माया नेगी, खेमराज पाण्डेय, बीर बहादुर बुढाथोकी, माधव पन्त, नवराज ऐर, लोकराज जोशी लगायत सहभागी भए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज