Advertisement

सुदूरपश्चिममा लागूऔषधमुक्त समाज निर्माणका लागि प्रदेशस्तरीय प्रभातफेरी सम्पन्न

हेमा भट्ट, कञ्चनपुर – सुदूरपश्चिम प्रदेशलाई लागूऔषधमुक्त बनाउने उद्देश्यसहित प्रदेशस्तरीय प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय तथा प्रदेश युवा परिषद्को आयोजनामा “लागूऔषधमुक्त प्रदेश–हाम्रो अभियान, हाम्रो पहिचान” भन्ने मूल नारासहित कार्यक्रम सञ्चालन गरिएको हो।
कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–२, वाणीस्थित जे.बी. एकेडेमीको सहकार्यमा २०८२ साल पौष २१ गते सोमबार आयोजित प्रभातफेरी विद्यालय परिसर तथा आसपासका क्षेत्र हुँदै सम्पन्न भएको थियो। प्रभातफेरीमार्फत लागूऔषधको दुरुपयोगले निम्त्याउने सामाजिक, पारिवारिक तथा व्यक्तिगत समस्याबारे जनचेतना फैलाउने उद्देश्य राखिएको थियो।
कार्यक्रमको अध्यक्षता प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र सावदले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा सामाजिक विकास मन्त्रालयकी माननीय राज्य मन्त्री सरस्वती खड्काको उपस्थिति रहेको थियो। विशिष्ट अतिथिका रूपमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओम बहादुर राना सहभागी हुनुहुन्थ्यो।
प्रमुख अतिथि राज्य मन्त्री खड्काले लागूऔषध युवापुस्ताका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार, समुदाय, विद्यालय र अभिभावकबीच समन्वय आवश्यक रहेको बताउनुभयो। लागूऔषधमुक्त समाज निर्माण सरकारको मात्र नभई सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको उहाँको भनाइ थियो।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दान बहादुर सुनारले लागूऔषधसम्बन्धी कानुनी व्यवस्था, दण्ड–जरिवाना तथा सामाजिक असरबारे प्रशिक्षणात्मक प्रस्तुति दिनुभएको थियो। त्यस्तै डिआइजी रानाले लागूऔषध नियन्त्रणमा प्रहरीको भूमिका र समुदाय–प्रहरी साझेदारीको महत्वबारे जानकारी गराउनुभयो।
कार्यक्रमको सञ्चालन हरि जोशीले गर्नुभएको थियो भने जे.बी. एकेडेमीका प्रधानाध्यापकले स्वागत मन्तव्य राख्दै विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता अभियानमा निरन्तर सहकार्य गर्दै आएको बताउनुभयो।
विद्यार्थी, शिक्षक, अभिभावक, युवा, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागितासहित प्लाकार्ड, ब्यानर र चेतनामूलक नारासहित सम्पन्न प्रभातफेरीले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।
कार्यक्रमको अन्त्यमा आयोजक प्रदेश युवा परिषद्ले लागूऔषधविरुद्धको अभियानलाई निरन्तरता दिँदै सुदूरपश्चिम प्रदेशलाई लागूऔषधमुक्त बनाउने लक्ष्यसहित यस्ता गतिविधि आगामी दिनमा पनि सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज