Advertisement

वेदकोट नगरपालिकाको १८ औँ नगर सभा सम्पन्नस् ५ वर्षे रणनीतिक योजना र सूचना प्रविधि नीति पारित

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिकाको १८ औँ नगर सभा तथा हिउँदे अधिवेशन सोमबार सम्पन्न भएको छ । नगर प्रमुख भोजराज बोहराको अध्यक्षतामा बसेको उक्त सभाले नगरपालिकाको आगामी ५ वर्षको विकास मार्गचित्र कोर्ने रणनीतिक योजनाहरूसहित विभिन्न महत्वपूर्ण ऐन र कार्यविधिहरू पारित गरेको छ ।
नगर सभाले कार्यपालिकाबाट यसअघि भएका निर्णयहरूलाई अनुमोदन गर्दै नगरको आर्थिक र सामाजिक विकासका लागि दूरगामी महत्व राख्ने दस्तावेजहरू पारित गरेको छ। जसअन्तर्गत आगामी पाँच वर्षका लागि ‘स्थानीय रोजगार रणनीति’ र ‘उद्यम विकास रणनीतिक योजना’ ९आर्थिक वर्ष २०८२र०८३ देखि २०८६र०८७० स्वीकृत गरिएको छ। यी योजनाहरूले नगरभित्र स्वरोजगारका अवसर सिर्जना गर्न र उद्यमशीलता प्रवद्र्धन गर्न जग बसाल्ने विश्वास गरिएको छ।
नगरपालिकालाई प्रविधिमैत्री बनाउने लक्ष्यका साथ सभाले ‘वेदकोट नगरपालिकाको सूचना तथा सञ्चार प्रविधि नीति २०८१र०८२’ पारित गरेको छ। यसका साथै, स्थानीयस्तरमा संघ संस्था दर्तालाई व्यवस्थित गर्न ‘संघ संस्था दर्ता ऐन’ र जेहेन्दार विद्यार्थीहरूलाई सहयोग पुर्‍याउन ‘उच्च शिक्षा सहयोग वितरण कार्यविधि’ समेत स्वीकृत गरिएको छ।
सभामा विधायन समिति प्रमुख पवन नेपालीले कानुन संशोधन सम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो। उक्त प्रस्तावमाथि जनप्रतिनिधिहरूबीच व्यापक छलफल गरी विभिन्न विद्यमान कानुनहरूलाई समयसापेक्ष परिमार्जन र संशोधन गर्ने निर्णय गरिएको छ। नगर सभामा नगर उप(प्रमुख तुलसी जोशी, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट, विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू र कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
सभाको समापन गर्दै नगर प्रमुख भोजराज बोहराले पारित गरिएका नीति र रणनीतिहरूले नगरको बेरोजगारी समस्या समाधान गर्न र नागरिकलाई घरदैलोमै आधुनिक एवम् प्रविधिमैत्री सेवा दिन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज