Advertisement

कञ्चनपुरको राजघाटमा पहिलोपटक माघी मिलन तथा वृहत सांस्कृतिक कार्यक्रम हुने

हेमा भट्ट, कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाटमा पहिलोपटक माघी मिलन तथा वृहत सांस्कृतिक कार्यक्रम–२०८२ आयोजना हुने भएको छ। स्थानीय धर्म, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको हो । आगामी माघ ३ र ४ गते राजघाटदेखि राजपुर जाने बाटो नजिकै रहेको राजघाट खेलमैदानमा कार्यक्रम बिहान ११ बजेदेखि सञ्चालन हुनेछ।

थारू समुदायको महान पर्व माघीलाई केन्द्रमा राखेर आयोजना हुन लागेको यस कार्यक्रमले सामाजिक सद्भाव, सांस्कृतिक एकता र आपसी मेलमिलापको सन्देश फैलाउने अपेक्षा गरिएको छ ।
हाम्रो धर्म, हाम्रो संस्कृति, हाम्रो पहिचान, भन्ने मूल नारासहित आयोजना हुने कार्यक्रममा स्थानीय बासिन्दादेखि छिमेकी क्षेत्रका नागरिकसम्मको उल्लेखनीय सहभागिता रहने आयोजक समितिको विश्वास छ।

स्थानीय समाजसेवी तथा वनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष युवा निरज भण्डारी ले रैकवार खबर दैनिकसँग कुरा गर्दै भने,

राजघाटमा पहिलोपटक माघी मिलन तथा वृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो। यस कार्यक्रममार्फत स्थानीय कला, संस्कृति, भाषा, भेषभूषा र परम्परालाई उजागर गर्ने हाम्रो लक्ष्य छ। सबैको सहकार्य र सहभागितामा यसलाई ऐतिहासिक बनाउने प्रयास गरेका छौं।

कार्यक्रममा एस.एन. लाल बा. धामी (अछामी बड्‌डो), सोमती चौधरी, लक्ष्मी राना, सौगात ओझा, मनिराम चौधरी, पार्वती राना, राज केशव भट्ट लगायतका विशिष्ट व्यक्तित्व तथा स्थानीय कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति रहनेछ।
थारू संस्कृतिलाई झल्काउने नृत्य, लोकगीत, परम्परागत भेषभूषा, सांस्कृतिक झाँकी तथा मौलिक प्रस्तुति हरूले दर्शकको मन जित्ने आयोजकको दाबी छ।

यस कार्यक्रमलाई केवल मनोरञ्जनमा सीमित नराखी संस्कृति हस्तान्तरणको माध्यम बनाउने लक्ष्य लिइएको छ। विशेष गरी नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति, चाडपर्व र पहिचानप्रति जागरुक बनाउने उद्देश्यले कार्यक्रमको संरचना तयार गरिएको आयोजकले बताएका छन्।

कार्यक्रम स्थल राजघाट खेलमैदान (राजघाट–राजपुर सडक खण्ड नजिक) तोकिएको छ। आयोजक समितिका अनुसार कार्यक्रममा प्रवेश पूर्ण रूपमा निःशुल्क रहनेछ, जसले सबै वर्ग, समुदाय र उमेर समूहका नागरिकलाई सहज रूपमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

त्यसैगरी, कार्यक्रम अवधिभर स्थानीय उत्पादन, घरेलु सामग्री, खानाका परिकार तथा विभिन्न व्यापारिक स्टलहरू समेत रहनेछन्। यसले स्थानीय व्यवसाय प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।
स्टल बुकिङका लागि इच्छुक व्यक्तिहरूले ९८५८४७८००५ र ९८६६२३८८४७ नम्बरमा सम्पर्क गर्न सक्ने आयोजकले जानकारी दिएका छन्।

आयोजक समितिले कृष्णपुर नगरपालिका वडा नं. ९ का सम्पूर्ण वडाबासी, छिमेकी धनगढी उपमहानगरपालिका वडा नं. १३ र ३ का दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण जनसमुदायलाई कार्यक्रममा सहभागी भई कार्यक्रमलाई ऐतिहासिक रूपमा सफल बनाउन हार्दिक अनुरोध गरेको छ।

माघी पर्वले नयाँ वर्षको सुरुवात, आपसी मेलमिलाप, सुख–दुःखको साटासाट र सामाजिक एकताको सन्देश दिने भएकाले यस्तो कार्यक्रमले स्थानीय पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
स्थानीय बासिन्दाहरूले पनि राजघाटमै पहिलोपटक आयोजना हुन लागेको माघी मिलन कार्यक्रमप्रति खुसी व्यक्त गर्दै यस्तो कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा फैलाउने प्रतिक्रिया दिएका छन्।

कृष्णपुर–९ राजघाट, कञ्चनपुरमा आयोजना हुने यो विशेष माघी मिलन तथा वृहत सांस्कृतिक कार्यक्रम ले स्थानीय संस्कृति जगेर्ना गर्दै सामाजिक सद्भाव र सांस्कृतिक चेतनालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास आयोजक तथा स्थानीयवासीहरूले लिएका छन्।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज