Advertisement

राजनीति

एमाले केन्द्रीय कमिटी सदस्यमा डेब्यु गर्ने तामाङको जमर्को

एमाले केन्द्रीय कमिटी सदस्यमा डेब्यु गर्ने तामाङको जमर्को

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाडौँ – काठमाडौँमा जारी नेकपा ९एमाले०को ११औँ राष्ट्रिय महाधिवेशनमा कञ्चनपुरका नेता तारा लामा तामाङले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले सोमबार सुदूरपश्चिम भूगोलको खुला केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका हुन्। विघटित प्रतिनिधिसभाका पूर्व सदस्यसमेत रहेका तामाङ केन्द्रीय कमिटीमा पहिलो पटक डेब्यु गर्ने तयारीमा छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट तत्कालीन नेकपा(माओवादी)की नेतृ बिना मगरलाई पराजित गर्दै संघीय संसदीय यात्रामा प्रवेश गरेका तामाङ पार्टीको संसदीय विभागका सदस्यसमेत रहिसकेका छन्। राजनीतिमा २०४३ सालमा कक्षा ५ मा अध्ययनरत रहँदै प्रवेश गरेका तामाङ पार्टीका आधार कमिटि हुदैँ २०४७ मा अनेरास्ववियुको जिल्ला सदस्य बनेका थिए । त्यसपछि २०६६ मा एमाले कञ्चनपुरको जिल्ला सचिव र २०६९ देखि छ वर्षसम्म जिल्ला नेतृत्वको जिम्मेवारी सम्हालेका थिए। २०५४ सालमा तत्का...
सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री थापा पनि एमाले केन्द्रीय सदस्यका उम्मेदवार

सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री थापा पनि एमाले केन्द्रीय सदस्यका उम्मेदवार

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री बीरबहादुर थापा ‘पातल’ले नेकपा(एमाले) केन्द्रीय कमिटी सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौँमा जारी पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत उनले सुदूरपश्चिम भूगोलबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् । तत्कालीन नेकपा एकता प्रक्रियापछि एमालेमा सक्रिय रहेका थापा कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि बनेका हुन्। तत्कालीन नेकपाका कञ्चनपुर जिल्ला संयोजकको जिम्मेवारी सम्हालेका थापा लामो समयदेखि सक्रिय राजनीतिमा संलग्न छन्। २०४६ सालको जनआन्दोलनपछि उनी कक्षा ६ मा अध्ययनरत रहँदा नेपाल विद्यार्थी फेडरेसनको इकाई अध्यक्षका रूपमा संगठनात्मक यात्रा सुरु गरेका थिए । २०४८ सालमा उनले अखिल(क्रान्तिकारी) कञ्चनपुर जिल्लाको संस्थापक अध्यक्षको जिम्मेवारी सम्हाले । २०५२ सालदेखि तत्कालिन नेकपा...
कञ्चनपुरबाट डा भट्ट एमाले केन्द्रीय सदस्यका उम्मेदवार

कञ्चनपुरबाट डा भट्ट एमाले केन्द्रीय सदस्यका उम्मेदवार

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाण्डौ – नेकपा एमालेमा बौद्धिक नेताका रूपमा परिचित डा. दीपकप्रकाश भट्टले नेकपा(एमाले) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । अध्ययन, अनुसन्धान र वैचारिक स्पष्टताका कारण पार्टीमा छवि बनाएका डा। भट्टले काठमाडौँ जारी नेकपा एमालेको ११ औँ महाधिवेशनमा ससुदूरपश्चिम प्रदेशको भूगोलबाट केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गराएका हुन् । भारतको ज्वाहारलाल विश्वविद्यालयबाट विद्यावारिधी उपाधी हासिल गरेका डा। भट्टले पार्टीको नीतिगत, वैचारिक तथा अन्तर्राष्ट्रिय मामिलामा लामो समयदेखि योगदान दिँदै आएका छन्। निम्न मध्यम वर्गीय परिवारबाट राजनीतिक यात्रामा प्रवेश गरेका डा। भट्टले आफ्नो राजनीतिक चेतना विद्यार्थी कालमै विकास भएको बताउछन् । २०४५ सालदेखि भारत प्रवासमा रहँदै अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनमार्फत संगठन निर्माणमा सक्रिय रहँदा आफूले विभिन्न जिम्मेवारी सम्हालेको उनले स्मर...
संघर्ष र आन्दोलनबाट उदाएका नेता धामी एमाले केन्द्रीय सदस्यमा पुनः उम्मेदवार

संघर्ष र आन्दोलनबाट उदाएका नेता धामी एमाले केन्द्रीय सदस्यमा पुनः उम्मेदवार

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाण्डौ – कञ्चनपुरका चर्चित एमाले नेता नरबहादुर धामीले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । निवर्तमान केन्द्रीय सदस्यसमेत रहेका धामीले सोमबार दोस्रो कार्यकालका लागि सुदूरपश्चिम भुगोलबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका धामी एमालेभित्र संघर्ष, आन्दोलन र संगठन निर्माणबाट उदाएका नेताका रूपमा चिनिन्छन् । नेता धामीले २०४८ सालमा नेकपा(एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुको स्कुल कमिटीमार्फत राजनीतिक जीवनको सुरुवात गरेका हुन् । २०५४ सालमा अनेरास्ववियु कञ्चनपुर जिल्ला कमिटी सदस्य बनेका उनी २०५६ मा जिल्ला अध्यक्षमा निर्वाचित भए । २०५७ सालमा कञ्चनपुरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसको स्ववियु सभापति निर्वाचित धामी सोही वर्ष अनेरास्ववियुको केन्द्रीय सह–अध्यक्षसमेत बनेका थिए । २०७५ सालमा नेपाल कम्युनिस्ट पार्टी(ने...
कञ्चनपुर उद्योग बाणिज्य संघको निर्वाचन कार्यतालिका सार्वजनिक, पुस १२ गते उम्मेदवारी दर्ता

कञ्चनपुर उद्योग बाणिज्य संघको निर्वाचन कार्यतालिका सार्वजनिक, पुस १२ गते उम्मेदवारी दर्ता

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघको १८ औं कार्य समिति निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरीएको छ । निर्वाचन समितिले पुष १९ गते हुने १८औ कार्यसमिति निर्वाचनका लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। निर्वाचन कार्यक्रम अनुसार पुस ८ गते मतदाता नामावली सार्वजनिक हुनेछ । त्यसैगरी ९ गते ११ बजेदेखि २ बजेसम्म मतदाता नामावलीमा दाविविरोध समय दिईएको छ भने पुष १० गते १ बजे अन्तिम मतदाता नामावली प्रकाशित गरीनेछ । त्यसैगरी १२ गते १० बजेदेखि ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता समय हुनेछ । संघको नयाँ कार्य समितिका लागि अध्यक्ष सहित १६ पदका लागि निर्वाचन हुने संघका कार्यकारी अधिकृत हेमराज भट्टले बताए । त्यसमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उद्योग उपाध्यक्ष १, बाणिज्य उपाध्यक्ष १, महासचिव १, सचिव १, कोषाध्यक्ष, कार्य समिति सदस्य ७ र संस्थागत सदस्य १ छन् । संघमा निर्माण व्यव...
एमाले महाधिवेशन : मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने

एमाले महाधिवेशन : मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाण्डौ – एमालेको नेतृत्व चयनको मतदान प्रक्रिया भोलि विहान ८ बजेसम्मका लागि सरेको छ । केहीबेरमा मतदान सुरु हुने भनिएको मतदान प्राविधिक कारण बुधबार विहान ८ बजेसम्मका लागि सरेको हो । एमालेका महासचिव शंकर पोखरेलले मतदानस्थलबाटै भोलि बिहान ८ बजेसम्मका लागि मतदान सरेको बताएका छन् । ‘प्राविधिक कारणले गर्दा मतदान प्रक्रिया सुरु गर्न सकिएको छैन,’ पोखरेलले भने, ‘चिसो मौसमका कारण हामी लामो समय प्रतिक्षा गर्नसक्ने अवस्थामा छैनौं । त्यस अवस्थामा आज गर्ने भनिएको मतदान भोलि बिहान ८ बजेदेखि यसै स्थानमा गरिने जानकारी गराइन्छ ।’...
एमाले महाधिवेशनको दोस्रो दिन : धमाधम उम्मेद्वारी फारम लैजादै

एमाले महाधिवेशनको दोस्रो दिन : धमाधम उम्मेद्वारी फारम लैजादै

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं: नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा उम्मेद्वारहरुले फारम लैजाने क्रम जारी छ । फारम विभिन्न तीन ठाउँबाट वितरण भइरहेको छ । निर्वचन आयोगका एक सदस्यल् दिएको जानकारी अनुसार हालसम्म करिब १ हजार जनाले उम्मेद्वारी फारम लगेका छन् । महाधिवेशन स्थलमा अध्यक्ष केपी शर्मा ओली आइपुग्नु भएको छैन । विभिन्न प्रदेशका प्रतिनिधिीहरु आफ्नो प्रदेशबाट पठाउने केन्द्रीय सदस्यका बारेमा छलफल गरिरहेका छन । प्रदेशका प्रतिनिधीहरु छलफल गरेर सर्वसहमत नाम पठाउने तयारी गरिरहेका छन् । तर अधिकांस प्रतिनिधी उम्मेद्वार बन्न इच्छुक रहेकोले समस्या भएको बताएका छन् । मधेस,कर्णाली,सुदुरपश्चिम उपत्यका विशेष लगायतका प्रतिनिधिहरु छलफलमा ब्यस्त रहेका छन् । उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले १०.३० देखि १.३० सम्म समय दिएको छ ।...
नेकपा एमालेको ११ औं महाधिवेशनको दोस्रो दिन आज उम्मेद्वारी मनोनयन

नेकपा एमालेको ११ औं महाधिवेशनको दोस्रो दिन आज उम्मेद्वारी मनोनयन

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं- नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा आज बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले हिजोसाँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी बिरोधको समय राखिएको छ । आयोगका प्रमुख बिजय सुब्बाका अनुसार आजै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेर भोली मतदान गर्ने तयारी छ । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार मतदाता नामावलीमा परेको दाबी बिरोधको छानविन बिहान १० बजेसम्ममा सकिने । १०.१५ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । आयोगले बिहान ९ बजे देखि १२ बजेसम्म नै उम्मेद्वारीको फारम वितरण गर्दैछ । ‘मतदाता नामावलीको दाबी विरोधमा छानविन हुँदै गर्छ । उम्मेद्वारीको फारम पनि वितरण गर्दैगर्छौं’ आयोगका प्रमुख डा.विजय सुब्बा भन्छन् ‘उम्मेद्वारी दर्ता बिहान १०.३० देखि दिउसो १.३० बजेसम्ममा सकिनेछ । ’ उम्मेद्वारको प्रारम्भ...
एमाले ११औ महाधिसेशन : कञ्चनपुरका ईश्वरी प्रसाद खरेलको पदाधिकारीमा दावी

एमाले ११औ महाधिसेशन : कञ्चनपुरका ईश्वरी प्रसाद खरेलको पदाधिकारीमा दावी

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । नेकपा(एमाले)को ११औँ महाधिबेशन आजबाट काठमाण्डौमा सुरु हुदैछ । जनतामा एमालेको नेतृत्वमा को आउला भनेर आमचासो बढिरहेको छ । महाधिबेशनले नेतृत्व चयनदेखि पदाधीकारी, सचिवालय, केन्द्रीय सदस्य र विभिन्न आयोग गठन गर्नेछ । पार्टीका विभिन्न पदमा नेताहरुले आआफ्नो क्षमताअनुसार दावी पेश गरीरहेका छन् । महाधिसेशनमा पूर्व राष्ट्रपति विद्यादेवि भण्डारी धार र बहालबाला एमाले अध्यक्ष केपी शर्माओलीधार गरी स्पष्ट दुई कित्तामा नेताहरु खुलिरहेका छन् । विद्याधारबाट भण्डारी चुनावी मैदानमा नभएपनि उनका तर्फबाट अध्यक्षका उम्मेदवार बन्ने ईश्वर पोखरलेले ओलीलाई निकै टक्कर दिने बुझिएको छ । नेताहरु आआफ्नो दावि सार्वजनिक गरीरहेका छन् । यसैक्रममा कञ्चनपुरका ईश्वरी प्रसाद खरेलले पनि पदाधिकारीमा दावि गर्ने स्पष्ट संकेत दिईसकेका छन् । उनले लेखा आयोगको उपाध्यक्ष पदमा आफ्नो दावी रहेको सार्वजनिकरुपमा बताईसकेका छन् । खरे...
कञ्चनपुर ३ मा कांग्रेसबाट उमेदवारका लािग पूर्व गृहमन्त्री लेखक सहित तीन जना सिफारिश, राष्ट्रिय सभाका लागि १३ उम्मेदवार

कञ्चनपुर ३ मा कांग्रेसबाट उमेदवारका लािग पूर्व गृहमन्त्री लेखक सहित तीन जना सिफारिश, राष्ट्रिय सभाका लागि १३ उम्मेदवार

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काँग्रेस केन्द्रीय सदस्य एबम पूर्व गृहमन्त्री रमेश लेखक सहित तीन जना सिफारिश भएका छन् । काँग्रेस पार्टी कार्यालयमा शुक्रबार उम्मेदवारका आकाँक्षीहरुसित छलफलपछि प्रतिनिधि सभा प्रत्यक्षमा लेखक सहित प्रेम बहादुर विष्ट र शंकर बहादुर चन्दको नाम उम्मेदवारका लागि सिफारिश गरिएको छ । प्रतिनिधि सभामा विष्ट २०७९ को निर्वाचनमा पनि सिफारिशमा परेका नेता हुन् । चन्द पहिलो पटक उम्मेदवार सिफारिश भएका छन् । पूर्व गृहमन्त्री लेखक २०७९ को निर्वाचनमा क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । उनी यस अघि २०५६, २०७०, २०७४ र २०७९ मा यस क्षेत्रबाट निर्वाचन लडेका छन् । काँग्रेस कञ्चनपुर क्षेत्र नं। ३ का क्षेत्रीय सभापति केशब चन्दले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिश गरिएको बताए । ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज