Advertisement

एमाले केन्द्रीय कमिटी सदस्यमा डेब्यु गर्ने तामाङको जमर्को

काठमाडौँ – काठमाडौँमा जारी नेकपा ९एमाले०को ११औँ राष्ट्रिय महाधिवेशनमा कञ्चनपुरका नेता तारा लामा तामाङले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले सोमबार सुदूरपश्चिम भूगोलको खुला केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका हुन्।
विघटित प्रतिनिधिसभाका पूर्व सदस्यसमेत रहेका तामाङ केन्द्रीय कमिटीमा पहिलो पटक डेब्यु गर्ने तयारीमा छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट तत्कालीन नेकपा(माओवादी)की नेतृ बिना मगरलाई पराजित गर्दै संघीय संसदीय यात्रामा प्रवेश गरेका तामाङ पार्टीको संसदीय विभागका सदस्यसमेत रहिसकेका छन्।
राजनीतिमा २०४३ सालमा कक्षा ५ मा अध्ययनरत रहँदै प्रवेश गरेका तामाङ पार्टीका आधार कमिटि हुदैँ २०४७ मा अनेरास्ववियुको जिल्ला सदस्य बनेका थिए । त्यसपछि २०६६ मा एमाले कञ्चनपुरको जिल्ला सचिव र २०६९ देखि छ वर्षसम्म जिल्ला नेतृत्वको जिम्मेवारी सम्हालेका थिए।
२०५४ सालमा तत्कालीन कालिका गाविसको अध्यक्षमा निर्वाचित भएका तामाङले त्यसअघि र त्यसपछिका विभिन्न निर्वाचनमा पार्टीको चुनावी अभियानको कमाण्डसमेत सम्हालेका थिए। २०७४ सालमा कञ्चनपुर क्षेत्र नं। १ ९क० बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका उनी २०७८ सालमा सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्री बनेका थिए।
१६ वर्षे स्कुले जीवनदेखि नै संगठन निर्माण र पार्टी आन्दोलनमा सक्रिय तामाङसँग लामो राजनीतिक अनुभव रहेको छ। केन्द्रीय कमिटी सदस्यका लागि उम्मेदवारी दर्ता गरेपछि उनले महाधिवेशन प्रतिनिधिहरूलाई मतदानका लागि अपिल गरेका छन्। लामो अनुभव र संगठनप्रतिको प्रतिबद्धताका आधारमा पार्टीलाई अझ सशक्त बनाउन उम्मेदवारी दिएको उनले बताएका छन्।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज