Advertisement

संघर्ष र आन्दोलनबाट उदाएका नेता धामी एमाले केन्द्रीय सदस्यमा पुनः उम्मेदवार

काठमाण्डौ – कञ्चनपुरका चर्चित एमाले नेता नरबहादुर धामीले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । निवर्तमान केन्द्रीय सदस्यसमेत रहेका धामीले सोमबार दोस्रो कार्यकालका लागि सुदूरपश्चिम भुगोलबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका धामी एमालेभित्र संघर्ष, आन्दोलन र संगठन निर्माणबाट उदाएका नेताका रूपमा चिनिन्छन् ।
नेता धामीले २०४८ सालमा नेकपा(एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुको स्कुल कमिटीमार्फत राजनीतिक जीवनको सुरुवात गरेका हुन् । २०५४ सालमा अनेरास्ववियु कञ्चनपुर जिल्ला कमिटी सदस्य बनेका उनी २०५६ मा जिल्ला अध्यक्षमा निर्वाचित भए । २०५७ सालमा कञ्चनपुरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसको स्ववियु सभापति निर्वाचित धामी सोही वर्ष अनेरास्ववियुको केन्द्रीय सह–अध्यक्षसमेत बनेका थिए । २०७५ सालमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सुदूरपश्चिम कमिटी सदस्य बनेका थिए ।
त्यसैगरी २०७४ सालको संघीय संसद् प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता एनपी साउदलाई पराजित गर्दै धामी कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।
राजनीतिक आन्दोलनका क्रममा धामी २०५६ देखि २०६३ सालसम्म दर्जनौँ पटक गिरफ्तार भएका थिए । २०६१ साल माघ १९ पछिको राजनीतिक परिस्थितिमा ‘देशद्रोह’ अभियोगमा तीन महिना जेल जीवन बिताएका उनी २०६२ वैशाख १६ गते तत्कालीन शाही सेनाले कञ्चनपुरको जनज्योति क्याम्पसमा अनेरास्ववियुको कार्यक्रम चलिरहेका बेला चलाएको गोलीबाट घाइते भएका थिए। घाइते धामीले छाउनी अस्पतालमा तीन महिना उपचार गराएका थिए।
दोस्रो कार्यकालका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका धामीले पार्टी आन्दोलन, संगठन र संसदीय अनुभवका आधारमा पार्टीलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज