Advertisement

एमाले ११औ महाधिसेशन : कञ्चनपुरका ईश्वरी प्रसाद खरेलको पदाधिकारीमा दावी

महेन्द्रनगर । नेकपा(एमाले)को ११औँ महाधिबेशन आजबाट काठमाण्डौमा सुरु हुदैछ । जनतामा एमालेको नेतृत्वमा को आउला भनेर आमचासो बढिरहेको छ । महाधिबेशनले नेतृत्व चयनदेखि पदाधीकारी, सचिवालय, केन्द्रीय सदस्य र विभिन्न आयोग गठन गर्नेछ । पार्टीका विभिन्न पदमा नेताहरुले आआफ्नो क्षमताअनुसार दावी पेश गरीरहेका छन् । महाधिसेशनमा पूर्व राष्ट्रपति विद्यादेवि भण्डारी धार र बहालबाला एमाले अध्यक्ष केपी शर्माओलीधार गरी स्पष्ट दुई कित्तामा नेताहरु खुलिरहेका छन् । विद्याधारबाट भण्डारी चुनावी मैदानमा नभएपनि उनका तर्फबाट अध्यक्षका उम्मेदवार बन्ने ईश्वर पोखरलेले ओलीलाई निकै टक्कर दिने बुझिएको छ । नेताहरु आआफ्नो दावि सार्वजनिक गरीरहेका छन् । यसैक्रममा कञ्चनपुरका ईश्वरी प्रसाद खरेलले पनि पदाधिकारीमा दावि गर्ने स्पष्ट संकेत दिईसकेका छन् । उनले लेखा आयोगको उपाध्यक्ष पदमा आफ्नो दावी रहेको सार्वजनिकरुपमा बताईसकेका छन् । खरेल संगठनको भूगोल आधारित संरचनाबाट उदाएका स्थिर कार्यकर्तामा गनिन्छन् ।
त्यसैगरी सुदूरपश्चिमका चार नेताहरू लेखराज भट्ट, कर्ण थापा, गणेश ठगुन्नालगायतका नेताहरु पदाधिकारीको प्रतिस्पर्धामा उत्रने गरी सक्रिय भएका छन् ।
बहालवाला सचिव लेखराज भट्टले यस महाधिवेशनमा एक तह प्रमोशनको अपेक्षा पार्टी नेतृत्वसमक्ष राखेको सार्वजनिकरुपमै बताईसेका छन् । भट्ट अहिले सचिव पदमा छन् । उनी सर्वोच्च अदालतको फैसलापछि माओवादीबाट एमालेमा फर्किएका वरिष्ठ नेतामा पर्छन् । कर्ण थापा भने विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । उनी यसपटक प्रमुख प्रवेशद्वार मानिने सचिवका आकांक्षी हुन् ।
पार्टीका पुराना नेता गणेश ठगुन्नाले पनि सचिव पदमै प्रतिस्पर्धा गर्ने निर्णय अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै जानकारी गराइसकेका छन् । ईश्वरीप्रसाद
त्यसैगरी केन्द्रीय सदस्यमा पनि पनि सुदूरपश्चिमबाट थुप्रै नेताहरुले प्रतिस्पर्धा गर्ने मनसाय बनाएका छन् । केन्द्रीय सदस्यमा निरन्तरताका लागि निरु पाल, दामोदर भण्डारी, भैरव बहादुरसिंह, राजेन्द्र रावल, झपट रावल, ऐनसिंह महर, नारायणमुनि राना, लालबहादुर थापा, तारा लामा तामाङ लगायतका नेताहरू समावेश रहेको एमालेका एक नेताले जानकारी दिए ।
यसैगरी नयाँ पुस्ताका एलवि सिंह, लोकेन्द्र सिंह, बचन बहादुर सिंह, डाक्टर दीपक प्रकाश भट्ट, नरेश रोकाया, गोविन्द गिरी, तीर्थ भट्टराई र चक्र मल्ललगायतका युवा नेताहरूले यसै महाधिवेशनबाट केन्द्रीय सदस्यमा डेब्युका लागि प्रतिस्पर्धामा उत्रने तयारी गरिरहेको नेताहरूले जानकारी दिए ।
सुदूरपश्चिमतर्फ पदाधिकारीमा सीमित संख्याको दाबी भए पनि केन्द्रीय सदस्यतिर नयाँ तथा पुराना दुवै पुस्ताको चहलपहल बढेपछि एमालेको ११औं महाधिवेशनमा प्रदेशको प्रभावकारी उपस्थिति रहने देखिएको छ । तर एमालेमा यसपाली केन्द्रीय सदस्यको संख्या घटाएको कारण नेता प्यानल नेतृत्वलाई नेता व्यवस्थापनमा सकस हुने निश्चित छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज