पूर्व मन्त्री एनपी साउँद निर्विकल्प सिफारिस हुन सकेनन्
महेन्द्रनगर – नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन र राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार सिफारिस प्रक्रिया अगाडि बढेको छ । निर्वाचन क्षेत्र नं. २ बाट पूर्व मन्त्री एनपी साउँद सहित तिन जना उम्मेदवार सिफारिस गरीएको छ । प्रतिनिधि सभा प्रत्यक्ष तर्फका लागि साउँद सहित हरि बोहरा र दल बहादुर बोहरा सिफारिश गरिएका हुन् ।
काँग्रेस केन्द्रीय सदस्य साउँद २०७९ को आम निर्वाचनमा क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । समानुपातिक तर्फ गणेश नेपाली र तौला राना सिफारिश भएका छन् । राष्ट्रिय सभाका लागि पुस्करराज ओझा, देबराज पाठक र इश्वरी खाती सिफारिश भएका छन् ।...



















