Advertisement

कञ्चनपुरबाट डा भट्ट एमाले केन्द्रीय सदस्यका उम्मेदवार

काठमाण्डौ – नेकपा एमालेमा बौद्धिक नेताका रूपमा परिचित डा. दीपकप्रकाश भट्टले नेकपा(एमाले) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । अध्ययन, अनुसन्धान र वैचारिक स्पष्टताका कारण पार्टीमा छवि बनाएका डा। भट्टले काठमाडौँ जारी नेकपा एमालेको ११ औँ महाधिवेशनमा ससुदूरपश्चिम प्रदेशको भूगोलबाट केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गराएका हुन् ।
भारतको ज्वाहारलाल विश्वविद्यालयबाट विद्यावारिधी उपाधी हासिल गरेका डा। भट्टले पार्टीको नीतिगत, वैचारिक तथा अन्तर्राष्ट्रिय मामिलामा लामो समयदेखि योगदान दिँदै आएका छन्।
निम्न मध्यम वर्गीय परिवारबाट राजनीतिक यात्रामा प्रवेश गरेका डा। भट्टले आफ्नो राजनीतिक चेतना विद्यार्थी कालमै विकास भएको बताउछन् । २०४५ सालदेखि भारत प्रवासमा रहँदै अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनमार्फत संगठन निर्माणमा सक्रिय रहँदा आफूले विभिन्न जिम्मेवारी सम्हालेको उनले स्मरण गरे। उनले महासचिव हुँदै २०५७ देखि २०६२ सम्म केन्द्रीय कमिटीको अध्यक्षको जिम्मेवारी निर्वाह गरेका छन्।
डा। भट्ट २०५२ सालमा एमालेको संगठित सदस्य बनेका थिए । उनले पिथौरागढ नगर कमिटीको सचिव, दिल्ली राज्य कमिटी सदस्य, पार्टी राष्ट्रिय परिषद सदस्य तथा भारत प्रवास समन्वय कमिटी सदस्यलगायत जिम्मेवारी सम्हालेको बताए। साथै सम्पर्क विभाग, विदेश विभाग र महाकाली अञ्चल सम्पर्क कमिटीमार्फत संगठन विस्तारमा भूमिका खेलेका छन् । उनले ०४६ सालको जनआन्दोलनका पक्षमा पिथौरागढमा नेतृत्वदायी मूमिका समेत निर्वाह गरेका थिए ।
राज्य सञ्चालन र नीति निर्माणमा समेत अनुभव बटुलेको उल्लेख गर्दै डा. भट्टले २०७४ सालमा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएको थिए। उनले संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्यका रूपमा रहँदा परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक विषयमा सक्रिय भूमिका निर्वाह गरेका छन् । यसअघि २०७२ देखि २०७४ सम्म उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलको सदस्यका रूपमा काम गरेको अनुभव पनि उनीसंग छ ।
डा।भट्टले शान्ति प्रक्रियामा समेत आफ्नो भूमिका महत्वपूर्ण निर्वाह गरेका थिए । उनले २०६५ देखि २०६९ सम्म माओवादी सेनाका लडाकुहरूको रेखदेख, समायोजन तथा पुनःस्थापनासम्बन्धी विशेष समितिको सचिवालय सदस्यका रूपमा काम गरेका थिए । साथै २०७३ सालदेखि नेपाल सरकारद्वारा गठन राष्ट्रिय विकास परिषदको सदस्यका रूपमा पनि आफू सक्रिय रहेको उनले काम गरिसकेका छन् ।
पार्टीका छैठौं महाधिवेशनमा स्वयंसेवक तथा सातौं, आठौं, नवौं र दशौं महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागिता जनाइसकेका डा। भट्टले विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन तथा सभाहरूमा सहभागिता जनाउँदै पार्टी र देशका मुद्दा उठाउँदै आएका छन् ।
उनी अहिले लामो संगठनात्मक अनुभव, गहिरो वैचारिक पकड, अन्तर्राष्ट्रिय दृष्टिकोण र संसदीय अभ्यासका आधारमा आफ्नो उम्मेदवारी अघि बढाएको बताउछन् । एमाले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारीलाई पार्टीभित्र सकारात्मक रूपमा हेरिएको विश्वास उनको छ । उनी केन्द्रीय सदस्य हुँदा बौद्धिक शक्ति, संगठन र व्यवहारिक राजनीतिबीच सेतुको भूमिका खेल्न सक्ने विश्वास धेरै प्रतिनिधिले गरेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज