कञ्चनपुर ३ मा एमाले उम्मेदवार डा. भट्टलाई जिताउन युवा परिचालन हुने
महेन्द्रनगर – कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा एमाले उमेदवार डा. दिपक प्रकाश भट्टलाई प्रतिनिधि सभा सदस्यमा जिताउन युवाहरु खटिएका छन् । नेकपा एमालेले निर्वाचन क्षेत्र नं ३मा रहेका ३० वडा मध्ये भीमदत्त नगरपालिकाका १९ वडा र बेदकोट नगरपालिकाको वडा नं. ८ मा निर्वाचन प्रचार प्रसारमा युवा परिचालन समिति बनाएपछि युवाहरुले डा दिपक प्रकाश भट्टलाई जिताउन खटिएका हुन् ।
नेकपा(एमाले)ले शिव बस्नेतको संयोजकत्वमा ५१ सदस्यीय युवा परिचालन समिति गठन गरीएको एमाले जिल्ला उपाध्यक्ष एवं प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख जनकराज अवस्थीले जानकारी दिए । उनका अनुसार समितिको सह संयोजकमा यज्ञराज नाथ र सचिवमा रोहित गजुरेललाई जिम्मेवारी दिइएको छ ।
एमालेले डा. भट्टको चुनावी प्रचारका लागि यस अघि दोधारा चाँदनीमा गगन खत्री र भीमदत्त नगरपालिकामा बिष्णु कँडेललाई संयोजक बनाएर परिचालन जिम्मा दिएको छ । कञ्चनपुर ३ मा भीमदत्त...




















