Advertisement

कञ्चनपुर ३ मा बेदकोट ८ बाट एमालेको चुनाव प्रचारप्रसार सुरु

महेन्द्रनगर – नेकपा एमालेले कञ्चनपुर ३ मा बेदकोट नगरपालिका ८ बाट चुनावी प्रचारप्रसार सुरु गरेको छ । उम्मेदवारी दर्तापछि उम्मेदवार डा. दिपक प्रकाश भट्ट र नेताहरु व्यक्तिगत मतदाताको घरदैलोमा पुग्दै आएका थिए । आइतबार बेदकोट ८ मा चुनावी सम्पर्क कार्यालय खोलेर एमाले औपचारीकरुपमा चुनावी प्रचारमा होमिएको हो ।
एमाले उम्मेदवार डा. भट्ट सहित एमाले कञ्चनपुर इन्चार्ज निरुदेबी पाल सहित नेताहरु सम्पर्क कार्यालय उद्घाटनमा सहभागी भएका छन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा बेदकोट ८ सहित भीमदत्त नगरपालिकाका १९ र दोधारा चाँदनीका १० वडा पर्छन् । तीनै तहका सबै वडामा सम्पर्क कार्यालय खोलेर प्रचार गर्ने योजना अनुसार बेदकोटमा कार्यालय खोलिएको छ ।
एमाले कञ्चनपुरका प्रचार विभाग प्रमुख जनकराज अवस्थीले निर्वाचन क्षेत्रका सबै ३० वडामा सम्पर्क कार्यालय खोलेर चुनावी प्रचार तीव्र बनाइने बताए ।
‘उम्मेदवार र पार्टीका नेता कार्यकर्ता सबै मतदाताको घरमा पुगि रहेका छौ, सम्पर्क कार्यालय खोलेर प्रचार कार्यलाई थप व्यवस्थित र प्रभावरी बनाएर मतदाताको घरमा जान्छौ’ उनले भने ।
एमाले जिल्ला कमिटीको बैठकले केही दिन अघि जिल्लाका तीन ओटै निर्वाचन क्षेत्रका सबै वडामा सम्पर्क कार्यालय खोल्ने निर्णय गरेको थियो ।
बेदकोट ८ मा सम्पर्क कार्यालय स्थापनापछि उम्मेदवार डा. भट्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका लागि चाहिने कानुन निर्माणमा संसदको महत्पूर्ण भूमिका हुने उल्लेख गर्र्दै त्यस बाहेक सुशासन, विकास र रोजगारका मुद्दालाई प्राथमिकता दिइएको बताए ।
उम्मेदवार भट्टले यस अघि २०७४ मा निर्वाचित भएपछि मझगाउँ विमानस्थल, सुख्खा बन्दरगाह निर्माण, महाकाली कोरिडोर, गड्डाचौकी ब्रह्मदेब सडक निर्माण, महाकाली प्रादेशिक अस्पताल सुधार, दोधारा चादनी स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नती, महाकाली सिँचाई आयोजना तेस्रो चरणलाई तीव्रता लगायतका विषयलाई प्राथमिकता दिएको उल्लेख गर्दै यस पटक पनि जनताको साथ पाउनेमा आफू विश्वस्त भएको बताए ।
डा. भट्टले निर्वाचित भएपछि शिक्षा, स्वास्थ्य, सुरक्षा र नदी नियन्त्रणजस्ता आधारभूत क्षेत्रमा काम गरेका छन् । दोधारा चाँदनीको सुख्खा बन्दरगाह निर्माणमा भट्टको भूमिकाले चौतर्फी रुपमा प्रशंसा पाएको छ ।
सुख्खा बन्दरगाहको विषयले राजनीतिक नेतृत्वको क्षमता र संकट व्यवस्थापनको परीक्षा लिएको थियो। प्रारम्भमा जग्गा विवाद र स्थानीय विरोधका कारण अन्यौलमा परेको परियोजनालाई वैकल्पिक स्थानमा सारेर अघि बढाउने निर्णय तत्कालीन सांसदका रूपमा भट्टको राजनीतिक पहल र संवाद क्षमताको उदाहरणका रूपमा हेरिन्छ ।
डा. भट्टले सुख्खा बन्दरगाहलाई भारतका प्रमुख बन्दरगाह गुजरात मुद्रा र मुम्बईको जवाहरलाल नेहरू बन्दरगाहसम्मको व्यापारिक सञ्जालसँग जोड्ने योजना सार्वजनिक गरेका छन् ।
महाकाली कोरिडोर, चीन–भारतसँगको व्यापार सम्भावना र सुदूरपश्चिमबाट भइरहेको जनशक्ति पलायन रोक्ने विषयमा उनले उठाएका एजेन्डा समयसापेक्ष छन्। रोजगारी र अवसरको अभावले युवालाई बाहिरिन बाध्य बनाइरहेको यथार्थबीच, विकास र आप्रवासन नीतिमा सुदूरपश्चिमका मुद्दा समावेश गर्न पहल गर्ने उनी बताउँछन् ।
एमाले कञ्चनपुर इन्चार्ज निरुदेबी पालले एमालेको राष्ट्र र राष्ट्रियताका लागि लिएको अडान, देश विकासमा खेलेको भूमिका र बौद्धिक व्यक्तित्व चुनावी मैदानमा भएकाले मतदाताले जिताउनेमा आफू ढुक्क भएको बताइन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज