बेलडाँडी गाउँपालिका उपाध्यक्ष नाथ निर्दोष
महेन्द्रनगर – विशेष अदालतले कन्चनपुरको बेलडाँडी गाउपालिका उपाध्यक्ष शान्ति नाथलाई सफाइ दिएसंगै निर्दोष रहेको पुष्टि भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी सहित चारजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकोमा विशेष अदालतले सोमबार सफाई दिएको छ । झुठो विवरण पेश गरि भ्रष्टाचार गरेको भन्ने आरोप पुष्टि हुने आधार नभेटिएपछी उपाध्यक्ष नाथ सहित प्रमुख प्रशासकिय अधिकृत पदमराज जोशी, इन्जिनियर जय कुवर र प्राविधिक तेज बहादुर सुनारलाई अदालतले निर्दोष रहेको भन्दै सफाई दिएको हो ।
उनिहरुविरुद्ध झुठा विवरण पेश गरि बैंक कर्जा प्राप्तिको लागि विवरण पेश गरि भ्रष्टाचार गरेको आरोपमा अख्तियारमा मुद्दा दर्ता गरिएको थियो । उक्त निवेदनलाई अनुसन्धान गरी अख्तियारले २०८२ मंसिर २५ गते विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।
विषेश अदालतबाट सफाइ पाए संगै उपाध्यक्षमा पुनर्बहाली भएको छ । गत मंसिर २५ गते उपाध्यक्ष ...




















