जिप दुर्घटनामा उपमेयरको मृत्यु
महेन्द्रनगर – प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उममेयर मीनराज राना मगर सवारी दुर्घट्नामा परी दिवंगत भएका छन् । स्वर्गद्वारी–२ बाङ्गेसल्लास्थित स्वर्गद्वारीबाट धनवाङ तर्फ जाँदै गरेको लुप्र०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको नाममा रहेको बोलेरो पिकअप जिप दुर्घटना हुँदा ५० वर्षीय उप प्रमुख राना मगरको मृत्यु भएको हो ।
शनिबार अपरान्ह पौने ५ बजेतिर जिप सडकदेखि ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । जिपमा उनी एक्लै सवार रहेको खुलेको छ । जिप उपप्रमुख राना आफैंले चलाएका थिए ।
...




















