Advertisement

होली फेम्लि राष्ट्रिय क्रिकेट ‘स्कूल लेभल च्याम्पियनसिप’ को फाइनलमा होली फेम्ली र वात्सल्या भिड्ने

महेन्द्रनगर- होली फेम्लि राष्ट्रिय क्रिकेट ‘स्कूल लेभल च्याम्पियनसिप’ अन्तरगत सोमबार होलीफेम्लि र बात्सल्या विद्या निकेतनविच फाईनल खेल हुने भएको छ । होली फेम्लिले महाकाली सेकेण्ड्री स्कुललाई ३१ रनले पाखा लगाउदै र बात्सल्या विद्या निकेतनले महेन्द्रनगर मावि साधारणलाई १२ रनले पाखा लगाउदै फाईन यात्रा तय गरेका हुन् ।
पहिलो सेमिफाईन खेलमा टस जितेर ब्याटिङ्ग रोजेको होली फेम्लिले निर्धारीत २० ओभरको खेलको समाप्तीमा ९ विकेट गुमाउदै १ सय ७ रनको योगफल खडा गरेको थियो । होली फेम्लिका हरिश बुढाले ३७, विनय पाण्डेयले १६ रन र मुकेश जोशीले १९ रन जोडे ।
महाकालीका प्रिसियस मल्लले ३, निज कुवरले २ विकेट लिए ।
मध्यम लक्ष्य पछ्याउदै जवाफि व्याटिङ्ग गरेको महाकाली सेकेण्ड्री स्कुल १२.३ ओभरमै अलआउट हुदै ७६ रनमा प्याक भयो । होलिफेम्लिका लक्ष्मण नाथले महत्वपूर्ण ४ विकेट लिए । तपन अवस्थीले २ विकेट लिन सफल भए ।

दोस्रो सेमिफाईनल खेलमा पहिले व्यटिङ्ग गरेको बात्सल्याले १४.५ ओभरमा अलआउट हुदै ५४ रनको झिनो लक्ष्य दिएको थियो । खेल जितेको बात्सल्याका आयुस भट्टले १० रन बनाउनु बाहेक अन्य व्याटरको प्रदर्शन विर्सनलायक थियो । महेन्द्रनगर मावि साधारणका पुष्पराज थापा, मुकेश धामी, सुमित धामी, र सुभाष भण्डारीले समान २/२ विकेट लिएर उत्कृष्ट बलिङ्ग गरे ।
५४ रनको झिनो लक्ष पछयाएको महेन्द्रनगर माविले पनि व्याटिङ्ग सम्झन लायक गरेन । महेन्द्रनगरले १५.४ ओभरमै अलआउट भएको महेन्द्रनगर ४१ रनमै समेटियो । महेन्द्रनगरका कप्तान निशान्त भट्टले १५ रन बनाउनुबाहेक अन्य व्याट्स म्यान क्रिजमा टिक्न सकेनन् ।
बात्सल्याका धिरेन्द्रराज विष्टले ३, हिमाल पन्त, अनुप जोशी, आयुष भट्टले समान २/२ विकेट चट्काए ।
होली फेम्लि र बात्सल्या विद्या निकेतनवितको फाईनल खेल सोमबार दिउसो २ बजे होली फेम्लिको खेलमैदानमा हुने आयोजकले जनाएको छ ।

च्यामियनशिपमा १६ विद्यालयको सहभागिता रहेका छन् । प्रतियोगितामा च्याम्पियन बन्ने टिम कञ्चनपुरको प्रतिनिधित्व गर्दै सुप प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता खेल्नेछ । प्रतियोगिता असार १ गते समापन हुनेछ । १६ टीमलाई ४ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराएको हो ।
यो प्रतियोगिता कञ्चनपुर क्रिकेट संघको आयोजनामा होली फेम्ली इंग्लिश बोर्डिङ स्कूलको खेल मैदानमा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

काठमाडौं ,जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गर...
पेस्तोलसहित ४ जना पक्राउ

पेस्तोलसहित ४ जना पक्राउ

महेन्द्रनगर - कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतको वडा प्रहरी ...
कच्ची सडक, कोचाकोच यात्रा

कच्ची सडक, कोचाकोच यात्रा

रनि विवश-  शुक्रबार साझ ६ बजे । देहीमाण्डौ बजारको पूर्वी कुना शान्त थियो । महेन्द्रनगरबाट आएको यात्रु बाहक बस झ्वाम्म रोकियो । देह...
कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

महेन्द्रनगर, साउन १५ - कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशन, महेन्द्रनगरको आयोजनामा खिर दिवसको अवसर पारेर "पेशागत संघ–संस्थाहरूको सा...
चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज