नयाँ खबर
कञ्चनपुर – कञ्चनपुरमा आफ्नै श्रीमतीमाथि तातो तेल खन्याई गम्भीर घाइते बनाएका एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–८ तिलाचौरका ३४ वर्षीय अशोक भट्टले घरमा सेलरोटी पकाउँदै गरेकी श्रीमतीमाथि गत पुस ६ गते तातो तेल खन्याएका थिए। घटनापछि फरार रहेका भट्टलाई प्रहरीले खोजतलासका क्रममा शनिबार भीमदत्त नगरपालिका–४ बाट पक्राउ गरेको हो।
पीडित महिलाको अनुहारसहित शरीरका विभिन्न भागमा गम्भीर जलन भएको प्रहरीले जनाएको छ। घटनापछि पीडित पक्षको उजुरीका आधारमा मुद्दा दर्ता गरी अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाइएको थियो।
घरेलु हिंसाको क्रूर घटनाले स्थानीयस्तरमा चिन्ता बढाएको छ भने पक्राउ परेका भट्टमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।