Advertisement

महाकाली बहुप्राविधिक शिक्षालयले विस्तार गर्‍यो सहकार्यको दायरा, अस्पताल र ल्याबसँग सम्झौता

महेन्द्रनगर – कञ्चनपुरस्थित महाकाली बहुप्राविधिक शिक्षालयले स्वास्थ्य सेवा तथा प्राविधिक जनशक्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउन विभिन्न स्वास्थ्य संस्थासँग सहकार्य विस्तार गरेको छ।
शिक्षालयले बुधबार मन्त्र अस्पताल तथा युनाइटेड ल्याबोरेटरी एण्ड डायग्नोस्टिक सेन्टरसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्दै कर्मचारी, शिक्षक र विद्यार्थीलाई स्वास्थ्य सेवामा सहुलियत उपलब्ध गराउने तथा आवश्यक जनशक्ति व्यवस्थापनमा सहकार्य गर्ने सहमति गरेको हो।
सम्झौताअनुसार शिक्षालयका कर्मचारी, शिक्षक तथा विद्यार्थीले मन्त्र अस्पतालमा उपचार सेवा लिँदा १० देखि २५ प्रतिशतसम्म छुट पाउनेछन्। साथै अस्पताललाई आवश्यक पर्ने जनशक्तिमा शिक्षालयबाट उत्पादित दक्ष जनशक्तिलाई प्राथमिकता दिइने व्यवस्था गरिएको छ।
त्यसैगरी युनाइटेड ल्याबोरेटरी एण्ड डायग्नोस्टिक सेन्टरले पनि शिक्षालयसँग सेवा शुल्कमा १० प्रतिशत छुट दिने तथा आवश्यक जनशक्ति भर्ना गर्दा शिक्षालयका प्रशिक्षित जनशक्तिलाई पहिलो प्राथमिकता दिने सहमति गरेको छ।
सम्झौतापत्रमा शिक्षालयका निर्देशक प्रमोद साउद, मन्त्र अस्पतालका निर्देशक गोविन्द रोकाया तथा युनाइटेड ल्याबोरेटरीका सञ्चालक खेमराज अवस्थीले हस्ताक्षर गरेका छन्।
यसैबीच, शिक्षालयले ओजेटी (अन-द-जब ट्रेनिङ) प्रदायक संस्थासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरेको छ।

 

निर्देशक प्रमोद साउदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख भीमबहादुर बुढा प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा ओजेटी प्रदायक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। क्वालिटी परियोजनाको सहयोग तथा शिक्षालयको वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन र विद्यार्थीको व्यावसायिक सीप अभिवृद्धिका विषयमा छलफल गरिएको शिक्षालयले जनाएको छ।

अन्तरक्रिया कार्यक्रममा क्वालिटी परियोजनाका व्यवस्थापक उद्धव श्रेष्ठ, उद्योग वाणिज्य संघ कञ्चनपुरका उपाध्यक्ष तेजबहादुर चन्द तथा शितल अस्पतालका सञ्चालक रवीन्द्र कुँवर विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

 

शिक्षालयले पछिल्लो समय विभिन्न स्वास्थ्य तथा प्राविधिक संस्थासँग सहकार्य विस्तार गर्दै आएको छ। यसअघि नै कोहलपुर मेडिकल कलेज, गेटा अस्पताल, बेलडाँडी स्वास्थ्य चौकी, बेलौरी प्राथमिक स्वास्थ्य केन्द्र तथा दोधारा–चाँदनी अस्पतालसँग समेत सहकार्यका लागि सम्झौता गरिसकेको छ।
शिक्षालयका अनुसार यस्ता सहकार्यले विद्यार्थीलाई गुणस्तरीय व्यावहारिक शिक्षा, ओजेटी अवसर तथा रोजगारीसँग जोड्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

काठमाडौं ,जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गर...
पेस्तोलसहित ४ जना पक्राउ

पेस्तोलसहित ४ जना पक्राउ

महेन्द्रनगर - कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतको वडा प्रहरी ...
कच्ची सडक, कोचाकोच यात्रा

कच्ची सडक, कोचाकोच यात्रा

रनि विवश-  शुक्रबार साझ ६ बजे । देहीमाण्डौ बजारको पूर्वी कुना शान्त थियो । महेन्द्रनगरबाट आएको यात्रु बाहक बस झ्वाम्म रोकियो । देह...
कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

महेन्द्रनगर, साउन १५ - कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशन, महेन्द्रनगरको आयोजनामा खिर दिवसको अवसर पारेर "पेशागत संघ–संस्थाहरूको सा...
चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज