Advertisement

samachar

दोस्रो खुला पावर लिफ्टिङ्ग प्रतियोगितामा गौरव भण्डारी र भुमिका नाथ च्याम्पियन

दोस्रो खुला पावर लिफ्टिङ्ग प्रतियोगितामा गौरव भण्डारी र भुमिका नाथ च्याम्पियन

samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – भीमदत्त नगरपालिका १८ले भीजी फिटनेस सेन्टरसित सहकार्य गरी आयोजना गरेको दोस्रो खुला पावर लिफ्टिङ्ग च्याम्पियनशिप २०८२ प्रतियोगितामा गौरव भण्डारी र भुमिका नाथ च्याम्पियन बनेका छन् । उक्त प्रतियोगितामा समग्रमा ५४५ केजी तौल उचालेर गौरव भण्डारी सबैभन्दा बलिष्ठ पुरुष विजेता भएका थिए भने समग्रमा २९७ केजी तौल उचालेर भुमिका नाथ सबैभन्दा बलिष्ठ महिला बिजेता भएकी हुन् । मास्टर क्लास भेटरान तर्फ प्रथम राम महरा, द्वितिय पंकज रावल र तृतीय स्थानमा कर्ण शाही विजय भएका छन । माघ १६ र १७ गते सम्पन्न भएको उक्त पावरलिफ्टिङ्ग च्याम्पियनशिपमा पुरुष तर्फ ६६ केजी मुनी, ७४ केजी, ८३ केजी, ८३ प्लस केजी र महिला तर्फ ५७ केजी मूनी, ६३ केजी, ६३ केजी प्लस तौल समूह र मास्टर क्लास अन्तर्गत भारोत्तलन गराइ प्रतिस्पर्धा गराइएको थियो ।   भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीको प्रमुख आतिथ्य...
कञ्चनपुरमा एक महिलाको शव भेटियो, हत्या गरीएको आशंका

कञ्चनपुरमा एक महिलाको शव भेटियो, हत्या गरीएको आशंका

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरमा एक महिलाको बेवारीसे अवस्थामा जंगलमा शव भेटिएको छ । शनिबार जिल्लाको भीमदत्त नगरपालिका १० तिल्केनीस्थित शान्ति सामुदायिक वनको बुन्यादल क्षेत्रमा ओडारमा अर्ध नग्न अवस्थामा अन्दाजी २५ बर्षिया युवतिको शव भेटिएको हो । घाँस दाउरा काट्न वन गएका स्थानीयले देखपछि प्रहरीलाई जानकारी गराएका हुन् । प्रहरीले शनिबार घटनास्थल मुचुल्का गरी शवलाई महाकाली प्रादेशिक अस्पताल ल्याएको छ । शवको अझै पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार जुत्ता र कपडाको सिरान बनाएर सुतेको अवस्थामा शव भेटिएको छ । शव सड्न लागेको अवस्थामा भेटिएको छ। ती युवतीको अनुहार सडि सकेको छ । शरिरका अन्य भाग पनि सडेका छन् । शरिरमा धारिलो हतियार प्रहार गरिएका चोटपटक छन् । स्थानीयले बलात्कारपछि हत्या गरी शव जङ्गलमा लगेर फालिएको हुन सक्ने आशंका गरेका छन् । एक साता अघि शव ल्याएर त्यहाँ राखिएको हुन सक्ने आशंका ग...
कञ्चनपुर ३ मा बेदकोट ८ बाट एमालेको चुनाव प्रचारप्रसार सुरु

कञ्चनपुर ३ मा बेदकोट ८ बाट एमालेको चुनाव प्रचारप्रसार सुरु

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – नेकपा एमालेले कञ्चनपुर ३ मा बेदकोट नगरपालिका ८ बाट चुनावी प्रचारप्रसार सुरु गरेको छ । उम्मेदवारी दर्तापछि उम्मेदवार डा. दिपक प्रकाश भट्ट र नेताहरु व्यक्तिगत मतदाताको घरदैलोमा पुग्दै आएका थिए । आइतबार बेदकोट ८ मा चुनावी सम्पर्क कार्यालय खोलेर एमाले औपचारीकरुपमा चुनावी प्रचारमा होमिएको हो । एमाले उम्मेदवार डा. भट्ट सहित एमाले कञ्चनपुर इन्चार्ज निरुदेबी पाल सहित नेताहरु सम्पर्क कार्यालय उद्घाटनमा सहभागी भएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा बेदकोट ८ सहित भीमदत्त नगरपालिकाका १९ र दोधारा चाँदनीका १० वडा पर्छन् । तीनै तहका सबै वडामा सम्पर्क कार्यालय खोलेर प्रचार गर्ने योजना अनुसार बेदकोटमा कार्यालय खोलिएको छ । एमाले कञ्चनपुरका प्रचार विभाग प्रमुख जनकराज अवस्थीले निर्वाचन क्षेत्रका सबै ३० वडामा सम्पर्क कार्यालय खोलेर चुनावी प्रचार तीव्र बनाइने बताए । ‘उम्मेदवार र पार्टीक...
मर्निङ्ग ग्लोरीमा निःशुल्क स्वास्थ्य शिबिर

मर्निङ्ग ग्लोरीमा निःशुल्क स्वास्थ्य शिबिर

samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – मर्निङ ग्लोरी स्कूलमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुक्रबार मर्निङ ग्लोरी सेकेन्डरी स्कूलले मन्त्र अस्पतालको सहकार्यमा गरेको निशुल्क स्वास्थ्य शिविरमा १ सय २७ जनाले सेवा लिएका छन् । स्कूलले कक्षा ३ सम्मका विद्यार्थीहरुको स्वास्थ्यलाई लक्षित गरी आयोजना गरिएको उक्त शिविरमा दुई जना विषेशज्ञ डाक्टर र एक जना डेन्टिष्टले सेवा दिएका छन् । प्रिन्सिपल शर्माका अनुसार बाल रोग विशेषज्ञ डाक्टर मनिस शाह र जनरल फिजिसियन डा गोविन्द रोकायाले बालबालिकाहरुको स्वास्थ्य परिक्षण गर्नुका साथै असिस्टेन्ट डेन्टिष्ट पवित्रा बुढाले बालबालिकाहरुको दातको परिक्षण गरेका थिए । स्वास्थ्य परिक्षणपछि अभिभावक र बालबालिकाहरुलाई परामर्श प्रदान गरीएको छ । शिक्षासँगै स्वास्थ्यलाई पनि प्राथमिकता दिने लक्ष्य र उदेश्य राखेर बालबालिकाहरुको स्वास्थ्य सुरक्षाका लागि निशुल्क स्वास्थ्य शिविर गरिएको स्कूलका प्रिन्सिपल...
सत्यवादी माविले मनायो ४३औ बार्षिकोत्सव तथा अभिभावक दिवस

सत्यवादी माविले मनायो ४३औ बार्षिकोत्सव तथा अभिभावक दिवस

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – सत्यवादी माध्यमिक विद्यालयको ४३औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरीएको छ । शुक्रबार शिक्षक अभिभावक संघ अध्यक्ष वीर बहादुर चन्दको सभापतित्व तथा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लक्ष्मण गिरीको प्रमुख आतिथ्यतामा अभिभावक दिवस भव्यताका साथ मनाईएीको हो । त्यसैगरी विशिष्ठ अतिथिमा भीमदत्त नगरपालिका वडा नं ५ का वडा अध्यक्ष एबम नगर प्रवक्ता पदम राज अवस्थी र शिक्षा शाखा प्रमुख हरी जोशी रहेका थिए । यसैगरी कार्यक्रममा भीमदत्त शिक्षा शाखाका अधिकृत दिपेन्द्र बिष्ट, बैजनाथ माबीका पीटीए अध्यक्ष नव राज भट्ट, प्रधानाध्यापक नरेन्द्र राज जोशी, महेन्द्रनगर माबी साधारण स्कुलका अध्यक्ष बिरेन्द्रराज बिष्ट, प्रधानाध्यापक देबराज भट्ट, लक्ष्मी माबी बागफाटाक प्रधानाध्यापक प्रमानन्द नाथ, महेश्वर माबी सुकासालका प्रधानाध्यापक जनकराज जोशी, जनसेवा माबी हल्दुखालका प्रधानाध्यापक कल्पना पाण्डेय जोशी, ...
रेडियन्ट माविले मनायो रजत जयन्ती

रेडियन्ट माविले मनायो रजत जयन्ती

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–सुदूरपश्चिम प्रदेशकै अग्रणी तथा प्रतिष्ठित शैक्षिक संस्था रेडियन्ट माविले रजत जयन्ती भव्यताका साथ मनाएको छ । विद्यालयले स्थापना भएको २५ वर्ष पूरा गरेको अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरी २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती भव्य रूपमा मनाएको हो । २०५७ सालमा सिद्धनाथ विज्ञान क्याम्पसका १३ जना अनुभवी प्राध्यापक तथा शिक्षाविद्हरूको सक्रिय पहलमा स्थापना गरिएको रेडियन्ट माविले सीमित स्रोतसाधनका बीच १७ जना विद्यार्थीबाट शैक्षिक यात्रा सुरु गरेको थियो । नर्सरीदेखि कक्षा १२ सम्म पढाई गर्दै आएको विद्यालयमा करिब १ हजार ७ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयले विगत २५ वर्षको अवधिमा शैक्षिक गुणस्तर, अनुशासन, आधुनिक शिक्षण पद्धति तथा विद्यार्थी केन्द्रित शिक्षण प्रणालीमार्फत सुदूरपश्चिममै आफ्नो अलग पहिचान बनाउन सफल भएको छ । कार्यक्रममा रेडियन्ट माविबाट प्लस टु पास गरी यसवर्ष एमविविएसमा ...
आईतबार देखि वर–पिपलस्थीत राधाकृष्ण मन्दिरमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ

आईतबार देखि वर–पिपलस्थीत राधाकृष्ण मन्दिरमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको महेन्द्रनगर स्थित राधाकृष्ण मन्दिरमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ संचलन हुने भएको छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगर वर पिपलस्थीत राधाकृष्ण मन्दिरमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ संचलन हुने भएको हो । राधाकृष्ण मन्दिर प्रबन्ध समिति र राधेराधे मातृशक्तिको संयुक्त आयोजनामा १८माघदेखि साताव्यापी कार्यक्रमको आयोजना गरीएको राधाकृष्ण मन्दिर प्रबन्ध समितिका अध्यक्ष ऋर्षिराम खरेलले बताए । उनले तेस्रो पटक लाग्न लागेको महायज्ञ सम्पन्न गर्नका लागि मुल आयोजक समिति, सहितका विभिन्न उपसमिति गठन गरीएको बताए । अन्तराष्ट्रिय कथाबाचक आचार्य दिपक भाई जोशी र आचार्य साजन तिवारीबाट दैनिक प्रबचन, पुजा आरती, कथा बाचन, सहितका धार्मिक कार्यक्रम गरिने महायज्ञको पहिलो दिन विहान कलस यात्रा सहित उद्धघाटन गरीने उनले बताए । राधेराधे मातृशक्तिकी अध्यक्ष लक्ष्मी जोशीले ज...
अपि ईन्टरनेशनल पब्लिक स्कूलले पनि मनायो शहिद दिवस

अपि ईन्टरनेशनल पब्लिक स्कूलले पनि मनायो शहिद दिवस

samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं १० तिलकेनीस्थीत अपि ईन्टरनेशनल पब्लिक स्कूलले पनि शहिद दिवस मनाएको छ । शुक्रबार अपि ईन्टरनेशनल पब्लिक स्कूलमा अध्ययनरत विद्यार्थी, शिक्षक, व्यवस्थापकसहितले महेन्द्रनगर बजारस्थीत महान शहिद दशरथ चन्दको शालिकमा फुलमाला माल्यार्पण गरी शहिद दिवस मनाएका हुन् । अपि ईन्टरनेशनल पब्लिक स्कूलका प्रिन्सिपल राजेन्द्र पाण्डेयले विद्यार्थीहरुलाई शहिदहरुको सम्झनामा शहिदको शालिकमा फुलमाला माल्यार्पण गर्न लगाएर विद्यालयले शहिद दिवस भव्यरुपमा मनाईएको बताए । ‘विद्यार्थीहरुलाई शहिदहरुको शालिकमै ल्याएर प्रत्यक्षरुपमा माल्यार्पण गर्न लगाई स्कूलले शहिद दिवस मनाएको छ, प्रिन्सिपल पाण्डेले भने । त्यसैगरी स्कूलका संञ्चालक खगेश्वरी भट्ट बोगटीले विद्यार्थीहरुलाई शहिदहरुको योगदानको बारेमा प्रयोगात्मकरुपमा ज्ञान दिन र देशप्रति मायाप्रेम भाव जगाउनका लागि शहिदको शालिकमा ल्...
अमर शहीद विद्यालयको ३३औँ बार्षिकोत्सव सम्पन्न

अमर शहीद विद्यालयको ३३औँ बार्षिकोत्सव सम्पन्न

samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– अमर शहिद आधारभूत विद्यालय महेन्द्रनगरको ३३औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शुक्रबार कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १८, जानकी टोलमा रहेको अमर शहीद आधारभूत विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । विद्यालय स्थापनाकालताका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गंगाराम गिरीको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सवको प्रमुख अतिथि भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरीदत्त जोशी रहेका थिए । कार्यक्रममा विद्यालयमा प्रधानाध्यापक हरिश प्रशाद जोशीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको कार्यपत्रमा सांकेतिक भाषा बहिरा तथा सुस्त श्रवणको शिक्षालाई माध्यमिक तहसम्म पु¥याउने, आगामी शैक्षिकसत्रदेखि विद्यार्थी संख्या बृद्धि गर्ने लगायतका उदेश्य तथा लक्ष्य राखिएका छन् । त्यसका लागि अभिभावक, शिक्षक, कर्मचारी नै अग्रसर हुनुपर्नेमा पनि जोडदिईएको छ...
एमाले कञ्चनपुरद्धारा साईवर अपराध अन्तरगत जिप्रकामा मुद्धा

एमाले कञ्चनपुरद्धारा साईवर अपराध अन्तरगत जिप्रकामा मुद्धा

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – नेकपा(एमाले) कञ्चनपुरद्धारा साइबर अपराधमा मुद्दा दर्ता गराएको छ । नेकपा(एमाले)ले सामाजिक सञ्जाल फेसकुमा पार्टी विरुद्ध अनर्गल प्रचार गरिएको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालयमा बन्दना प्रकाशन, लक्ष्मण कठायत, चितवनले जन्माएको मान्छे र स्मार्ट न्यूज विरुद्ध साइबर अपराध अन्तरगत कारवाहीका लागि जाहेरी दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालयमा दर्ता जाहेरीमा सामाजिक सञ्जालमा एमाले कञ्चनपुरको सिङ्गो टीम रास्वपा प्रवेश, एमाले संस्थापन रास्वपा प्रवेश लगायतका भ्रामक प्रचार सामाग्री र भिडियो पोष्ट गरी चुनाव प्रभावित र पार्टी बदनाम हुने काम गरेकोले उक्त कार्यमा संलग्नलाई कारवाहीको माग गरिएको छ । माघ १२ गते सामाजिक सञ्जालमा विभिन्न व्यक्तिका नाममा खोलिएका एकाउण्ट मार्फत एमाले कञ्चनपुरको सिङ्गो टीम रास्वपा प्रवेश लगायतका सूचना सार्वजनिक गरिएका थिए । एमाले कञ्चनपुरका अध्यक्ष लक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज