विद्यार्थी भर्ना अभियानको मुखमा शिक्षक तनावमा, कार्यदलको प्रतिवेदन कार्यन्वयन नगर्न माग
महेन्द्रनगर – बैशाखको दास्रो साता अर्थात बैशाख ९ गते, शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समिति अध्यक्षलगायतको टिम घरदैलो, प्रचारप्रसार अभियान तथा विभिन्न तालिम, अभिमुखिकरणमा व्यस्त हुनुपर्ने समय हो । तर भीमदत्त नगरपालिकाका अधिकांस सामुदायिक विद्यालय शिक्षक, व्यवस्थापन समिति अध्यक्षहरु नगरपालिकाको कार्यालय धाईरहेका भेटिन्छन् । केहि विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापकहरु एक महिनादेखि नै नगरपालिका कार्यालय धाउदै आएका छन् । कसैको व्यक्तिगत काम हुनपनि सक्छ ? तर उनीहरुमध्ये अधिकांसको चासो चिन्ता र नजर भने नगरपालिकाले विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान सम्बन्धी अध्ययन विश्लेषण, सिफारिस गर्न गठन गरेको उच्चस्तरीय कार्यदलले गरीरहेको अध्ययनमा रहेको बुझिन्थ्यो । चैत ८ गते गठन गरीएको कार्यदलले बैशाख ६ गतेसम्मको अध्ययन प्रतिवेदनका लागि समय पाएको भएपनि चैत ३० गते नै आफ्नो अध्ययन प्...




















