Advertisement

समाचार

कृष्णपुरले ल्यायो आगामी वर्षका लागि १ अर्ब ९ करोड बजेट

कृष्णपुरले ल्यायो आगामी वर्षका लागि १ अर्ब ९ करोड बजेट

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– कृष्णपुर नगरपालिकाले आगामी आर्थिक बर्ष २८३÷८४ का लागि १९ औँ नगर सभाबाट १ अर्ब ९ करोड रुपैँयाको बजेट ल्याएको छ । त्यसमा २१ करोड ३० लाख आन्तरिक आय अनुमान गरिएको छ । मेयर हेमराज ओझाले विपद् व्यवस्थापन स्थानीय कृषि उपज प्रर्वद्धन गर्दै नगरबासीलाई प्रर्बद्धन गरिने बताए । लबरु राना थारुको स्मृतिमा नन्द माविमा सालिक बनाउने गत विगतका गौरबका योजना अघि बढाउनेदेखि नगरको शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, सडक, पुल पुलेसा, बन्यजन्तुबाट हुने क्षति न्यूनिकरणका योजना, समाजिक सुरक्षा, स्थानीय कृषि उपज सहितका बस्तु तथा सेवा प्रर्बद्धनका कार्यक्रम सञ्चालन बताए ।...
कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – लागू औषधसहित भीमदत्त नगरपालिकाकी वडा सदस्य पक्राउ परेकी छन् । शनिबार दिउसो ३ बजेको समयमा भीमदत्त नगरपालिका वडा नं. १८ कटानबाट वडा सदस्य रुपा जैरुलाई लागुऔषध सहित पक्राउ गरेको हो । उनलाई लागु औषध ३० थान एम्फुल सहित पक्राउ गरीएको प्रहरी स्रोतले जानकारी दिएको छ । तर आधिकारीकरुपमा प्रहरीले वडा सदस्यलाई सार्वजनिक गरेको छैन् । वडा सदस्इ जैरुलाई लागु औषध व्यूरो महेन्द्रनगरको टोलिले पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जैरु भीमदत्त नगरपालिका वडा नं. १८को वडा सदस्यमा कांग्रेसबाट २०७९को स्थानीय तहको निर्वाचनबाट एक हजार ४ सय ५४ मत लिएर निर्वाचित भएकी थिईन् । कञ्चनपुर जिल्लामा लागु औषधको जालो कहाँसम्म फैलिएको छ भन्ने कुरा जननिर्वाचित प्रतिनिधि नै लागुऔषध ओसारपसारमा पक्राउ पर्दा खुलस्त हुन्छ । जनप्रतिनिधिले समाजलाई सकात्मक गति र उर्...
श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर - कञ्चनपुरमा आफ्नै श्रीमतीमाथि तातो तेल खन्याई गम्भीर घाइते बनाएका एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–८ तिलाचौरका ३४ वर्षीय अशोक भट्टले घरमा सेलरोटी पकाउँदै गरेकी श्रीमतीमाथि गत पुस ६ गते तातो तेल खन्याएका थिए। घटनापछि फरार रहेका भट्टलाई प्रहरीले खोजतलासका क्रममा शनिबार भीमदत्त नगरपालिका–४ बाट पक्राउ गरेको हो। पीडित महिलाको अनुहारसहित शरीरका विभिन्न भागमा गम्भीर जलन भएको प्रहरीले जनाएको छ। घटनापछि पीडित पक्षको उजुरीका आधारमा मुद्दा दर्ता गरी अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाइएको थियो। घरेलु हिंसाको क्रूर घटनाले स्थानीयस्तरमा चिन्ता बढाएको छ भने पक्राउ परेका भट्टमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।...
महाकाली बहुप्राविधिक शिक्षालयले विस्तार गर्‍यो सहकार्यको दायरा, अस्पताल र ल्याबसँग सम्झौता

महाकाली बहुप्राविधिक शिक्षालयले विस्तार गर्‍यो सहकार्यको दायरा, अस्पताल र ल्याबसँग सम्झौता

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरस्थित महाकाली बहुप्राविधिक शिक्षालयले स्वास्थ्य सेवा तथा प्राविधिक जनशक्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउन विभिन्न स्वास्थ्य संस्थासँग सहकार्य विस्तार गरेको छ। शिक्षालयले बुधबार मन्त्र अस्पताल तथा युनाइटेड ल्याबोरेटरी एण्ड डायग्नोस्टिक सेन्टरसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्दै कर्मचारी, शिक्षक र विद्यार्थीलाई स्वास्थ्य सेवामा सहुलियत उपलब्ध गराउने तथा आवश्यक जनशक्ति व्यवस्थापनमा सहकार्य गर्ने सहमति गरेको हो। सम्झौताअनुसार शिक्षालयका कर्मचारी, शिक्षक तथा विद्यार्थीले मन्त्र अस्पतालमा उपचार सेवा लिँदा १० देखि २५ प्रतिशतसम्म छुट पाउनेछन्। साथै अस्पताललाई आवश्यक पर्ने जनशक्तिमा शिक्षालयबाट उत्पादित दक्ष जनशक्तिलाई प्राथमिकता दिइने व्यवस्था गरिएको छ। त्यसैगरी युनाइटेड ल्याबोरेटरी एण्ड डायग्नोस्टिक सेन्टरले पनि शिक्षालयसँग सेवा शुल्कमा १० प्रतिशत छुट दिने तथा आव...
होली फेम्ली राष्टिय ‘स्कूल लेभल च्याम्पियनशिप’ को उपाधि बात्सल्या विद्या निकेतनलाई

होली फेम्ली राष्टिय ‘स्कूल लेभल च्याम्पियनशिप’ को उपाधि बात्सल्या विद्या निकेतनलाई

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - होली फेम्ली राष्टिय 'स्कूल लेभल च्याम्पियनशिप' को उपाधि बात्सल्या विद्या निकेतनले जितेको छ । सोमबार भएको फाइनल खेलमा आयोजक होली फेमलीलाई ३५ रन अन्तरले पराजित गर्दै वात्सल्य विद्या निकेतन बेलौरी च्याम्पियन भएको हो । प्रतियोगिताको फाइनलमा ३५ रनको हार बेहोरेको आयोजक होली फेमलीले उप विजेतामा चित्त बुझाएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको वात्सल्यले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा ११८ रनको योगफल खडा गर्यो । टिमका लागि बात्सल्याका मानव बिष्टले ६० रन, हिमाल पन्तले २३ रनको योगदान दिए । होली फेमलीका सागर गिरीले २ , कप्तान मुकेश जोशी र भानुभक्त ऐरीले सामान १/१ विकेट लिए । माध्यम लक्ष पछ्याएको आयोजक होली फेमली १७.५ ओभरको खेलको समाप्तिमा सबै विकेट गुमाउँदै ८३ रनमा प्याक भयो । हरीश बुढाले ३६ रन, निरज पन्तले २४ रन बनाए पनि जीतका लागी प्रयाप्त भएन । वालिङ तर्फ वात्सल...
बैजनाथ आधारभूत विद्यालय वनकट्टीमा धार्मिक अनुष्ठान सम्पन्न

बैजनाथ आधारभूत विद्यालय वनकट्टीमा धार्मिक अनुष्ठान सम्पन्न

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– बैजनाथ आधारभूत विद्यालय बनकट्टीमा दुई दिने धार्मिक अनुष्ठान सम्पन्न भएको छ । आईतबार कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. १४ बनकट्टीस्थित बैजनाथ आधारभूत विद्यालयमा ‘अखण्ड रामायण पाठ, सांयिगतिक भजन–कीर्तन’ कार्यक्रम सभ्यभव्यरुपमा सम्पन्न गरीएको हो । शनिबारदेखि विद्यालय प्राङ्गणमा ऐतिहासिक धार्मिक अखण्ड रामायण धार्मिक अनुष्ठान कार्यक्रम संञ्चालन गरीएको थियो । रितिरिवाज परम्परा र सस्कृति जोडेर विद्यार्थीहरुको सिकाई र धार्मिक क्रियाकलापलाई जोडेर संगै लैजानका लागि लगाईएको अखण्ड रामायण धार्मिक अनुष्ठान कार्यक्रम सव्यभव्यरुपमा सम्पन्न गरीएको विद्यालयका प्रधानाध्यापक पुष्प मणी जोशीले बताए । ‘यो समाजमा रहेका विभिन्न जातजाती, धर्म, परम्परा, पेषा भएका मानिसहरुविच आत्मियता जोड्न, धार्मिक चेतनाको बृद्धि, नैतिक शिक्षाको ज्ञान, बालबालिकाहरुलाई आफ्नो कला संस्कृति प्रदर्शन गर्ने बात...
पेसवानको सामाजिक परीक्षण कार्यक्रम

पेसवानको सामाजिक परीक्षण कार्यक्रम

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–गैर सरकारी संस्था वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान)ले आफ्नो वार्षिक सामाजिक परीक्षण कार्यक्रम गरेको छ । प्लान इन्टरनेशनलको सहयोगमा संस्थाले भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका ३÷३ वडामा उत्थानशिल भविष्य बालविवाहको अन्त्य परियोजना सञ्चालन गर्दै आएको छ । आईतबार कार्यक्रम अन्र्तगत गरिएका दुबै स्थानीय तहमा गरिएको विभिन्न गतिविधि तथा उपलब्धिको सामाजिक परीक्षण गरिएको हो । ्संस्थाका अध्यष डा. तिलमाया खरेल ढकालको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी सहित कार्यक्रम सञ्चालित दुबै पालिकाका वडाका जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी र किशोरी समूहका सदस्य सहभागी भएका छन् । कार्यक्रममा संस्थाका कार्य समिति सदस्य दमन चन्दले संस्थाको परिचय गराए । पेसवान सन् २०२२ मा स्थापना गरिएको थियो । कार्यक्रममार्फत संस्थाको आय–व्यय, उपलब्धि, ...
होली फेम्लि राष्ट्रिय क्रिकेट ‘स्कूल लेभल च्याम्पियनसिप’ को फाइनलमा होली फेम्ली र वात्सल्या भिड्ने

होली फेम्लि राष्ट्रिय क्रिकेट ‘स्कूल लेभल च्याम्पियनसिप’ को फाइनलमा होली फेम्ली र वात्सल्या भिड्ने

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर- होली फेम्लि राष्ट्रिय क्रिकेट ‘स्कूल लेभल च्याम्पियनसिप’ अन्तरगत सोमबार होलीफेम्लि र बात्सल्या विद्या निकेतनविच फाईनल खेल हुने भएको छ । होली फेम्लिले महाकाली सेकेण्ड्री स्कुललाई ३१ रनले पाखा लगाउदै र बात्सल्या विद्या निकेतनले महेन्द्रनगर मावि साधारणलाई १२ रनले पाखा लगाउदै फाईन यात्रा तय गरेका हुन् । पहिलो सेमिफाईन खेलमा टस जितेर ब्याटिङ्ग रोजेको होली फेम्लिले निर्धारीत २० ओभरको खेलको समाप्तीमा ९ विकेट गुमाउदै १ सय ७ रनको योगफल खडा गरेको थियो । होली फेम्लिका हरिश बुढाले ३७, विनय पाण्डेयले १६ रन र मुकेश जोशीले १९ रन जोडे । महाकालीका प्रिसियस मल्लले ३, निज कुवरले २ विकेट लिए । मध्यम लक्ष्य पछ्याउदै जवाफि व्याटिङ्ग गरेको महाकाली सेकेण्ड्री स्कुल १२.३ ओभरमै अलआउट हुदै ७६ रनमा प्याक भयो । होलिफेम्लिका लक्ष्मण नाथले महत्वपूर्ण ४ विकेट लिए । तपन अवस्थीले २ विकेट लिन सफल भए । दोस...
देवलहाटको शिलालेख : बैतडीको वास्तविक इतिहास बोल्ने मौन दस्तावेज

देवलहाटको शिलालेख : बैतडीको वास्तविक इतिहास बोल्ने मौन दस्तावेज

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, विचार, सुदूरपश्चिम
उद्धव सिंह - इतिहास केवल पुस्तकका पानाहरूमा सीमित हुँदैन; यो शिलामा कुँदिएका अक्षरहरू, माटोभित्र गाडिएका अवशेषहरू र पुर्खाहरूले छोडेका सांस्कृतिक चिन्हहरूमा पनि जीवित रहन्छ। बैतडी जिल्ला, दशरथचन्द नगरपालिका–४ देवलहाटमा अवस्थित शिलालेख यस्तै एक अमूल्य ऐतिहासिक धरोहर हो, जसले बैतडीको प्राचीन इतिहास, सभ्यता र सांस्कृतिक गौरवलाई उजागर गर्दछ। यो शिलालेख केवल ढुङ्गामा कुँदिएका अक्षरहरूको समूह मात्र होइन, बरु विगतसँग वर्तमानलाई जोड्ने एउटा मौन तर विश्वसनीय दस्तावेज हो। इतिहास लेखनका लागि प्रमाणहरूको विशेष महत्व हुन्छ। लोककथा र जनश्रुतिले इतिहासको झल्को दिन सक्छन्, तर शिलालेखले तत्कालीन समयका वास्तविक तथ्यहरूलाई प्रमाणसहित प्रस्तुत गर्छ। देवलहाटको शिलालेखले पनि त्यस समयको राजनीतिक अवस्था, सामाजिक संरचना, धार्मिक आस्था तथा स्थानीय जीवनशैलीबारे महत्वपूर्ण जानकारी प्रदान गर्ने सम्भावना बोकेको छ। त्य...
इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–इन्टरनेशन पब्लिक स्कुलले स्वास्थ्य शिविर आयोजनागरी बिशेषज्ञ डाक्टरहरुबाट विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच गराएको छ । विद्यालयले शनिबार विदाको दिन पारी विहान ८ बजेदेखि दिउसो १२ बजेसम्म नाक, कान, घाँटी रोग विशेषज्ञ र दंत रोग विशेषज्ञद्धारा विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच गरीएको हो ।   क्याम्पमा कक्षा नर्सरीदेखि १२ कक्षासम्मका विद्यार्थीको नाक, कान, घाँटी र दाँतको समस्या जाँच गरी आवश्यक परामर्श दिइएको छ । विद्यालयले चार वर्षदेखि विशेषज्ञ चिकित्सक सहित क्याम्प सञ्चालन गर्दै आएको छ । शिविरमा ईएनटि डा. प्रशान्त भट्ट सहित दन्त रोग विशेषज्ञद्वय डा. मुना जोशी र डा. रोशन भट्टले जाँच गरे । डा. प्रशान्त र डा. रोशन इन्टरनेशनका पूर्व विद्यार्थी हुन् । दुबै डाक्टरले इन्टरनेशनबाट एसएलसी गरेका हुन् ।   अर्का डा. जोशीका आमा मन्जु जोशी विद्यालयका शिक्षक ह...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज