नयाँ खबर
महेन्द्रनगर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकुञ्जको मालुबेला पोष्टबाट आइतबार च्याउ खोज्न गएका थिए ।
च्याउ खोज्न जानेमा बागफाँटाका सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनीषा चौधरी, रीता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका छन् । उनीहरू अहिलेसम्म पनि सम्पर्कविहीन छन् ।
उनीहरूको नेपाली सेना र प्रहरीले खोजी उद्दार कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी नेत्रमणी गिरीले बताए ।
आइतबार च्याउ टिप्न गएका उनीहरू साँझसम्म पनि घर नफर्किएपछि प्रहरीलाई खबर गरिएको थियो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।