नयाँ खबर
महेन्द्रनगर–इन्टरनेशन पब्लिक स्कुलले स्वास्थ्य शिविर आयोजनागरी बिशेषज्ञ डाक्टरहरुबाट विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच गराएको छ । विद्यालयले शनिबार विदाको दिन पारी विहान ८ बजेदेखि दिउसो १२ बजेसम्म नाक, कान, घाँटी रोग विशेषज्ञ र दंत रोग विशेषज्ञद्धारा विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच गरीएको हो ।

क्याम्पमा कक्षा नर्सरीदेखि १२ कक्षासम्मका विद्यार्थीको नाक, कान, घाँटी र दाँतको समस्या जाँच गरी आवश्यक परामर्श दिइएको छ । विद्यालयले चार वर्षदेखि विशेषज्ञ चिकित्सक सहित क्याम्प सञ्चालन गर्दै आएको छ ।
शिविरमा ईएनटि डा. प्रशान्त भट्ट सहित दन्त रोग विशेषज्ञद्वय डा. मुना जोशी र डा. रोशन भट्टले जाँच गरे । डा. प्रशान्त र डा. रोशन इन्टरनेशनका पूर्व विद्यार्थी हुन् । दुबै डाक्टरले इन्टरनेशनबाट एसएलसी गरेका हुन् ।

अर्का डा. जोशीका आमा मन्जु जोशी विद्यालयका शिक्षक हुन् । डा. प्रशान्त भट्ट महाकाली प्रादेशिक अस्पतालमा इएनटी विशेषज्ञ हुन् ।

विद्यालयका पूर्व विद्यार्थी डा. सुभास लामिछाने पहिलो क्याम्पमा स्वास्थ्य जाँच गरेका थिए ।
क्याम्पमा परीक्षणपछि इएनटी विशेषज्ञ डा. भट्टले परीक्षणमा धेरै विद्यार्थीको सुनाई र चिसो पेय पदार्थका कारण घाँटीमा समस्या देखिएको बताए । उनले सेवाग्राहीहरुलाई आवश्यक सुझाव दिएका छन् ।
विद्यालयले क्याम्प गरी परीक्षण गर्न राम्रो अभ्यास भएको बताए । आफूले अध्ययन गरेका विद्यालयमा आएर सेवा दिन पाउँदा खुसी लागेको डा। भट्टले सुनाए ।
विद्यालयका प्रिन्सिपल राजेन्द्र भट्टले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरी विगत चार वर्षदेखि स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताए ।
‘यो क्याम्प चार वर्षदेखि हुँदै आएको छ, यसमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थी सबैको स्वास्थ्य समस्या जाँच हुँन्छ, त्यस बाहेक विद्यार्थीसंगै अभिभावकको स्वास्थ्य जाँच गर्छौ’ उनले भने ।
प्रिन्सिपल भट्टका अनुसार बर्सेनी क्याम्पमा तिन सयबढि विद्यार्थी र अभिभावकको नाक, कान, घाँटी र दाँतको परीक्षण हुने गरेको छ ।
‘यो क्याम्पलाई हामी आगामी दिनमा पनि निरन्तरता दिन्छौ’ उनले भने ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।