Advertisement

समाचार

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी नगरपालिकाको कार्यालय परिसरमा नगर प्रमुख किशोर कुमार लिम्बुले सशस्त्र प्रहरी बल नेपलका प्रहरी उपरिक्षक प्रेम प्रकाश सिग्देललाई नदीजन्य विपद्मा परेकालाई उद्धार गर्न रवर बोट, लाईफ जाकेट लगायत समागि हस्तान्तरण गरेका हुन् । उक्त सामाग्रि सशस्त्र प्रहरी बल नेपालको देबीस्थान गुल्ममा राखिएको छ । सशस्त्र प्रहरीलाई दिइएको रबर बोट नगरपालिकालाई यूनिसेफले दिएको हो । दोधारा चादनी बिपदको उच्च जोखिम क्षेत्र मानिन्छ । मेयर लिम्बुले बिपद उद्वार गर्न रबर बोट लगायतका सामाग्री उपयोगी हुने बिश्वास व्यक्त गरे । सशस्त्र प्रहरीले उद्वारका काममा खटिनु पर्ने भएकाले हतार हतार हस्तान्तरण गरिएको उल्लेख गरे । यस अघि प्रहरी आफ्नो रबर बोट ल्याएर उद्वारमा खटिने गरेको थियो । सशस्त्र प्रहरी...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका १० कुतियाकबरस्थित जोगबुडा नदी र महाकाली नदी दोभान नजिक बाढि र माटो कटान रोक्न जलस्रोत तथा सिँचाई व्यवस्थापनले ठेक्कामार्फत निर्माण गरेको तटबन्ध आकाशे पानीका कारण भुक्षय हुदा ढलेको हो । ८ सय मिटर लामो उक्त तटबन्ध शंकर कन्स्ट्रक्सनले ५ करोडमा निर्माण गर्ने गरी गत चैतमा सम्झौता भएको थियो । निर्माण कम्पनीले सम्झौता अनुसार नै तोकिएको समयसिमामा निर्माण सम्पन्न गरेको थियो । तटबन्धको अन्तिमतिरको ३० मिटर जति भाग ढलेको छ । महाकाली र जोगबुडा नदी कटान रोक्न निर्माण गरिएको तटबन्ध बस्ती र खेतबारीमा आकाशबाट खसेको पानी कारण ढलेको देखिन्छ । बस्तीबाट बगेको पानीले तटबन्धको पछाडीको माटो जति बगेको छ । माटो बगेपछि तटबन्ध बस्तीतर्फ ४५ डिग्रिको कोण्मा ढलेको छ । ...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलासले वार्षिक लक्ष्यभन्दा धेरै मुद्दा फर्छ्योट गर्दै ९२.११ प्रतिशत समग्र फर्छ्योट दर कायम गरेको छ। इजलासले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्षभर ९१३ वटा मुद्दा दर्ता भएका थिए। तीमध्ये ८४१ वटा मुद्दाको फैसला गरिएको छ भने ७२ वटा मुद्दा मात्र बाँकी रहेका छन्। त्यस्तै, इजलासले आर्थिक वर्षका लागि ५९० मुद्दा फर्छ्योट गर्ने लक्ष्य लिएको थियो। तर लक्ष्यभन्दा २५१ वटा बढी अर्थात् ८४१ वटा मुद्दा फर्छ्योट गर्दै १४२.५४ प्रतिशत लक्ष्य उपलब्धि हासिल गरेको छ। यसले इजलासले तोकिएको लक्ष्यभन्दा निकै उच्च कार्यसम्पादन गरेको देखाउँछ। अर्को उल्लेखनीय पक्ष के छ भने, एक वर्ष नाघेका कुनै पनि मुद्दा बाँकी नरहेको इजलासले जनाएको छ। यसले पुराना मुद्दा समयमै टुंग्याउने न्यायालयको प्रतिबद...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, विचार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही देशको सुख–दुःख देख्दै आएको छु। त्यसैले आज मनमा वर्षौँदेखि दबिएको एउटा पीडा शब्दमा उतार्दैछु। आज हाम्रो देशमा युद्ध छैन। बम विस्फोट भइरहेको छैन। सीमा क्षेत्रमा गोली चलेको छैन। तर पनि मलाई लाग्छ, एउटा मौन युद्ध निरन्तर चलिरहेको छ। त्यो युद्ध हो—युवाको सपना, आत्मविश्वास र भविष्यमाथिको युद्ध। आज बिहान सबेरै विमानस्थलमा पुगेका हजारौँ युवाको अनुहारमा एउटै प्रश्न हुन्छ—"यदि आफ्नै देशमा सम्मानपूर्वक बाँच्ने, काम गर्ने र परिवार पाल्ने अवसर पाएको भए, के म विदेश जान्थेँ?" यो प्रश्न उनीहरूले मुखले नभने पनि उनीहरूको आँखाले बोलिरहेको हुन्छ। एक समय गाउँका चौतारीमा युवाको हाँसो गुञ्जिन्थ्यो। खेतबारीमा पसिना बग्थ्यो। मेलापात, चाडपर्व र गाउँका कार्यक्रमहरूमा उत्साह देखिन्थ्यो। आ...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित विद्यालयले प्लस टु संयोजक शंकर बोगटीको अध्यक्षता एवं व्यवस्थापन समिति अध्यक्ष केशव बहादुर चन्दको प्रमुख आतिथ्यतामा कक्षा ११ मा अध्ययन गर्न भर्ना भएका विद्यार्थीहरुलाई अविर टिका र खादा माला लगाएर भव्य स्वागत गरेको हो । कार्यक्रममा कक्षा ११का अढाई सय विद्यार्थीलाई स्वागत गरिएको प्रिन्सिपल चुडामणी शर्माले बताए । कार्यक्रमका प्रमुख अतिथि चन्द, प्लस टु सांयोजक बोगटी, प्रिन्सिपल शर्मा लगायतले विद्यार्थीहरुको उज्वल भविष्यको कामनासहित स्वागत गरेका थिए । कक्षा ११ र १२ का चार सय विद्यार्थी कार्यक्रममा सहभागी भए । कार्यक्रमका प्रमुख अतिथि चन्दले विद्यालयको चौतर्फी विकासका लागि व्यवस्थापन समितिले थप योजना बनाई कार्यान्वयन गर्ने र नयाँ टिमले विद्यालयलाई थप उचाई पु¥याउने विश...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध रूपमा विस्थापित गर्ने उद्देश्यले सरकारले गतिविधि अघि बढाएकोमा आपत्ती जनाएको छ । प्रेस चौतारीले सो निर्णय सच्याउन माग गरेको छ। संगठनले हाल कार्यरत पत्रकारहरूको करार नवीकरण नगरेर नयाँ भर्ना प्रक्रिया अघि बढाइएको भन्दै त्यसलाई तत्काल रोक्न आग्रह गरेको छ । शुक्रबार जारी प्रेस विज्ञप्तिमा गोरखापत्र संस्थानमा करार सेवामा कार्यरत पत्रकारहरूको करार अवधि असार मसान्तमा समाप्त हुन लाग्दा पनि नवीकरण नगरी नयाँ करार कर्मचारी भर्नाको सूचना प्रकाशित गरिएको उल्लेख छ। प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जारी गरेको विज्ञप्तीमा गोरखापत्र संस्थान सेवा शर्त विनियमावली, २०८२ु ले करार नियुक्ति कार्यविधि स्वीकृत भएपछि मात्रै नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था गरेक...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शेयर बजार, समाचार
महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रहेको वडा नं. ९ ले बिहिबार चार बर्षसम्म भए गरेका कार्यक्रम तथा विकाश निर्माणका कार्यहरुबारे सर्वसाधारणलाई जानकारी गराउने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । वडा अध्यक्ष गगन सिंह कार्कीको अध्यक्षतामा सम्पन्न गरीएको कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रशासकिय अधिकृत हरी सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा सदस्य केशव जोशीले चार बर्षसम्म वडा कार्यालयले गरेका विकास निर्माणका कार्यहरु, सिफारिस, विभिन्न क्रियाकलापहरु, प्रत्येक आर्थिक बर्षको क्रमिकरुपमा प्रस्तुत गरेका थिए । त्यसैगरी कार्यक्रममा सौहार्दपूर्ण बाताबरणमा सहभागिहरुले जिज्ञासा तथा प्रश्न राखेका थिए । कार्यक्रममा सहभागिले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ वडा अध्यक्ष ग...
संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाएको जनाएको छ। एमालेका महासचिव शंकर पोखरेलले कार्यदलका संयोजकलाई पत्र लेख्दै सरकारको निर्णयअनुसार गठन भएको उक्त कार्यदलमा पार्टीका तर्फबाट डा. भीम अधिकारी प्रारम्भिक चरणमा सहभागी भए पनि कार्यदलको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधिलाई फिर्ता बोलाउने निर्णय गरिएको जानकारी दिनुभएको हो। कार्यदलको सुरुदेखिकै कामकारबाही सन्देहास्पद रहेको, संविधान संशोधनका विषय स्पष्ट रूपमा किटान नगरिएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण स्पष्ट नभएको तथा छलफलमा ल्याइएका केही विषय संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मविपरीत देखिएको एमालेको निष्कर्ष छ। एमालेले यी विषयमा सरकारसँग स्पष्ट धारणा माग गरे पनि हालसम्म कुनै जवाफ प्राप्त नभएको जनाएको छ। साथै,...
भरुवा बन्दुकसहित दम्पती पक्राउ

भरुवा बन्दुकसहित दम्पती पक्राउ

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर - कञ्चनपुर जिल्लाका एक दम्पती प्रहरी हिरासतमा छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियाका जोखराम राना र जानकी रानाको घरबाट बन्दुकसहित लागू औषध बरामद गरी राना दम्पतीलाई प्रहरीले हिरासतमा राखेको छ । लागु औषध नियन्त्रण ब्युरो धनगढी, इलाका प्रहरी कार्यालय गुलरिया र इलाका प्रहरी कार्यालय रैकवारको प्रहरी टोलीले बुधबार रानाको पिपरियास्थित घरमा खानतलासी गर्दा भरुवा बन्दुक र लागू औषध भेटाएपछि नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक टेक बहादुर राउतले बताए । पक्राउपछि दुबै जनालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ । डिएसपी रावतका अनुसार राना दम्पतीको घरबाट ७८ मिलिग्राम खैरो हिरोइन र ८० ग्राम बरामद गरिएको छ । प्रहरीले घरबाट विभिन्न कम्पनीका १० थान मोबाइल सेट समेत बरामद गरेको छ ।...
बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाले कृषि उपकरण वितरण गरेको छ । कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यले नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई मङ्गलबार आधुनिक कृषि उपकरण वितरण गरेको हो । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत नगरपालिकाको कृषि विकास शाखाले कृषक, कृषक समूह तथा कृषि फार्मलाई १८२ थान यन्त्र तथा उपकरण हस्तान्तरण गरेको हो । कार्यक्रमका लागि नगरपालिका र लाभग्राही किसानले समान रु ४२ लाख बराबरको लगानी गरेका छन्। नगरपालिकाको कृषि विकास शाखाका प्राविधिक सहायक हरिश सेठीका अनुसार वितरण गरिएका सामग्रीमा ९२ थान सिँचाइका विद्युतीय मोटर, १७ थान पम्पसेट, १० थान मिनी टिलर, पाँच थान रोटाभेटर, १० थान कल्टिभेटर र १० थान २२ हर्ष पावरका पावर टिलर वितरण गरिएको छ। यसैगरी, पाँच थान चारचक्के पावर टिलर, दुई थान सुगरकेन मल्चर, दुई थान राजाहल, दुई थान रिपर, दुई थान कम्बाइन मिल, द...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज