Advertisement

Author: मनोजराज भट्ट

गाँउमै रहर लाग्दो तरकारी खेती

गाँउमै रहर लाग्दो तरकारी खेती

Breaking News 1
पप्पु गुरुङ्ग, दोधारा । ललित सिंह ठकुरी अहिले तरकारी व्यवसायमा लागेर मनग्य आम्दानी गर्नुभएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोज निवासी वर्ष ५६ का ललित सिंह ठकुरीले झण्डै चार बिद्याह जग्गामा बिभिन्न प्रकारका तरकारी उत्पादन गर्दै मनग्य आम्दानी गर्नुभएको हो । बन्दा, काउली, मुला, हिउदे सिमी, धनिया, आलु, गाँजर, प्याज, भण्टा, खुर्सानी लगाएत तरकारीले खेत हरियो भएको छ् । सिजन अनुसारका तरकारी उत्पादन गर्ने तथा बेमौसमीमा समेत तरकारी खेती गर्ने गरेको ठकुरी बताउनुहुन्छ् । हाल ४ बिघाह जग्गामा तरकारी खेती गर्दै आएको र निकट भविष्यमा बढाएर ६ बिघाह जग्गामा तरकारी खेती गर्ने योजना रहेको उद्यमी ललित सिंह ठकुरी बताउनुभयो । धन कमाउन युवा बिदेशिने क्रम बढेको अवस्थामा मेहनत गरे आफ्नै गाँउ, ठाँउमा सुन फलाउन सकिने ललित बताउनुहुन्छ् । उहाँले दैनिक १० देखि १२ जना स्थानियबासीहरुलाई दैनिक रोजगारी दिदै...
जिवन ज्योती सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न

जिवन ज्योती सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न

Breaking News 1
पप्पु गुरुङ्ग, दोधारा । जनज्योती कृषी सहकारी संस्था लिमिटेड दोधारा चाँदनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ् । कञ्चनपुरको दोधारा चाँदनीमा रहेको जिवन जनज्योती कृषी सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा सुक्रवार सम्पन्न भएको संस्थाका अध्यक्ष धनसरा चन्दले जानकारी दिनुभएको छ् । संस्थाका अध्यक्ष धनसरा चन्दको अध्यक्षता सम्पन्न साधारण सभाका प्रमुख अतिथि दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनार रहनुभएको थियो । सभामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन संस्थाका सदस्य लिला भट्टले प्रस्तुत गर्नुभएको थियो । बैक मौजदा रु. ३ हजार ३ सय २२ रुपिँया, नगद मौजदा रु. ९० हजार १ सय २४ रुपिँया, शेयर प्राप्त रु. ९१ हजार ३ सय, बचत प्राप्त रु. ४९ लाख ५ हजार ८ सय ६३, ऋण असुली रु. १९ लाख २६ हजार १ सय ९०, मलखाद बिक्रि रु. १० लाख ९३ हजार ५ सय ९८ लगाएत रु. ८६ लाख ३८ हजार ६ सय संस्थाको ...
थोरै खर्चमा अचारबाट राम्रै आम्दानी

थोरै खर्चमा अचारबाट राम्रै आम्दानी

Breaking News 1
दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा नन्दा खत्रीले आँपको अचार बिक्रि गरेर राम्रो आम्दानी गर्नुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ५ निवासी नन्दा खत्रीले स्थानियस्तरमा खेर गईरहेको आँपको सदुपयोग गर्दै अचारको नयाँ उद्यम सुरु गर्नु भएको हो । घरमा खाली रहेको बेला आफु र आफ्नो घरपरिवारको सहयोगबाट आँपका अचार बनाई अहिले आएर बिक्रि सुरु गर्दै आएको महिला उद्यमी नन्दा खत्रीले बताउनुभएको छ् । आफ्नै खेतवारीमा रहेको आँपबाट नन्दा खत्रीले यस पटक देखि आँपको अचार उत्पादन गर्न सुरु गरेको बताउनुभएको छ् । गाँउ, बस्तीमा प्रयाप्त मात्रामा सिजनको बेला आँप पाउने भएको हुदा आउदो आँपको सिजनमा अझै ठुला आकारमा अचार उत्पादन गर्ने योजना रहेको महिला उद्यमी नन्दा खत्रीले बताउनुभयो । जेष्ठ महिनाबाट अचार बनाउन सुरु गरेको र २ कुन्टल बढी आँपबाट बनेको अचार बिक्रि गरेको महिला उद्यमी नन्दा खत्रीले बताउनुभयो । भारतिय आँपको अचारमा ...
दलित नगर समन्वय समितिद्धारा बिरामीलाई उपचार खर्चमा सहयोग

दलित नगर समन्वय समितिद्धारा बिरामीलाई उपचार खर्चमा सहयोग

Breaking News 2
दोधारा । दलित नगर समन्वय समिति दोधारा चाँदनीद्धारा आर्थिक अवस्था दैनिय भएर समस्यामा रहेका बिरामीहरुलाई उपचार रकम सहयोग गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रहेको दलित नगर समन्वय समितिले आर्थिक अवस्था कमजोर भएर बिरामीहरुलाई समस्यामा परेका ८ जनालाई उपचार रकम सहयोग गरेको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । ८ जना बिरामीहरुको बैंक खातामा प्रति बिरामी रु. १० हजारको दरले रकम पठाईएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभयो । नगर क्षेत्रमा दलितहरुको आर्थिक अवस्थालाई मध्यनजर राख्दै छनौट गरि मुटुमा समस्या भएका, क्यान्सर पिडित लगाएत दिर्घरोगीहरुलाई छनौट गरि दलित नगर समन्वय समितिको आर्थिक अवस्थाले भ्याए सम्म सहयोग गरिएको वडाध्यक्ष सुनारले बताउनुभयो । बिगतका दिनहरुमा पनि नगर दलित समन्वय समितिले दलितहरुको आर्थिक अवस्थालाई माथी उकास्न बिभिन्न...
भिमदत्तमा विविध कार्यक्रम सहित ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईयो

भिमदत्तमा विविध कार्यक्रम सहित ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईयो

Breaking News 1
पप्पु गुरुङ्ग, दोधारा । आज ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, भिमदत्तनगरमा पनि विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ् । भीमदत्त नगरपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), अपाङ्गता सेवा संघ, नेपाल नेत्रहीन संघ, सूदुरपश्चिम समावेशी अपाङ्गता संघ, नेपाल अपाङ्ग महिला संघ र शारीरिक अपाङ्गता खेलकुद प्रवद्र्धन समाज कञ्चनपुरको सह–आयोजनामा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने मूल नारा सहित यस वर्षको अपाङ्गता दिवस मनाइएको हो । संयुक्त राष्ट्र संघले सन् १९८१ लाई अपाङ्गता वर्ष घोषणा गरि विश्वव्यापी रुपमा मनाउन आह्वान गरेपछि प्रत्येक वर्ष डिसेम्बर ३ मा विश्वभर अपाङ्गता दिवस मनाउन सुरु गरिएको हो । कार्यक्रममा भीमदत्त नगरपालिकाका उपमेयर तथा स्थानीय समन्वय समिति संयोजक नीलम लेखक जोशीले ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता...
महाकाली झोलुङ्गे पुलमा आवागमन बन्द हुने

महाकाली झोलुङ्गे पुलमा आवागमन बन्द हुने

Breaking News 2
दोधारा । कञ्चनपुरको महाकाली नदी माथीको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन बन्द गरिने भएको छ् । पुल मर्मतका लागि दोधारा चाँदनी नगरपालिकाले पुलको आवागमन भोली र पर्सी अर्थात १९ र २० गते दुई दिनको लागी बन्द गर्ने भएको हो । बिहान ११ बजे देखि ३ बजे सम्म (चार घण्टा) सम्मका लागि पुल आवागमन बन्द गरिईने भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले जानकारी दिनुभएको छ् । अत्यधिक भारका कारण पुलका नट बोल्ट खुस्केका, डेकहरु टुटेका कारण पुल मर्मत गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले बताउनुभएको छ् । आज एक सुचना प्रकाशित गरि दुई दिनको लागी पुल मर्मत कार्य अघि बढाईन लागेको उहाँले बताउनुभएको छ् ।...
किशोरीहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले सिलाई कटाई तालिम, लगानीको प्रतिफल आउनेमा आशा

किशोरीहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले सिलाई कटाई तालिम, लगानीको प्रतिफल आउनेमा आशा

Breaking News 1
पप्पु गुरुङ्ग, दोधारा । वडामा बसोवास गर्ने बेरोजगार किशोरीहरुलाई सिलाई कटाई तालिमको समउद्धघाटन गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ५ मा बसोबास गर्दै आएका बेरोजगार किशोरीहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले ३ महिने सिलाई कटाई तालिम संचालन गरिएको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले जानकारी दिनुभएको छ् । वडाको टोल, बस्तीमा बिभिन्न कारणले पछाडी परेका तथा बेरोजगार बस्दै आएका किशोरीहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उद्धेश्यले वडा कार्यालयको सहयोग र शुदुपश्चिमाञ्चल महिला जागरण उत्थान संस्था दोधारा चाँदनीको आयोजनामा तिन महिने सिलाई कटाई तालिम संचालन गरिएको वडाध्यक्ष केशव खत्रीले बताउनुभएको छ् । तालिमको उद्घघाटन गर्दै वडाध्यक्ष केशव खत्रीले सिलाई कटाई तालिम जिवन उपयोगी हुने भएकोले तिन महिना सम्म लगनशीलताका साथ सिक्न तालिमका सहभागीहरुलाई आग्रह गर्नुभयो । मानिसलाई सिप...
दोधारा चाँदनीमा बाघको आक्रमण, थप उपचारको लागी महाकाली प्रादेशिक अस्पताल रिफर

दोधारा चाँदनीमा बाघको आक्रमण, थप उपचारको लागी महाकाली प्रादेशिक अस्पताल रिफर

Breaking News 1, सुदूरपश्चिम
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा बाघको आक्रमणबाट एक जना गम्भिर घाइते भएका छन् । दोधारा चाँदनी नगरपालिका– २ सरस्वती टोल निवासी वर्ष अन्ताजी ६५ का शेर सिंह साँउदलाई बाघको आक्रमणबाट घाईते बनाएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक जगत गाहा मगरले जानकारी दिनुभएको छ् । आज बिहान मायापुरी मध्यवर्ती सामुदायिक बनमा भैसी चराउन गएको अवस्थामा बाघको आक्रमणमा परि साँउद घाईते भएको प्रहरी निरिक्षक जगत गाहा मगरले बताउनुभएको छ् । साँउदको हात, मुखमा गहिरो चोट लागेको प्रहरीको भनाई रहेको छ् । दोधारा चाँदनी नगर अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागी महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर रिफर गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् । केही महिना अघि बाघको आक्रमणबाट सोही वडा निवासी २३ वर्षीया हिरादेवी शाहुको मृत्यु भएको हो ।...
‘मानक सञ्चालन कार्यविधी’ निर्माणको लागी माईतीको ‘हस्ताक्षर संकलन अभियान’

‘मानक सञ्चालन कार्यविधी’ निर्माणको लागी माईतीको ‘हस्ताक्षर संकलन अभियान’

Breaking News 2, शिक्षा
पप्पु गुरुङ्ग । माइति नेपाल कञ्चनपुरले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानका अवसरमा ‘हस्ताक्षर संकलन अभियान’ संचालन गरेको छ । मानव बेचविखनका प्रभावितहरु र लैंगिक हिंसाका कारण घरबार बिहीन भएकाहरुको उद्धार, स्वदेश फिर्ती तथा सामाजिक पुनरस्थापनाका लागि अबिलम्ब “मानक सञ्चालन कार्यविधी निर्माण गरी लागु गर्नका लागि सरकारलाई दवाब दिन हस्तारक्षर संकलन अभियान संचालन गरिएको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ् । मानव बेचविखन तथा ओसारपसारका प्रभावितहरुको उद्धार, स्वदेश फिर्ती तथा सामाजिक पुनरस्थापना र लैंगिक हिंसा बाट पिडित भई घरबार बिहीन भएकाहरुको सामाजिक पुनरस्थापनाका लागि आवश्यक स्पष्ट ‘मानक सञ्चालन कार्यविधि (एसओपी) नहुदा मानव बेचविखन तथा ओसापसार नियन्त्रणमा काम गर्ने निकाय एवम् संघ/संस्थाहरुले निकै सास्ती र कठिनाई भोग्नु पर्दै आएको संयोजक महेश्वरी भट्टले बतनाउनुभयो...
मानव बेचबिखन बिरुद्ध बिद्यार्थीहरुलाई सचेत गराउदै माईती नेपाल

मानव बेचबिखन बिरुद्ध बिद्यार्थीहरुलाई सचेत गराउदै माईती नेपाल

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम
पप्पु गुरुङ्ग, दोधारा । मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण कार्यमा क्रियाशिल संस्था माईती नेपालले कञ्चनपुरको दोधारा चाँदनीमा सचेतनामुलक कार्यक्रम सम्पनन गरेको छ् । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत माईती नेपाल कञ्चनपुरले बिद्यार्थीहरुलाई मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको एक दिने सचेतनमुलक कार्यक्रम सम्पन्न गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ स्थित शंरक पार्वती माध्यमिक बिद्यालयका कक्षा ९ र १० का बिद्यार्थीहरुलाई मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको संयोजक महेश्वरी भट्टले बताउनुभयो । मानव बेचबिखन बिरुद्ध किशोरीहरु मार्फत समुदाय स्तर सम्म चेतना अभिबृद्धि गर्ने उद्धेश्यले हिंसा बिरुद्धको १६ दिने अभियानको क्रममा माइती नेपालले किशोरीहरुलाई कानुनी अनुशिक्षणको आयोजना गरिएको संयोजक ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज