जनप्रतिनिधी तथा कर्मचारीलाई वैदेशिक रोजगार वोर्डबाट पाईने कल्याणकारी कोषको सेवा सम्बन्धी अभिमुखिकरण
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जनप्रतिनिधी तथा कर्मचारीलाई वैदेशिक रोजगार वोर्डबाट पाईने कल्याणकारी कोषको सेवा सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुको सभाध्यक्षमा संचालन भएको जनप्रतिनिधी तथा कर्मचारीलाई वैदेशिक रोजगार वोर्डबाट पाईने कल्याणकारी कोषको सेवा सम्बन्धी अभिमुखिकरणमा वडाध्यक्ष, वडा सदस्य तथा कर्मचारीहरुको उपस्थिती रहेको दोधारा चाँदनी नगरपालिका कार्यालय रोजगार शाखाका शाखा प्रमुख खुशवु केसीले जानकारी दिनुभएको छ् । बैदेशिक रोजगारीमा गएका नेपालीहरुको मृत्यु तथा अंगभंग भएका व्यक्तिका परिवारलाई राहतका लागि स्थानिय तहबाटै निवेदन दिने र सम्बन्धितको बैंक खातामा रकम जम्मा गरिदिने व्यवस्था समेत मिलाएको रोजगार शाखाका शाखा प्रमुख खुशवु केसीले बताउनुभयो ।
श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका कामदारको करार अवधि...




















