Advertisement

गाँउमै रहर लाग्दो तरकारी खेती

पप्पु गुरुङ्ग, दोधारा । ललित सिंह ठकुरी अहिले तरकारी व्यवसायमा लागेर मनग्य आम्दानी गर्नुभएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोज निवासी वर्ष ५६ का ललित सिंह ठकुरीले झण्डै चार बिद्याह जग्गामा बिभिन्न प्रकारका तरकारी उत्पादन गर्दै मनग्य आम्दानी गर्नुभएको हो । बन्दा, काउली, मुला, हिउदे सिमी, धनिया, आलु, गाँजर, प्याज, भण्टा, खुर्सानी लगाएत तरकारीले खेत हरियो भएको छ् । सिजन अनुसारका तरकारी उत्पादन गर्ने तथा बेमौसमीमा समेत तरकारी खेती गर्ने गरेको ठकुरी बताउनुहुन्छ् । हाल ४ बिघाह जग्गामा तरकारी खेती गर्दै आएको र निकट भविष्यमा बढाएर ६ बिघाह जग्गामा तरकारी खेती गर्ने योजना रहेको उद्यमी ललित सिंह ठकुरी बताउनुभयो । धन कमाउन युवा बिदेशिने क्रम बढेको अवस्थामा मेहनत गरे आफ्नै गाँउ, ठाँउमा सुन फलाउन सकिने ललित बताउनुहुन्छ् । उहाँले दैनिक १० देखि १२ जना स्थानियबासीहरुलाई दैनिक रोजगारी दिदै आउनुभएको छ् ।

आफ्नो खेतबारीमा थरीथरीका तरकारी लगाउनु, गोडमेल गर्नु, समयमै सिचाई र मलजलको प्रबन्ध मिलाउनु, दिनभर खेतबारीकै काममा व्यस्त हुनु ठकुरीको दैनिकी बनेको छ् । आफ्नो भएको जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका उहाँलाई अहिले तरकारी खेतीको स्याहार सुसार गर्न भ्याइनभ्याई छ् । तरकारी व्यवसायमा लागेपछि उहाँको घरपरिवारमा निकै परिवर्तन भएको उहाँ बताउनुहुन्छ् । उत्पादन गरेको तरकारी स्थानिय बजार संगै भिमदत्त नगरपालिकामा रहेको सब्जीमण्डीमा बिक्री बितरण गरेर मनग्य आम्दानी गर्दै आएको ठकुरी बताउनुहुन्छ् ।

व्यावसायिक कृषिलाई जोड दिने हो भने, सजिलै आर्थिक क्रान्ति हुने र देशमा परिवर्तन आउने उद्यमी ठकुरीको भनाई रहेको छ् । सुरुसुरुमा दैनिक छाक टार्न मात्रै तरकारी लगाउने गर्ने गरेको केही वर्ष देखि व्यावसायिक रुपमानै तरकारी खेती गर्न थालेका उहाँ बताउनुहुन्छ् ।

ठकुरीले आगामी दिनमा कृषि क्षेत्रलाई निरन्तरता दिने योजना बुनेको सुनाए । परम्परागत अन्नबालीबाट राम्रो आम्दानी नभएपछि तरकारी खेती रोजेका यहाँका केही किसानको आर्थिक स्रोतनै तरकारी खेती बन्दै आएको छ् ।

गाँउ–गाँउमा सडक सञ्जाल जोडिए संगै तरकारी खेती पनि फस्टाएको छ् भने किसानलाई बजार सम्म पुर्‍याउन पनि सहज भएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर प्रहरीले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेका एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनप...
पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

कञ्चनपुर - बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले उपचार खर्च सहयोग गरेका छन । सरकारी ...
दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

महेन्द्रनगर, — एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्...
सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

कञ्चनपुर – कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट ख...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज