पप्पु गुरुङ्ग, दोधारा । वडामा बसोवास गर्ने बेरोजगार किशोरीहरुलाई सिलाई कटाई तालिमको समउद्धघाटन गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ५ मा बसोबास गर्दै आएका बेरोजगार किशोरीहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले ३ महिने सिलाई कटाई तालिम संचालन गरिएको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले जानकारी दिनुभएको छ् । वडाको टोल, बस्तीमा बिभिन्न कारणले पछाडी परेका तथा बेरोजगार बस्दै आएका किशोरीहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उद्धेश्यले वडा कार्यालयको सहयोग र शुदुपश्चिमाञ्चल महिला जागरण उत्थान संस्था दोधारा चाँदनीको आयोजनामा तिन महिने सिलाई कटाई तालिम संचालन गरिएको वडाध्यक्ष केशव खत्रीले बताउनुभएको छ् ।
तालिमको उद्घघाटन गर्दै वडाध्यक्ष केशव खत्रीले सिलाई कटाई तालिम जिवन उपयोगी हुने भएकोले तिन महिना सम्म लगनशीलताका साथ सिक्न तालिमका सहभागीहरुलाई आग्रह गर्नुभयो । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउदै मेहनतका साथ सिप सिके जिवनमा परिवर्तन हुने उहाँको भनाई छ् । श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने शुदुपश्चिमाञ्चल महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका अध्यक्ष नन्दा खत्रीले बताउनुभयो । सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम सञ्चालन गरिन लागेको बताउदै अध्यक्ष नन्दा खत्रीले तालिम लिए पश्चात महिला दिदी बहिनीहरु स्वरोजगार र आत्मनिर्भर बन्ने र आर्थिक उपार्जनमा समेत महत्वपुर्ण योगदान पुर्याउनेमा आफु ढुक्क भएको बताउनुभएको छ् ।
वडा कार्यालयले लगानी गरेर नि:शुल्क सिप सिकाउन लागेको बताउदै शुदुपश्चिमाञ्चल महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका अध्यक्ष नन्दा खत्रीले लगानीको प्रतिफल दिने गरी सिप सिक्न तालिमका सहभागीहरुलाई आग्रह गर्नुभएको छ् ।
शुदुपश्चिमाञ्चल महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका कोषाध्यक्ष धनसरा चन्दले संचालन गर्नुभएको उद्धघाटन सत्रमा तालिममा २५ जना सहभागी रहेका छन् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।