Advertisement

भिमदत्तमा विविध कार्यक्रम सहित ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईयो

पप्पु गुरुङ्ग, दोधारा । आज ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, भिमदत्तनगरमा पनि विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ् । भीमदत्त नगरपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), अपाङ्गता सेवा संघ, नेपाल नेत्रहीन संघ, सूदुरपश्चिम समावेशी अपाङ्गता संघ, नेपाल अपाङ्ग महिला संघ र शारीरिक अपाङ्गता खेलकुद प्रवद्र्धन समाज कञ्चनपुरको सह–आयोजनामा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने मूल नारा सहित यस वर्षको अपाङ्गता दिवस मनाइएको हो । संयुक्त राष्ट्र संघले सन् १९८१ लाई अपाङ्गता वर्ष घोषणा गरि विश्वव्यापी रुपमा मनाउन आह्वान गरेपछि प्रत्येक वर्ष डिसेम्बर ३ मा विश्वभर अपाङ्गता दिवस मनाउन सुरु गरिएको हो । कार्यक्रममा भीमदत्त नगरपालिकाका उपमेयर तथा स्थानीय समन्वय समिति संयोजक नीलम लेखक जोशीले ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको शुभकामना व्यक्त गर्दै अपाङ्गता भएका व्यक्तिहरुको समावेशी प्रतिनिधित्व र उनिहरुको दिगो भविष्य निर्माणका लागि भीमदत्त नगरपालिका सदैव प्रतिवद्ध रहेको बताउनुभयो ।

उहाँले अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक उन्नती, जिविकोपार्जन साथै हरेक क्षेत्रमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नका लागि नगरपालिकाले बजेट विनियोजन गरि काम गर्दै आएको बताउनुभयो । सूदुरपश्चिम प्रदेश स्थानीय समन्वय समिति सदस्य उपेन्द्र बहादुर खडायतले नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरुको सम्मानजनक बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्दै आएको भएपनि अझै धेरै अपाङ्गता भएका व्यक्तिहरु शिक्षा, स्वास्थ्य, रोजगारी र पुनरस्थापनाबाट बञ्चित रहेको बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुको समावेशी प्रतिनिधित्व स्थापित गर्नका लागि सरोकारवाला संस्थाहरुले राज्यसाग वकालत गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का मानव संसाधन तथा संस्थागत विकास व्यवस्थापक बिनोद बिक्रम जैरुले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको सुनिश्चितता, उनिहरुको समावेशी प्रतिधित्व र हरेक कार्यालय तथा निकायहरुमा पहुँच स्थापनाका लागि नीति निर्माताहरुले ध्यान पुर्‍याउनुपर्ने बताउनुभयो । दिवसको अवसरमा भिमदत्तनगरको संविधान चोकदेखि सुरु भएको प्रभात फेरी र्‍याली स्मारकमा पुगेपछि कार्यक्रम समापन गरिएको थियो ।

दिवसको पूर्वसन्ध्यामा संविधान चोकमा दिप प्रज्वलन कार्यक्रम गरिएको हो त्यस्तै विभिन्न खेलकुद कार्यक्रमको आयोजना समेत गरिएको थियो भने खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कार स्वरुप नगद साथै प्रमाण पत्र हस्तान्तरण गरिएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर प्रहरीले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेका एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनप...
पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

कञ्चनपुर - बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले उपचार खर्च सहयोग गरेका छन । सरकारी ...
दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

महेन्द्रनगर, — एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्...
सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

कञ्चनपुर – कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट ख...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज