Advertisement

जिवन ज्योती सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न

पप्पु गुरुङ्ग, दोधारा । जनज्योती कृषी सहकारी संस्था लिमिटेड दोधारा चाँदनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ् । कञ्चनपुरको दोधारा चाँदनीमा रहेको जिवन जनज्योती कृषी सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा सुक्रवार सम्पन्न भएको संस्थाका अध्यक्ष धनसरा चन्दले जानकारी दिनुभएको छ् । संस्थाका अध्यक्ष धनसरा चन्दको अध्यक्षता सम्पन्न साधारण सभाका प्रमुख अतिथि दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनार रहनुभएको थियो । सभामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन संस्थाका सदस्य लिला भट्टले प्रस्तुत गर्नुभएको थियो । बैक मौजदा रु. ३ हजार ३ सय २२ रुपिँया, नगद मौजदा रु. ९० हजार १ सय २४ रुपिँया, शेयर प्राप्त रु. ९१ हजार ३ सय, बचत प्राप्त रु. ४९ लाख ५ हजार ८ सय ६३, ऋण असुली रु. १९ लाख २६ हजार १ सय ९०, मलखाद बिक्रि रु. १० लाख ९३ हजार ५ सय ९८ लगाएत रु. ८६ लाख ३८ हजार ६ सय संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन संस्थाका सदस्य लिला भट्टले प्रस्तुत गर्नुभएको छ् ।

दोधारा चाँदनी नगरपालिका कार्यालय कृषी शाखाका शाखा प्रमुख कमलापती भट्टले देशमा सहकारी संस्थाहरु बदनाम भईरहेको अवस्थामा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका सहकारीकर्मीहरु गम्भिर भएर जनहितमा काम गर्नु पर्ने बेला भएको बताउनुभएको छ् । सहकारी संस्थाको निती ऐनमा कुनै प्रकारको त्रुटी नभएको र संचालक समितिको नियतको कारण सहकारी संस्था बदनाम बन्दै गएको कृषी शाखा प्रमुख कमलापती भट्टले बताउनुभयो । संस्थाले कृषि क्षेत्रमा काम गर्ने साना तथा मझौला किसानहरुलाई कृषि उत्पादन सहित उनिहरुलाई उत्प्रेरित गर्ने कार्य गर्दै आईरहेको कृषी शाखा प्रमुख कमलापती भट्टले बताउनुभएको छ् । साना किसानहरुलाई व्यवसायी बनाउन सहकारी कटिबद्ध रहदै आएको र स–साना किसानहरुको आर्थिकस्तर उकास्ने कार्यका लागी जनज्योती कृषी सहकारी संस्था लिमिटेड विभिन्न खाले योजनाहरु ल्याएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभयो ।

विपन्न समुदायका किसानहरुको आर्थिक र व्यवसायीक स्तरोन्नतीका लागी संस्था सदैव कटिबद्ध रहदै आएको आफुले महशुस गरेको वडाध्यक्ष सुनारले बताउनुभएको छ् । वडामा रहेको सहकारीले स्थानियबासीहरुको जिविकोपार्जनमा सघाउदै आएको अवस्थामा आफुले वडा कार्यालयबाट सहकारी संस्थाहरुलाई बिभिन्न शिर्षकमा बजेट बिनियोजन गर्दै आएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ् ।

संस्थाले स्थापना काल देखिनै समाजमा छरिएर रहेका पुँजीलाई विभिन्न बचतको माध्यमले बचत संचित गर्दै आएको छ् । संस्थाको वार्षिक साधारण सभामा अन्य सहकारीको बिचमा नमुना सहकारीको रुपमा आफूलाई स्थापित गर्न कटिबद्ध रहने शेयर सदस्यहरुले प्रतिबद्धता जाहेर गरेका छन् ।

कार्यक्रममा संस्था संग आबद्ध बिभिन्न बिद्यामा उत्कृष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको जनज्योती कृषी सहकारी संस्था लिमिटेड दोधारा चाँदनीले जनाएको छ् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर प्रहरीले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेका एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनप...
पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

कञ्चनपुर - बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले उपचार खर्च सहयोग गरेका छन । सरकारी ...
दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

महेन्द्रनगर, — एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्...
सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

कञ्चनपुर – कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट ख...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज