Advertisement

‘मानक सञ्चालन कार्यविधी’ निर्माणको लागी माईतीको ‘हस्ताक्षर संकलन अभियान’

पप्पु गुरुङ्ग । माइति नेपाल कञ्चनपुरले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानका अवसरमा ‘हस्ताक्षर संकलन अभियान’ संचालन गरेको छ । मानव बेचविखनका प्रभावितहरु र लैंगिक हिंसाका कारण घरबार बिहीन भएकाहरुको उद्धार, स्वदेश फिर्ती तथा सामाजिक पुनरस्थापनाका लागि अबिलम्ब “मानक सञ्चालन कार्यविधी निर्माण गरी लागु गर्नका लागि सरकारलाई दवाब दिन हस्तारक्षर संकलन अभियान संचालन गरिएको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ् । मानव बेचविखन तथा ओसारपसारका प्रभावितहरुको उद्धार, स्वदेश फिर्ती तथा सामाजिक पुनरस्थापना र लैंगिक हिंसा बाट पिडित भई घरबार बिहीन भएकाहरुको सामाजिक पुनरस्थापनाका लागि आवश्यक स्पष्ट ‘मानक सञ्चालन कार्यविधि (एसओपी) नहुदा मानव बेचविखन तथा ओसापसार नियन्त्रणमा काम गर्ने निकाय एवम् संघ/संस्थाहरुले निकै सास्ती र कठिनाई भोग्नु पर्दै आएको संयोजक महेश्वरी भट्टले बतनाउनुभयो ।

बिशेष गरी मानव बेचविखनका प्रभावितहरुको उद्धार, स्वदेश फिर्ती तथा पुनरस्थापना गर्ने क्रममा ‘मानक सञ्चालन कार्यविधि (एसओपी) नभएका कारण बिभिन्न कठिनाईको सामना गर्नुपर्ने अवस्था रहेको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताउनुभएको छ् । कञ्चनपुरको भिमदत्त नगरपालिकामा रहेको गड्डाचौकी, दोधारा चाँदनी नगरपालिकाको बिभिन्न वडा तथा टोलमा पुगेर सरकारलाई ‘मानक सञ्चालन कार्यविधि (एसओपी) निमार्णको दवाव स्वरुप हस्ताक्षर संकलन गरिएको उहाँले बताउनुभएको छ् । मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन,२०६४ ले मानव बेचविखनका प्रभावितहरुको उद्धार स्वदेश फिर्ती र पुनर्स्थापनाको सम्पूर्ण जिम्मेवारी सरकारको हुने तथा यसका लागि आवश्यक सबै प्रबन्ध सरकारले नै मिलाउनु पर्ने ब्यवस्था गरेको छ ।

लैंगिक हिंसा बिरुद्धको १६ दिने अन्तरराष्ट्रिय अभियानको पहिलो दिन २५ नोभेम्बर (१० मंसिर) देखि शुरु गरिएको हस्ताक्षर अभियान सो को अन्तिम दिन १० डिसेम्बर (२५ मंसिर) सम्म चलाईने र यस अवधिमा देशै भरीबाट संकलित हस्ताक्षरहरु संकलन गरी एकमुष्ठ सरकारलाई ज्ञापन पत्र बुझाईने कार्यक्रम रहेको माईती नेपाल कञ्चनपुरले जनाएको छ् ।

अहिले कञ्चनपुर जिल्लामा भिमदत्त नगरपालिकाको माईती नेपालको कार्यालय र सूचना तथा परामर्श केन्द्र गड्डाचौकी, महाकाली पक्की पुल र महाकाली झोलुङ्गे पुलबाट हस्ताक्षर संकलन कार्य भईरहेको छ् । अभियानमा सरिक भई सहयोग गरीदिनका लागि माईती नेपाल कञ्चनपुरले सबैलाई आह्वान गरेको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

महेन्द्रनगर – लालझाडी गाउँपालिकाले २१ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा तिन जनालाई सम...
एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

महेन्द्रनगर – एसईई परिक्षामा चार जिपिए ल्याई उत्तीर्ण भएकी समृद्धी ऐरीलाई सम्मान गरीएको छ । बिहिबार भीमदत्त नगरपालिका १८ कटानस्थित...
भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

महेन्द्रनगर– होली फेम्लि ईग्लिस मिडियम स्कूलको आयोजनामा संञ्चालित भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत सेमि...
भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस...
निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

महेन्द्रनगर – एमाले केन्द्रीय सदस्य निरुदेबी पाल केहि दिन अगाडि मात्रै एमाले अध्यक्ष केपी शर्माओलीको सचिवालय प्रमुखमा चयन भएका छन्...
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

काठमाडौं, - नेकपा(एमाले) ले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। एमाले प्रचार तथा प...
उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

महेन्द्रनगर - उच्च अदालत बार एसोसिएसन महेन्द्रनगरको ६ औं कार्य समितिका लागि अध्यक्षमा भोजराज पाठक र सचिवमा रोशन लाल चौधरी निर्वाचि...
अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

महेन्द्रनगर - भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज