Advertisement

दोधारा चाँदनीमा हिमालय उपभोक्ता समितिद्धारा घाँस काट्ने चारा मसिन बितरण

पप्पु गुरुङ्ग, दोधारा । मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानियबासीहरुलाई लागी हिमालय मध्यवर्ती उपभोक्ता समितिले घाँस काट्ने चारा मसिन सहयोग गरेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बसोबास गर्ने वन्यजन्तुबाट प्रभावित भएका स्थानियबासीहरुलाई आर्थिकपार्जनको लागी घाँस काट्ने चारा मसिन सहयोग गरिएको हिमालय मध्यवर्ती उपभोक्ता समिति दोधारा चाँदनीका अध्यक्ष पदम बहादुर सिंहले जानकारी दिनुभएको छ् । जोलोजिकल सोसाईटी अफ लण्डन (जेडएसएल) र राष्ट्रिय प्रकृतिक संरक्षण कोष (एनटीएनसी) को सहयोग र हिमालय मध्यवर्ती उपभोक्ता समिति दोधारा चाँदनीको सहयोगमा १० जना स्थानियबासीहरुलाई घाँस काट्ने चारा मसिन सहयोग गरिएको हिमालय मध्यवर्ती उपभोक्ता समिति चाँदनीका अध्यक्ष पदम बहादुर सिंहले बताउनुभयो । गाई बस्तु पालनमा सहयोगको लागी उक्त घाँस काट्ने चारा मसिन सहयोग गरिएको हो ।

वन्यजन्तुबाट प्रभावित क्षेत्रका स्थानियबासीहरुलाई २३ थान सुरक्षित बाख्रा खोर समेत बितरण गर्ने तयारी भईरहेको हिमालय मध्यवर्ती उपभोक्ता समिति दोधारा चाँदनीका अध्यक्ष पदम बहादुर सिंहले बताउनुभएको छ् । मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानियबासीहरुको आवश्यकता तथा उनिहरुलाई जिविकापार्जनमा सहयोगको लागी मध्यवर्ती व्यवस्थापन समितिले समय अनुसार बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको उहाँले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय अन्तर्गत दोधारा चाँदनी नगरपालिका क्षेत्रमा गठन भएको सगरमाथा मध्यवर्ती उपभोक्ता समिति र हिमालय मध्यवर्ती उपभोक्ता समितिले स्थानियबासीहरुको जिविकोपार्जनको लागी बिभिन्न कार्यक्रम संचालन गर्दै आएको बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिका वन्यजन्तुको बढी प्रभाव रहदै आएको क्षेत्र हुदा मध्यवर्ती व्यवस्थापन समितिले गर्दै कार्यक्रममा दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोग र सहकार्य रहदै आएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । वन्यजन्तुबाट प्रभावित भएको बिषयमा दोधारा चाँदनी नगरपालिकाले समेत गम्भिर रहदै आएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका मध्यवर्ती क्षेत्र भएको कारण बारम्बार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय संगै वन्यजन्तुले गर्दै आएको मानविय तथा किसानहरुको धनमालको क्षती लगाएत उनिहरुको जिविकोपार्जनको लागी छलफल गर्दै आईरहेको नगर प्रमुख लिम्बुले बताउनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को चौथो संशोधनले मध्यवर्ती क्षेत्र घोषणा गर्ने व्यवस्था गरेपश्चात मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानियबासीहरुको जिविकोपार्जन तथा उनिहरुको आर्थिक उन्नतीको लागी समेत बिशेष कार्यक्रमहरु संचालन गर्दै आएको हिमालय मध्यवर्ती उपभोक्ता समिति दोधारा चाँदनीले जनाएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर प्रहरीले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेका एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनप...
पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

कञ्चनपुर - बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले उपचार खर्च सहयोग गरेका छन । सरकारी ...
दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

महेन्द्रनगर, — एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्...
सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

कञ्चनपुर – कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट ख...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज