Advertisement

दोधारा चाँदनी– ५ मा तिन महिने निशुल्क आधारभुत कम्प्युटर तालिम सुरु

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा तिन महिने निशुल्क आधारभुत कम्प्युटर तालिम संचालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ५ वडा कार्यालयको सहयोग र देवल ईन्च्युट अफ टेक्नोलोजीको आयोजनामा वडामा बसोबास गर्ने ५० जना बिद्यार्थीहरुलाई ३ महिने निशुल्क आधारभुत कम्प्युटर तालिम संचालन गरिएको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले जानकारी दिनुभएको छ् । वडा कार्यालयको चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अनुसार वडामा बसोबास गर्ने गरिब, विपन्न तथा जेहेन्दार बिद्यार्थीहरुलाई आधारभुत कम्प्युटर तालिम संचालन गरिएको वडाध्यक्ष केशव खत्रीले बताउनुभयो ।

आधारभूत कम्प्युटर शिक्षा र प्रविधीमा स्थानियबासीहरुको पहुँच बढाउने उद्देश्यले तालिमको आयोजना गरिएको वडाध्यक्ष केशव खत्रीले बताउनुभयो । दिगो विकासको लक्ष्य प्राप्तिमा टेवा पुर्‍याउन गुणस्तरीय शिक्षाका लागि निशुल्क कम्प्युटर कक्षा सञ्चालन गरिएको उहाँले बताउनुभयो । आजको युग, विज्ञान र प्रविधिको युग भएको हुदा कम्प्युटर शिक्षा अपरिहार्य भएको बताउदै वडाध्यक्ष खत्रीले कम्प्युटरमा पछि पर्ने मान्छेले समय सापेक्ष प्रगती गर्न नसक्ने बताउनुभयो ।

तालिमका एक सहभागी तथा भानु बहुमुखी क्याम्पसका छात्रा दिया राना खत्रीले वडा कार्यालयले समय सापेक्ष संचालन गरेको तिन महिने आधारभुत कम्प्युटर तालिम प्रशंसनिय रहेको बताउनुभयो । बिद्यार्थीहरुलाई कम्प्युटर शिक्षा अनिवार्य भएको अवस्थामा वडा कार्यालयको आगामी निशुल्क एडवान्स कम्प्युटर तालिम संचालन गर्न वडाध्यक्षलाई तालिमका सहभागी दिया राना खत्रीले आग्रह गर्नुभएको छ् ।

पहिलो पटक वडा कार्यालयबाट ठुलो संख्यामा बिद्यार्थीहरुलाई निशुल्करुपमा आधारभुत कम्प्युटर तालिम संचालन गरेको भन्दै तालिममा सहभागीहरुले वडाध्यक्ष तथा वडा सदस्यहरुलाई धन्यबाद दिएका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर प्रहरीले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेका एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनप...
पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

कञ्चनपुर - बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले उपचार खर्च सहयोग गरेका छन । सरकारी ...
दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

महेन्द्रनगर, — एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्...
सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

कञ्चनपुर – कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट ख...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज