Advertisement

दोधारा चाँदनीका मेयर लिम्बुद्धारा ४ कोठे बिद्यालय भवनको शिल्यान्यास

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक बिद्यालय भवनको शिल्यान्यास गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ८ मा रहेको जनज्योती माध्यमिक बिद्यालयको ४ कोठे पक्की भवनको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले एक कार्यक्रमको बिच शिल्यान्यास गर्नुभएको हो । दोधारा चाँदनी नगरपालिका कार्यालयको चालु आर्थिक वर्षको शसर्त योजना अनुसार रु. ५५ लाखको बिनियोजित बजेटबाट ४ कोठे आधुनिक बिद्यालय भवनको निमार्ण कार्य अघि बढाईएको दोधारा चाँदनी नगरपािलकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिका– १ मा रहेको पशुपती आधारभुत बिद्यालय र जनज्योती माध्यमिक बिद्यालयमा गरि ८ कोठे बिद्यालय भवन निमार्ण हुन लागेको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । पशुपती आधारभुत बिद्यालयको ४ कोठे र जनज्योती माध्यमिक बिद्यालयको ४ कोठे गरि रु. १ करोड १० लाख बराबरको लागतमा बिद्यालय भवन निमार्ण कार्य अघि बढाईएको हो । शिल्यान्यासका क्रममा नगर प्रमुख लिम्बुले बाल बातबरणमैत्री व्यवहारिक शिक्षा सहित प्राविधिक र गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताउनुभयो ।

सामुदायिक बिद्यालयको विकास र परिवर्तनको निम्ति सरोकारवालाहरु एक जुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो । शिक्षामा सवैको पहुँच सुनिश्चित गर्न दोधारा चाँदनी नगरपालिका अगाडी वढिरहेको नगर प्रमुख किशोर कुमार लिम्बुको भनाई रहेको छ् ।

बिद्यालयमा कक्षा कोठाको अभाव, पुराना पानी चुहिने भवन भएको कारण बिद्यालयमा पठन पाठनमा समस्या भईरहेको अवस्थामा निमार्ण संचालनमा रहेको भवनले पठन पाठनमा ठुलो सहयोग पुग्न बिद्यालय प्रशासनले जनाएको छ् । दुवै बिद्यालय भवन निमार्णको जिम्मा पाएका कैलपाल निमार्ण सेवाले आउदो अषाढ मसान्तमा निमार्ण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

महेन्द्रनगर – लागू औषधसहित भीमदत्त नगरपालिकाकी वडा सदस्य पक्राउ परेकी छन् । शनिबार दिउसो ३ बजेको समयमा भीमदत्त नगरपालिका वडा नं. १...
श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

कञ्चनपुर - कञ्चनपुरमा आफ्नै श्रीमतीमाथि तातो तेल खन्याई गम्भीर घाइते बनाएका एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार...
नौ महिना कोखमा राखेर जन्माएको र अनेक दुःखले हुर्काएको सन्सतान कुलतमा लागे के होला ?

नौ महिना कोखमा राखेर जन्माएको र अनेक दुःखले हुर्काएको सन्सतान कुलतमा लागे के होला ?

समाज प्रति मेरो मनको पीडा र आग्रह रमेश बस्नेत, कञ्चनपुर आज दोधारा चाँदनी नगरपालिकाको एक सचेत नागरिकको हैसियतले जब म आफ्नो सम...
महाकाली बहुप्राविधिक शिक्षालयले विस्तार गर्‍यो सहकार्यको दायरा, अस्पताल र ल्याबसँग सम्झौता

महाकाली बहुप्राविधिक शिक्षालयले विस्तार गर्‍यो सहकार्यको दायरा, अस्पताल र ल्याबसँग सम्झौता

महेन्द्रनगर – कञ्चनपुरस्थित महाकाली बहुप्राविधिक शिक्षालयले स्वास्थ्य सेवा तथा प्राविधिक जनशक्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउन...
इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

महेन्द्रनगर–इन्टरनेशन पब्लिक स्कुलले स्वास्थ्य शिविर आयोजनागरी बिशेषज्ञ डाक्टरहरुबाट विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच गराएको ...
पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

महेन्द्रनगर - नेपाल पत्रकार महासंघ बझाङ शाखाको अध्यक्ष पदमा ललित सिंहले पदभार ग्रहण गर्ने भएका छन्। महासंघको अघिल्लो निर्वाचनमा तत...

करार कर्मचारीले महँगी भत्ता, सामाजिक सुरक्षा कोष र बिदा सुविधा माग्दै आर्थिक मामिलामन्त्रीलाई ज्ञापनपत्र

धनगढी - सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालय, सचिवालय, आयोग तथा अन्य सरकारी निकायमा कार्यरत करार सेवाका कर्मचारीहरू...
उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न

उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न

महेन्द्रनगर - उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न भएको छ । शनिबार वैजनाथ माविको सभाहलमा उत्तम चन्द स्म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज