दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जनप्रतिनिधी तथा कर्मचारीलाई वैदेशिक रोजगार वोर्डबाट पाईने कल्याणकारी कोषको सेवा सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुको सभाध्यक्षमा संचालन भएको जनप्रतिनिधी तथा कर्मचारीलाई वैदेशिक रोजगार वोर्डबाट पाईने कल्याणकारी कोषको सेवा सम्बन्धी अभिमुखिकरणमा वडाध्यक्ष, वडा सदस्य तथा कर्मचारीहरुको उपस्थिती रहेको दोधारा चाँदनी नगरपालिका कार्यालय रोजगार शाखाका शाखा प्रमुख खुशवु केसीले जानकारी दिनुभएको छ् । बैदेशिक रोजगारीमा गएका नेपालीहरुको मृत्यु तथा अंगभंग भएका व्यक्तिका परिवारलाई राहतका लागि स्थानिय तहबाटै निवेदन दिने र सम्बन्धितको बैंक खातामा रकम जम्मा गरिदिने व्यवस्था समेत मिलाएको रोजगार शाखाका शाखा प्रमुख खुशवु केसीले बताउनुभयो ।
श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका कामदारको करार अवधि समाप्त भएको एक वर्ष भित्र कुनै कारणले मृत्यु, अंगभंग वा गम्भीर बिरामी भएका, घटना घटेको एक वर्ष भित्र पिडितले क्षतिपूर्ति दाबी गर्न सक्ने जानकारी कार्यक्रममा गराईएको रोजगार शाखाका शाखा प्रमुख खुशवु केसीले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकाबाट आर्थिक वर्ष २०८०/०८१ मा सन्तती छात्रवृत्ती योजना अनुसार ५ जना वालवालिकाहरुलाई सिफारिस गरिएको मध्ये २ जनाले रु. २४ हजार प्राप्त गरेको तथा ३ जना छुटेकोहरुको नाम पुनं : सिफारिस गरिएको आर्थिक वर्ष २०८१/०८२ को लागी ५ जना बिद्यार्थीको नाम सिफारिस गरिएको उहाँले बताउनुभएको छ् ।
नियमावली अनुसार मृत्यु, अंगभंग, गम्भीर बिरामी भएमा नियमानुसार पाईने आर्थिक सहायता, शैक्षिक छात्रावृत्ति, श्रमिकको परिवारले पाउने स्वास्थ्य उपचार खर्च र अलपत्र शव नेपाल ल्याउने, अलपत्र श्रमिकलाई नेपाल झिकाउने, नि:शुल्क शव ढुवानी सेवा लगाएत सेवाहरु पीडितले प्राप्त गर्न सक्ने कार्यक्रममा बताईएको छ् ।
अभिमुखिकरणमा जनप्रतिनिधी, कर्मचारीहरुले वैदेशिक रोजगारीमा गएका कामदारको बिषयमा बिभिन्न जिज्ञासा राखेका थिए ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।