दोधारा चाँदनीको गाँउ, टोलमा लैंगिक हिंसा सम्बन्धी छलफल तथा अन्तरक्रिया
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा लैंगिक हिंसा सम्बन्धी छलफल तथा अन्तरक्रिया संचालन भईरहेको छ् । दोधारा चाँदनी नगरपालिकाको बिभिन्न वडाको टोल, बस्तीमा लैंगिक हिंसा सम्बन्धी छलफल तथा अन्तरक्रिया संचालन भईरहेको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले जानकारी दिनुभएको छ् । उक्त छलफल तथा अन्तरक्रियामा लैगिंक हिंसा कस्ता हुन्छन्, महिला हिंसा बढ्नुको कारणहरु र न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको शाखा प्रमुख डम्मरा लेखकले बताउनुभयो ।
सयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई हिंसा निर्मूल सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रुपमा विश्वभर मनाउने निर्णय गरे बमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म नेपालमा पनि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने भएबमोजिम दोधारा चाँदनी नगरपालिका कार्या...




















