Advertisement

दोधारा चाँदनीमा प्रहरीको ‘नागरिक सुनुवाई’

पप्पु गुरुङ्ग, दोधारा । नागरिकको गुनासो र सुझाव संकलन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दोधारा चाँदनीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सामुदायिक साँझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । गुनासो व्यवस्थापनका लागि कञ्चनपुरले प्रदान गर्दै आएको सेवा र चाडपर्व नजिकिए संग प्रहरीले खेल्नुपर्ने भूमिका तथा जनताले अनुभूति गर्ने गरी मुस्कान सहितको सेवालाई प्रभावकारी बनाउन जनताको गुनासो सुन्नका लागि नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ् । नागरिक सुनुवाई कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नागरिकले शान्ति सुरक्षाको प्रत्याभूती, सीमा नाकामा कडाई, चोरी तस्करी नियन्त्रण, लागू औषध दुव्र्यसनी, दुर्घटना न्यूनीकरण र प्रहरीको सेवाबाट जनताले भोग्नुपरेको सास्ती लगाएतका विषयमा कञ्चनपुर प्रहरीको ध्यानाकर्षण गराएका छन् ।

प्रहरी सेवा प्रवाहलाई नागरिक मैत्री, पारदर्शी, निष्पक्ष, छिटो छरितो, चुस्तदुरुस्त बनाउनुका साथै सेवाग्राहीले उठाएका प्रश्नहरुमा स्पष्टता ल्याउने र नागरिकका रचनात्मक सुझावलाई ग्रहण गरी जिम्मेवार प्रहरी सेवा बनाउने ध्येयका साथ नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले बताउनुभएको छ् । स्थानीय सरकार र नागरिक बिच समन्वय भएमा आपराधिक घटनाहरु न्यूनीकरण गर्न सहज हुने एसपी जोशीले बताउनुभयो । समुदाय–प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत ‘नागरिक सुनुवाई कार्यक्रम’ मा उपस्थित नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सचिव रमेश भण्डारीले प्रहरी जनशक्तिको अभाव, दोधारा चाँदनी नगरपालिकाको खुला सिमा क्षेत्रमा दैनिक उपभोग्य सामग्री ल्याउन सकस, अस्थायी प्रहरी पोष्ट व्यवस्थित तथा चौकीहरु स्थायी गरिनुपर्ने माँग राख्नुभएको छ् ।

प्रहरी र स्थानिय सरकारले सचेतनामूलक कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ् । ईलाका प्रहरी कार्यालयका मातहतमा रहेका प्रहरी चौकीहरुलाई ब्यवस्थित गरिनु पर्ने, सडक दुर्घटना न्युनिकरण गर्न बिभिन्न प्रकारको सचेतनामुलक कार्यक्रम संचालन गरिनु पर्ने, दोधारा चाँदनी नगरपालिका क्षेत्र संग जोडिएको भारतिय सिमा क्षेत्रमा शान्ती सुरक्षा कायम राख्न सुरक्षा फौज थपिनु पर्ने लगाएत बिषयमा स्थानियहरुले जिज्ञासा राखेका थिए । कार्यक्रममा उठेका जिज्ञासाहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले जवाफ दिनुभएको थियो ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक जगत गाहा मगरले प्रहरी कार्यालयले हालसम्म गरेको कार्य विवरण प्रस्तुत गर्नुभएको थियो । प्रहरीको नागरिक सुनुवाई कार्यक्रम जनप्रतिनिधी, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधी, राजनितिक दलका नेता, भद्रभलादमी, बिद्यार्थी, पत्रकार, शिक्षक लगाएत सरोकारवालाको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज