नयाँ खबर
महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपालिका–१, भासीस्थित जेसिज माध्यमिक विद्यालयमा स्थापना गरिएको सूचना तथा सञ्चार प्रविधि (आइसिटी) प्रयोगशालाको उद्घाटन गर्नुभएको छ।
सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आ.व. २०८२/८३ को वार्षिक बजेटअन्तर्गत विनियोजित १० लाख रुपैयाँको लागतमा विद्यालयमा आइसिटी स्थापना गरिएको हो।
विद्यालयका प्रधानाध्यापक लक्ष्मण गिरीका अनुसार पूर्वमुख्यमन्त्री रावलको पहलमा उक्त बजेट विनियोजन भएको हो। आइसिटी प्रयोगशाला स्थापनापछि विद्यार्थीको सिकाइलाई प्रविधिमैत्री बनाउन तथा डिजिटल माध्यमबाट अध्ययन–अध्यापन गर्न सहज हुने उहाँले बताउनुभयो।
प्रयोगशालामा कम्प्युटर, ल्यापटप, स्मार्ट बोर्डलगायतका डिजिटल सामग्री राखिएका छन्। उद्घाटन समारोहको सञ्चालन शिक्षक खेमलाल घिमिरेले गर्नुभएको थियो।
यसैबीच, पूर्वमुख्यमन्त्री रावलले बिहीबार नै महेन्द्रनगरस्थित सार्क स्कुलमा ‘सुदूरपश्चिमको इतिहास’ विषयमा अनुशिक्षणसमेत दिनुभएको छ। उहाँका स्वकीय सचिव राजबहादुर चन्दले रावलले विद्यार्थीलाई सुदूरपश्चिमको ऐतिहासिक तथा सांस्कृतिक पक्षबारे जानकारी गराउनुभएको बताउनुभयो।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।