नयाँ खबर
काठमाडौं –भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेतृत्वमा टोली नुवाकोटतर्फ प्रस्थान गरेको छ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट निस्किएको टोलीमा पूर्वउपमहासचिव विष्णु रिमाल, सचिव राजन भट्टराई, स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठ, र प्रचार विभाग प्रमुख निरज आचार्य र केन्द्रीय सदस्य पार्वत गुरुङ हुनुहुन्छ।
त्यसैगरी, जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ, भूतपूर्व सैनिक/प्रहरी सङ्गठनका अध्यक्ष सहायक रथि विनोद पाण्डे( अप्र), मोर्चा सङ्गठन प्रमुख विशाल भट्टराई तथा युवा तथा खेलकुद विभाग प्रमुख अमित लामा,प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे समेत निरीक्षण टोलीमा सहभागी छन्। प्रचार विभाग प्रमुख आचारेयका अनुसार टोलीले बाढी प्रभावित क्षेत्रको निरक्षण,स्थानीयबासिन्दासँग अन्तरक्रिया गर्ने,स्थानीय तहरुसँग उद्दार तथा राहत वितरणको बारेमा जानकारी लिनेछ । यसैगरी स्थानीय प्रशासनसँग पनि पोखरेल नेतृत्वको टोलीले,उद्दार,राहात तथा पुनस्र्थापनाका बारेमा छलफल गर्ने आचार्यले जानकारी दिए । उनका अनुसार राहात र उद्दारमा खट्न पार्टी कार्यकर्तालाई परिचालन समेत गरिनेछ ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।